4 years ago
July 16, 2021
एजेन्सी– भारतीय क्रिकेट टोलीका पूर्व स्टार अलराउन्डर मोहम्मद कैफले विराट कोहलीको कप्तानीमा स्पष्टता नभएको बताएका छन् । भारतीय टोलीको बारे चर्चा गर्दै कैफले कोहलीको कप्तानीमा स्पष्टता नभएको बताएका हुन् । भारतले आइतबार देखि श्रीलंकासँग तीन ओडिआई र तीन टि२० आई सिरिज खेल्दै छ ।

‘भारतीय टोली र कोहलीको कप्तानीमा स्पष्टता छैन । कोहलीले कप्तानीमा आइसिसीको ट्रफी जित्न सकेका छैनन् । आज जुन खेलाडी लयमा छ त्यहिँले मौका पाउँछ । विगतको प्रदर्शन हेरिदैन’, कैफले भने ।
त्यसैमा उनले थपे, ‘त्यसैको कारण युवा खेलाडीले मौका पाउने र ड्रप हुने क्रम बढी छ । भारतीय टोलीमा खेलाडीको स्थान पक्का छैन । यो खेलाडीलाई पनि थाहा छ । लगातार परिवर्तनले खेलाडीमा डर पैदा हुन्छ । सुरक्षित महसुस गर्दैनन् ।’
‘मैले धेरै युवा खेलाडीको साथ कप्तानी पनि गरेको छु । भारतीय टोलीमा खेलाडीले सुरक्षित महसुस गर्न सकेका छैनन् । खेलाडीले मौका पाएन भने आफ्नो उत्कृष्ट प्रदर्शन गर्न पाउँदैन । स्टार खेलाडी बन्न लगातार मौका पाउनुपर्छ’, उनले भने ।
कोहलीको कप्तानीमा स्पष्टता नहुँदा दबाबमा भारतले कमजोर प्रदर्शन गर्ने उनी बताउँछन् । ‘एकदिवसिय विश्वकपमा चार नम्बरको ब्याटिङ समस्या दुई वर्ष भन्दा बढी प्रयोग हुँदा पनि समाधान हुन सकेन । इंग्ल्यान्डमा टेस्ट च्याम्पियनसिपमा तीव्र गतिका अलराउन्डर खेलाडी नहुँदा पराजित हुन पर्यो । कोहली खेलाडी बनाउन तर्फ लाग्दैनन् । खराब प्रदर्शन गरे ड्रप गर्दिन्छन् । सौरभ गांगुली खराब प्रदर्शन गरेपनि कति खेल मौका दिने स्पष्ट बताउथें’, कैफले भने ।

विश्वकपमा भारतको कुन टोली जान्छ भन्ने अहिले कप्तान विराट पनि भन्न नसक्ने बताउँछन् । श्रीलंका र आइपिएल प्रदर्शनले धेरै निर्धारण गर्ने उनको बुझाइ छ । कैफले श्रीलंका भ्रमणमा हार्दिक पान्ड्या प्रदर्शन निकै महत्वपूर्ण हुने बताए ।
हार्दिकले बलिङ गरेको खण्डमा भारतीय तीनै शैलीमा पहिलो रोजाईमा खेल्न सक्ने उनले बताए । हार्दिकसँगै भुवनेश्वर कुमार, शिखर धवन र सूर्यकुमार यादवलाई टि२० टोलीमा स्थान बनाउन श्रीलंका भ्रमणमा उच्च प्रदर्शन गर्नुपर्ने बताए ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]