default_image

4 years ago

July 16, 2021

सकिब र लिटन चम्कँदा बंगलादेशको फराकिलो जित

172 views

0 Bookmark

एजेन्सी – ओपनर लिटन दासको शतक र सकिब अल हसनको पाँच विकेटको सहयोगमा बंगलादेशले जिम्बावेमाथि १ सय ५५ रनको फराकिलो जित हात पारेको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा भ्रमण टोली बंगलादेशले १–० को अग्रता लिएको छ ।

जितको लागि २ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली जिम्बावे २८.५ ओभरमा १ सय २१ रनमा अल आउट भयो । जिम्बावेका विकेटकिपर रेजिस चकबवाले ५१ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ५४ रनको योगदान दिए । कप्तान ब्रेन्डन टेलर २४ र डियोन मायर्सले १८ रन बनाउन बाहेक अन्यले सम्झन योग्य प्रदर्शन गरेनन् । जिम्बावेका ७ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बंगलादेशका स्पिनर सकिब अल हसनले ९.५ ओभरमा ३ मेडन सहित ३० रन खर्चेर ५ विकेट लिए । तस्किन अहमद, मोहम्मद सैफुद्दिन र शोरिफुल ईस्लामले एक एक विकेट लिए ।

त्यसअघि हरारे स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङ थालेको बंगलादेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ७६ रन बनायो । लिटन दासले १ सय १४ बलमा ८ चौका सहित सर्वाधिक १ सय २ रनको योगदान दिए । अफिस हुसैनले ४५, महमुदूल्लाह ३३, मेहेदी हसनले २६, सकिब अल हसन र मोहम्मद मिथुनले १९–१९ विकेट लिए । जिम्बावेका ल्यूक जोंगवेले ९ ओभरमा ५१ रन खर्चेर ३ विकेट लिए । रिचर्ड नगारावा र ब्लेसिङ मुर्जाबानीले दुई दुई विकेट लिए । दोस्रो ओडिआई खेल आईतबार हुने छ ।

लिटन प्लेयर अफ द म्याच चुनिए । यो पाँच विकेटसँगै सकिब बंगलादेशबाट ओडिआईमा सर्वाधिक विकेट लिने बलर बनेका छन् । सकिबले २ सय १३ खेलमा २ सय ७४ विकेट लिएका छन् । पूर्व कप्तान मशर्फे मोर्तजाले २ सय १८ खेलमा २ सय ६९ विकेट लिएका छन् । सकिब टि२० आई र टेस्टमा पनि बंगलादेशबाट सर्वाधिक विकेट लिने बलर हुन् । सकिबले टि२० आईमा ९२ र टेस्टमा २ सय १५ विकेट लिएका छन् ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.