default_image

4 years ago

July 15, 2021

स्टार्क अन्तिम ओभरमा नायक बन्दा अष्ट्रेलिया विजयी

237 views

0 Bookmark

एजेन्सी – अलराउन्डर मिचेल मार्शको बल र ब्याटिङ दुबैमा सानदार प्रदर्शन र तीव्र गतिका बलर मिचेल स्टार्क अन्तिम ओभरमा नायक बन्दा अष्ट्रेलियाले वेस्ट इन्डिजमाथि रोमाञ्चक जित हात पारेको छ ।

पाँच टि२० आई सिरिज अन्तर्गत चौथो टि२० आई खेलमा अष्ट्रेलियाले वेस्ट इन्डिजलाई चार रनले पराजित गरेको छ । वेस्ट इन्डिजलाई जितको लागि अन्तिम १२ बलमा ३६ रन चाहिँएको थियो । १९ औं ओभरमा राइली मेरिडिथले चार छक्का सहित २५ रन खर्चेपछि अष्ट्रेलिया हार नजिक पुगेको थियो । फेबिएन एलेनले तीन र रसेलले एक छक्का प्रहार गरेका थिए ।

अन्तिम ६ बलमा वेस्ट इन्डिजलाई ११ रन चाहिँएको थियो । मिचेल स्टार्कले विष्फोटक ब्याट्सम्यान आन्द्रे रसेललाई मात्र ६ रन खर्चिएपछि अष्ट्रेलियाले रोमाञ्चक जित हात पारेको हो । सुरुवाती चार योर्करका साथ बल आन्द्रे रसेललाई डट राखेपछि अष्ट्रेलिया जित नजिक पुगेको थियो । पाँचौं बलमा पनि रसेलले कुनै रन जोडेनन् । अन्तिम बलमा रसेलले छक्का प्रहार गरेपनि जितको लागि पर्याप्त थिएन ।

जितको लागि १ सय ९० रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८५ रन बनायो । वेस्ट इन्डिजका ओपनर लेन्डन सिमन्सले ४८ बलमा १० चौका र २ छक्का सहित सर्वाधिक ७२ रनको योगदान दिए । वेस्ट इन्डिजलाई ओपनर ईभिन लुईस र सिमन्सले ४.५ ओभरमा ६२ रन जोड्दै उत्कृष्ट सुरुवात दिलाए । स्पिनर एडम जाम्पाले लुईसलाई ३१ बलमा बोल्ड गरे । लुईसले १४ बलमा ४ चौका र २ छक्का प्रहार गरे । मार्शको आठौं ओभरको दोस्रो बलमा ठूलो सट खेलेका क्रिस गेल लङअनमा जेशन बेहरनडोर्फबाट एक रनमा समातिन पुगेका थिए ।

११ औं ओभरको तेस्रो बलमा जाम्पाले युवा ब्याट्सम्यान आन्द्रे फ्लेचरलाई ६ रनमा बोल्ड आउट गरेका थिए । १६ औं ओभरमा मार्शले दुई महत्वपूर्ण विकेट लिदै अष्ट्रेलिया जित सहज बनाएका थिए । दोस्रो बलमा कप्तान निकोलस पुरन ड्यानियल क्रिष्टियनबाट लङअफमा १६ रनमा क्याच आउट गराए । पुरनले १५ बलमा समान एक चौका र छक्का प्रहार गरे ।

लगत्तै अर्को बलमा सिमन्स ठूलो सट खेल्नेक्रममा डिपमिड विकेटमा मोइजेस हेनरिसक्सले उत्कृष्ट क्याच लिएपछि वेस्ट इन्डिज दबाबमा परेको थियो । फेबिएन १४ बलमा २ चौका र ३ छक्का सहित २९ रन जोडे । आन्द्रे रसेल १३ बलमा ३ छक्का सहित २४ रनमा अविजित रहे ।

अष्ट्रेलिया मिचेल मार्शले ४ ओभरमा २४ रन खर्चर ३ विकेट लिए । एडम जाम्पाले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । राइलि मेरिडिथको नाममा एक विकेट रह्यो ।

त्यसअघि ड्यारेन स्यामी नेशनल क्रिकेट स्टेडियम सेन्ट लुसियामा टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८९ रन बनाएको थियो । अष्ट्रेलिया मिचेल मार्शले ४५ बलमा ४ चौका र ६ छक्का सहित सर्वाधिक ७५ रनको योगदान दिए । मार्शको जारी सिरिजको यो तेस्रो अर्धशतक हो । कप्तान आरोन फिन्चले ३७ बलमा ५ चौका र ३ छक्का सहित ५३ रनको योगदान दिए । अन्य ब्याट्सम्यानले भने राम्रो प्रर्दशन गर्न नसक्दा विशाल योगफल बनाउन चुकेको हो ।

तीव्र गतिका बलर ओशन थोमसले दोस्रो ओभरको पाँचौं बलमा ओपनर म्याथ्यु वेडलाई ५ रनमा विकेटकिपर तथा कप्तान निकोलस पुरनबाट क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए । दोस्रो विकेटका लागि फिन्च र मार्शले ६० बलमा १ सय १४ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै विशाल योगफलको सम्भावना देखाएपनि मध्यक्रम र तल्लोक्रमका ब्याट्सम्यान चल्न नसक्दा पूरा हुन सकेन ।

फिन्चलाई १२ औं ओभरको तेस्रो बलमा स्पिनर हेडेन वाल्श जुनियरले बोल्ड गर्दै वेस्ट इन्डिज खेलमा राम्रो पूनरागमन गराएका थिए । मध्यक्रम र फिनिसर कमजोर समस्या चौथो खेलमा पनि अष्ट्रेलियालाई निराश बनायो । फिन्च आउट हुँदा अष्ट्रेलिया ११।३ ओभरमा १२६–२ को बलियो अवस्थामा थियो । फिन्च आउट भएको अको बलमा एलेक्स केरी कट एण्ड बोल्ड आउट भए ।

लगत्तै अर्को ओभरको चौथो बलमा मोइजेस हेनरिक्स ठूलो सट खेल्नेक्रममा लङअनमा फबिएन एलेनबाट समातिन पुगे । एश्टन टर्नर १० बल खेल्दै ६ रनमा स्टम्पिङ आउट हुन पुगे । ड्यानियल क्रिष्टियन १४ बलमा २ चौका र १ छक्का सहित २२ रनमा अविजित रहे । मिचेल स्टार्क ८ रनमा अविजित रहे ।

वेस्ट इन्डिजका हेडेन वाल्श जुनियरले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । आन्द्रे रसेल, फबिएन एलेन र ओशान थोमसले एक एक विकेट लिए । वेस्ट इन्डिज पहिलो खेलमा १८ रन, दोस्रो खेलमा ५६ रन र तेस्रो खेलम ६ विकेटले विजयी हुँदै सिरिज दुई खेल अगावै जितेको थियो । अन्तिम खेल शुक्रबार हुने छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.