4 years ago
July 15, 2021
एजेन्सी – शीर्षक्रमका ब्याट्सम्यान मिचेल मार्शको उत्कृष्ट ब्याटिङको सहयोगमा अष्ट्रेलियाले चौथो टि२० आई खेलमा वेस्ट इन्डिजलाई १ सय ९० रनको बलियो लक्ष्य दिएको छ ।

ड्यारेन स्यामी नेशनल क्रिकेट स्टेडियम सेन्ट लुसियामा टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८९ रन बनायो । अष्ट्रेलिया मिचेल मार्शले ४५ बलमा ४ चौका र ६ छक्का सहित सर्वाधिक ७५ रनको योगदान दिए । मार्शको जारी सिरिजको यो तेस्रो अर्धशतक हो । कप्तान आरोन फिन्चले ३७ बलमा ५ चौका र ३ छक्का सहित ५३ रनको योगदान दिए । अन्य ब्याट्सम्यानले भने राम्रो प्रर्दशन गर्न नसक्दा विशाल योगफल बनाउन चुकेको हो ।
तीव्र गतिका बलर ओशन थोमसले दोस्रो ओभरको पाँचौं बलमा ओपनर म्याथ्यु वेडलाई ५ रनमा विकेटकिपर तथा कप्तान निकोलस पुरनबाट क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए । दोस्रो विकेटका लागि फिन्च र मार्शले ६० बलमा १ सय १४ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै विशाल योगफलको सम्भावना देखाएपनि मध्यक्रम र तल्लोक्रमका ब्याट्सम्यान चल्न नसक्दा पूरा हुन सकेन । फिन्चलाई १२ औं ओभरको तेस्रो बलमा स्पिनर हेडेन वाल्श जुनियरले बोल्ड गर्दै वेस्ट इन्डिज खेलमा राम्रो पूनरागमन गराएका थिए ।

मध्यक्रम र फिनिसर कमजोर समस्या चौथो खेलमा पनि अष्ट्रेलियालाई निराश बनायो । फिन्च आउट हुँदा अष्ट्रेलिया ११.३ ओभरमा १२६–२ को बलियो अवस्थामा थियो । फिन्च आउट भएको अको बलमा एलेक्स केरी कट एण्ड बोल्ड आउट भए । लगत्तै अर्को ओभरको चौथो बलमा मोइजेस हेनरिक्स ठूलो सट खेल्नेक्रममा लङअनमा फबिएन एलेनबाट समातिन पुगे । एश्टन टर्नर १० बल खेल्दै ६ रनमा स्टम्पिङ आउट हुन पुगे । ड्यानियल क्रिष्टियन १४ बलमा २ चौका र १ छक्का सहित २२ रनमा अविजित रहे । मिचेल स्टार्क ८ रनमा अविजित रहे ।
वेस्ट इन्डिजका हेडेन वाल्श जुनियरले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । आन्द्रे रसेल, फबिएन एलेन र ओशान थोमसले एक एक विकेट लिए ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]