default_image

4 years ago

July 16, 2021

इंग्ल्यान्डसँग बदला लिने सोचमा पाकिस्तान

124 views

0 Bookmark

एजेन्सी – पाकिस्तान र इंग्ल्यान्डबीचको पहिलो टि२० आई खेल आज राती हुँदै छ । खेल नेपाली समय अनुसार आज राती (शुक्रबार) ११ :५ मा सुरु हुने छ ।

तीन ओडिआई सिरिजमा क्लिनस्विप बेहोरेको पाकिस्तान टि२० सिरिजमा बदला लिन चाहन्छ । दोस्रो रोजाईको टोलीले ओडिआई सिरिजमा क्लिनस्विप गरेको हुँदा प्रमुख खेलाडी सम्मिलित इंग्ल्यान्डको टोलीलाई टि२० मा त्यस्तै नतिजा दबाब छ । पाकिस्तानको बाबर आजम र इंग्ल्यान्डको ओईन मोर्गनको कप्तानीमा मैदान उत्रने छन् ।

ब्याट्सम्यान मोहम्मद हफिज, स्पिन अलराउन्डर ईमाद वासिम र लेग स्पिनर उस्मान कादिर टि२० टोलीमा हुने हुँदा पाकिस्तान मजबुत हुने अनुमान गरिएको छ । ओडिआई खेलमा पाकिस्तानको ब्याटिङ कमजोर रह्यो । तर पाकिस्तान टि२० शैलीमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । पाकिस्तान ओडिआई सिरिजको हारको बदला टि२० मा लिने सोचमा छ ।

बाबरले अन्तिम खेलमा १ सय ५८ रनको सानदार शतकीय इनिङ खेल्दै आफू राम्रो लयमानै संकेत दिएका छन् । बाबर प्रमुख हतियार हुन् । उनी चलेको खण्डमा रोक्न मुश्किल पर्ने गर्दछ । बाबरले आडिआई सिरिजको गल्तिबाट पाठ सिक्दै टि२० मा राम्रो गर्ने बताई सकेका छन् ।

रिजवानले पनि अन्तिम खेलमा उत्कृष्ट ब्याटिङ गरेका थिए । पाकिस्तानको ओपनिङ बाबरसँगै शर्जिल खानले गर्ने सम्भावना छ । शर्जिलले घरेलु क्रिकेटमा सानदार प्रदर्शन गर्दै आएका छन् । ओपनर फखर जमानलाई बेन्चमा राख्न सक्छ । मध्यक्रममा रिजवान र हफिज हुने छ । यी दुबै ब्याट्सम्यानको प्रदर्शन निकै महत्वपूर्ण हुने छ ।

कप्तान बाबर ब्याटिङका प्रमुख खम्बा हुन् । पाकिस्तानले सहिब मकसूदलाई तल्लोक्रमको जिम्मा दिने छ । यस सिजनको पिएसएलका सर्वोत्कृष्ट खेलाडी सहिब ओडिआईमा भने चल्न सकेनन् । उनलाई टि२० मा प्रमाणित गर्न आवश्यक छ । तल्लोक्रममा शादब खान, ईमाद र हसन अली हुने छन् । स्पिनर उस्मान कादिरलाई मौका दिने उच्च सम्भावना छ । तीव्र गतिमा शाहिन अफ्रिदी, हसन र हरिस रौफ हुने छन् ।


यता इंग्ल्यान्डको ओपनिङ जस बटलर र जेसन रोयले गर्ने छन् । जोनी बेयरस्टो, डेविड मलान र मोर्गन मध्यक्रमका ब्याट्सम्यान हुन् । यी सबै खेलाडी ठूलो इनिङको क्षमता राख्छन् । युवा ब्याट्सम्यान टम ब्यान्टनलाई तल्लोक्रममा खेलाउन सक्छ । तर ब्यान्टनलाई खेलाउँदा स्पिनर आदिल राशिदलाई बेन्चमा राख्नुपर्ने हुन्छ । त्यसैले इंग्ल्यान्ड राशिदका साथ मैदान उत्रन पनि सक्छ ।

मोईन अली र लुईस ग्रेगरी अलराउन्डरको रुपमा खेल्ने सम्भावना छ । लुईसले ओडिआई सिरिजमा उत्कृष्ट प्रदर्शनका साथ टोलीमा स्थान बनाएका हुन् । तीव्र गतिका बलरमा टम करन, क्रिस जोर्डन र डेविड विल्लीको सम्भावना छ । प्रमुख खेलाडी सम्मिलित इंग्ल्यान्डको टोलीलाई उत्कृष्ट जितको दबाब छ ।


हेड टु हेड :


इंग्ल्यान्ड र पाकिस्तानबीच कुल १८ टि२० आई खेल भएको छ । पाकिस्तान ५ खेलमा विजयी हुँदा ११ खेलमा पराजित भएको छ । एक खेल बराबरी र एक नजिता विहिन छ । पछिल्ला पाँच खेल मध्य पाकिस्तान दुई खेलमा विजयी र दुई खेलमा पराजित भएको छ । एक खेल नजिता विहिन छ । अन्तिम टि२० खेल गत वर्ष सेप्टेम्बरमा पाकिस्तान ५ रनले विजयी भएको थियो । हफिजले उक्त खेलमा ८६ रनको उत्कृष्ट इनिङ खेलेका थिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.