4 years ago
July 16, 2021
एजेन्सी – भारतसँग हुने समान तीन ओडिआई र टि२० आई सिरिज खेल्नुअघि घरेलु टोली श्रीलंका समस्यामा परेको छ । श्रीलंका सिमित ओभरमा तत्कालिन टोलीका सर्वाधिक अनुवभी विकेटकिपर ब्याट्सम्यान कुसल पेरेराले भारतविरुद्ध सिरिज गुमाउने भएका छन् ।

कुसलको अभ्यासको क्रममा काँधका चोट लागेको थियो । त्यस्तै अर्का तीव्र गतिका बलर बिनुरा फ्रेन्नाडो बायाँ एंकलको कारण ओडिआई सिरिज गुमाउने भएका छन् । पेरेरा श्रीलंका टोलीका सर्वाधिक अनुवभी र प्रमुख खेलाडी हुन् । उनीनै टोलीमा नभएपछि श्रीलंका युवा टोली थप समस्यामा पर्ने देखिन्छ श्रीलंकाले भारतविरुद्ध खेल्ने टोली घोषणा गरेको छैन । श्रीलंकालाई विकेटकिपरमा समस्या पर्न सक्छ ।
विकेटकिपर कुसल मेन्डिस र निरोशन डिक्वेला इंग्ल्यान्ड भ्रमणमा दुई साता अघि वायोबल उलंघन गर्दै बाहिर घुम्न गएको भन्दै अनिश्चित समयको लागि निलम्बनमा परेका थिए । उनीहरुको अनुसन्धान जारी छ । त्यसैले उनीहरु टोलीमा छैनन् । त्यस्तै अर्का विकेटकिपर दीनेश चान्डिमल पछिल्लो समय श्रीलंका ओडिआई टोलीमा छैनन् ।
श्रीलंका ओडिआई क्रिकेट खेलि सकेका मिनोद भनुका र सदेरा समाराविक्रम सम्भावित विकेटकिपर हुन् । मिनोदले एक र सदेराले सात ओडिआई खेलेका छन् । घरेलु क्रिकेटका लाहिरु उडाना, बायाँ हाते युवा ब्याट्सम्यान कामिल मिश्रा, निशान मधुसका सम्भावित विकेटकिपर देखिन्छन् ।

यसअघि श्रीलंका कप्तान कुसल पेरेरानै थिए । तर तीन साताअघि इंग्ल्यान्डविरुद्ध तीन टि२० आई सिरिजमा क्लिनस्विपको हार बेहोरेको थियो । तीन ओडिआई खेलको सिरिज २–० ले गुमाएको थियो । अन्तिम खेल वर्षाको कारण रद्ध भएको थियो । श्रीलंकाले कुसललाई हटाउँदै दासुन शनकालाई कप्तानी दिँदै छ ।
कुसल बाहिरिँदा अव अनुभवी खेलाडीको रुपमा धनञ्जय डि शिल्भा छन् । उनले ५० ओडिआई खेल खेलेका छन् । त्यस्तै वानिन्दु हसरंगाले २४, शनका २८ र दुश्मन्था चामिराले ३१ ओडिआई खेल खेलेका छन् । अन्य खेलाडीमा अन्तर्राष्ट्रिय अनुभव धेरै छैन । श्रीलंका पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा लगातार कमजोर प्रदर्शन गर्दै आएको छ ।
भारतले श्रीलंका भ्रमणमा शिखर धवनको कप्तानीमा दोस्रो रोजाईको टोली पठाएको छ । पहिलो ओडिआई खेल १३ जुलाईमा हुने कार्यक्रम थियो । तर श्रीलंका अफिसल स्टाफमा कोरोना देखिएपछि पाँच दिन पछि सरेको थियो । श्रीलंका र भारतबीचको पहिलो ओडिआई खेल आइतबार हुने छ । दोस्रो मंगलबार र तेस्रो शुक्रबार हुने छ । पहिलो टि२० खेल आइतबार हुने छ । मंगलबार र तेस्रो टि२० खेल बिहिबार हुने छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]