4 years ago
July 16, 2021
एजेन्सी – ओपनर जान्नेमान मलान र क्विन्टन डि कको सानदार शतकको सहयोगमा दक्षिण अफ्रिकाले तेस्रो ओडिआई खेलमा आयरल्यान्डलाई ३ सय ४७ रनको विशाल लक्ष्य दिएको छ । भ्रमण टोली दक्षिण अफ्रिकाले डुब्लिनमा टस जितेर ब्याटिङ गर्ने निर्णय लिदै निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय ४६ रन बनायो ।

दक्षिण अफ्रिका ओपनर जान्नेमान मलान १ सय ६९ बलमा १६ चौका र ६ छक्का सहित १ सय ७७ रनमा अविजित रहे । यो उनको अन्तर्राष्ट्रिय करिअरकै सर्वोत्कृष्ट प्रदर्शन हो । ओडिआई करिअरको दोस्रो शतक पर्दछ ।
डि कक ९१ बलमा ११ चौका र ५ छक्का सहित १ सय २० रनको उत्कृष्ट शतकीय इनिङ खेल्दै क्याच आउट भए । डि ककको यो ओडिआई करिअरको १६ औं शतक हो । पहिलो विकेटका लागि डि कक र मलानले ३६.१ ओभरमा २ सय २५ रनको दोहोरो शतकीय साझेदारीका साथ उत्कृष्ट ब्याटिङ गरेका थिए । डी ककलाई सिमि सिंहले मार्क आदिरबाट क्याच गराउँदै साझेदारी तोडेका थिए ।

रास्सी भान डर डुसेन २८ बलमा २ चौका सहित ३० रनमा क्याच आउट भए । हेनरिक क्लासेन ३ रनमा आउट भए । आयरल्यान्डका जोश लिटिलले सर्वाधिक २ विकेट लिए । सिमि सिंह र क्रेग यौंगको नाममा एक एक विकेट रह्यो ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]