4 years ago
July 16, 2021
एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आगमी अक्टोबर नोभेम्बरमा यूएई र ओमानमा हुने टि२० विश्वकपको समूह सार्वजनिक गरेको छ । शुक्रबार पहिलो चरण र सुपर १२ को समूह आइसिसीले सार्वजनिक गरेको छ । जसमा दक्षिण एसिया चर्चित दुई देश पाकिस्तान र भारत एकै ग्रुपमा छन् । सुपर-१२ मा भारत र पाकिस्तान ग्रुप बी मासँगै प्रतिस्पर्धा गर्ने भएका छन् ।

टि२० विश्वकप आगमी अक्टोर १७ देखि नोभेम्बर १४ सम्म युएई र ओमानमा हुने छ । पहिलो चरण (फस्ट राउन्ड) को समूह ए मा श्रीलंका, आरल्यान्ड, नेदरल्यान्ड्स र नामिबिया छन् । समूह बी मा बंगलादेश, स्कटल्यान्ड, ओमान र पपुवा न्युगिनी छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर १२ मा स्थान बनाउने छन् ।
सुपर १२ को ग्रुप एक मा इंग्ल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्टइन्डिजसँगै समूह ए को विजेता र समूह बीको उप विजेता रहने छन् । ग्रुप बी मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह बी को विजेता र समूह ए को उपविजेताबीच प्रतिस्पर्धा हुने छ । सुपर १२ बाट हरेक समूह शीर्ष दुई दुई टोली सेमिफाइनलमा स्थान बनाउने छन् ।
पाकिस्तान र भारतबीच आन्तरिक राजनीतिको कारण एक अर्का देशले सिरिज खेल्दैनन् । यी दुई देशबीच आइसिसीको प्रतियोगितामा मात्र प्रतिस्पर्धा हुने गर्दछ । त्यसले पनि थप महत्वका साथ हेरिने गरिन्छ । यूएई पाकिस्तानको घरेलु मैदान हो । जसले पाकिस्तानलाई धेरै फाइदा पुग्ने अनुमान गरिएको छ । भारत विश्व क्रिकेटको पावर हाउस हो । विश्वकपमा पाकिस्तानले भारतलाई हालसम्म हराउन सकेको छैन ।

अन्तिम पटक २०१६ मा टि२० विश्वकप भएको थियो । उक्त विश्वकपमा पनि पाकिस्तान र भारत ग्रुप बी मा थिए । भारतले उक्त टि२० विश्वकपमा पाकिस्तानलाई ६ विकेटले हराएको थियो । उक्त टि२० विश्वकपको फाइनलमा वेस्ट इन्डिजले इंग्ल्यान्डलाई ४ विकेटले हराउँदै दोस्रो पटक उपाधि जितेको थियो । उक्त फाइनलमा अन्तिम ओभरमा वेस्ट इन्डिजलाई १९ रन चाहिँएको अवस्थामा कार्लोस ब्रेथवेटले बेन स्टोक्सलाई लगातार चार छक्का प्रहार गर्दै च्याम्पियन बनाएका थिए । वेस्ट इन्डिज यस संस्करणको पनि दाबेदार टोली हो ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]