default_image

4 years ago

July 16, 2021

भारतविरुद्ध खेल्ने श्रीलंका टोली घोषणा

102 views

0 Bookmark

एजेन्सी – श्रीलंकाले भारतसँग खेल्ने समान तीन ओडिआई र तीन टि२० आई सिरिजको लागि २४ सदस्य टोली घोषणा गरेको छ । श्रीलंकाले अलराउन्डर दासुन शनाकाको कप्तानीमा टोली घोषणा गरेको हो । भारत र श्रीलंकाबीच पहिलो ओडिआई खेल आइतबार हुने छ ।

विकेटकिपर तथा ओपनर कुसल पेरेरा चोटका कारण टोलीमा छैनन् । धनन्जय डि सिल्भालाई उपकप्तानको जिम्मेवारी दिएको छ । श्रीलंका टोलीमा युवा खेलाडीको बाहुल्यता छ । लाहिरु उडारा, ईशान जयरात्ने र शिरन फ्रेर्नान्डो अनक्याप्ड खेलाडी हुन् । भानुका राजपक्षे, लाहिरु कुमारा र कसुन रजिथाले श्रीलंका टोलीमा पूनरागमन गरेका छन् ।

भारतले श्रीलंका भ्रमणमा शिखर धवनको कप्तानीमा दोस्रो रोजाईको टोली पठाएको छ । पहिलो ओडिआई खेल १३ जुलाईमा हुने कार्यक्रम थियो । तर श्रीलंका अफिसल स्टाफमा कोरोना देखिएपछि पाँच दिन पछि सरेको थियो । श्रीलंका र भारतबीचको पहिलो ओडिआई खेल आइतबार हुने छ । दोस्रो मंगलबार र तेस्रो शुक्रबार हुने छ । पहिलो टि२० खेल आइतबार हुने छ । मंगलबार र तेस्रो टि२० खेल बिहिबार हुने छ ।

श्रीलंका टोली : दासुन शनाका (कप्तान), धनन्जय डि सिल्भा, अविष्का फ्रेनान्डो, भानुका राजपक्षे, पाथुम निसंका, चरिथ असलंका, वानिन्दु हसरंगा, एशेन बान्डारा, मिनोद भानुका, लाहिरु उडारा, रमेश मेन्डिस, चमिका करुणारत्ने, बिनुरा फ्रेनान्डो (टि२० सिरिजमा मात्र) , दुश्मन्था चामिरा, लक्शान सन्दाकन, अकिला धनन्जय, शिरन फ्रेनान्डो, धनन्जय लक्शान, ईशान जयरात्ने, प्रविन जयव्रिकमे, असिथा फ्रेनान्डो, कसुन रजिथा, लाहिरु कुमारा र ईसुरु उडाना ।

भारतको टोली : शिखर धवन (कप्तान), पृथ्वी शा, देवदत्त पाडिक्कल, ऋतुराज गायकवाड, सूर्यकुमार यादव, मनिष पाण्डे, हार्दिक पान्ड्या, नितिश राना, ईशान किशन (विकेटकिपर), सञ्जु स्यामसन (विकेटकिपर), युजभेन्द्र चहल, राहुल चाहर, कृष्णप्पा गोवथम, क्रुनाल पान्ड्या, कुलदीप यादव, बरुण चक्रवर्ति, भुवनेश्वर कुमार (उपकप्तान), दीपक चाहर, नवदीप सैनी, चेतन सकारिया ।
खेल तालिका :

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.