default_image

4 years ago

July 16, 2021

दक्षिण अफ्रिकाविरुद्ध सिमिको विश्व कीर्तिमानी शतक

141 views

0 Bookmark

एजेन्सी – आयरल्यान्डका स्पिन अलराउन्डर सिमि सिंहले दक्षिण अफ्रिकाविरुद्ध तेस्रो ओडिआई खेलमा विश्व कीर्तिमानी शतक प्रहार गरेका छन् । दक्षिण अफ्रिकाले आयरल्यान्डलाई तेस्रो तथा अन्तिम खेलमा ७० रनले पराजित गर्दै सिरिज १–१ को बराबरीमा सकाएको छ ।

जितको लागि ३ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड ४७.१ ओभरमा २ सय ७६ रनमा अल आउट भयो । आयरल्यान्डका सिमि सिंह आठौं नम्बरमा ब्याटिङ गर्दै ९१ बलमा १४ चौका सहित एक सय रनमा अविजित रहे । सिमि ओडिआई इतिहासमा आठौं नम्बरमा ब्याटिङ गर्दै शतक प्रहार गर्ने पहिलो खेलाडी हुन् । यसअघि ओडिआईमा आठौं नम्बरमा ब्याटिङ गर्दै सर्वाधिक रन बनाउने कीर्तिमान इंग्ल्यान्डका क्रिस वोक्सको श्रीलंकाविरुद्ध र साम करनको भारतविरुद्ध थियो । करनको यसै वर्ष पुनेमा र वोक्सको २०१६ मा आठौं नम्बरमा ब्याटिङ गर्दै समान ९५ रनमा अविजित रहेका थिए । सिमिको यो अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक हो । आयरल्यान्डको ४२ औं ओभरमा नवौं विकेटको पतन हुँदा सिमि ब्यक्तिगत ६८ रनमा अविजित थिए ।

त्यसपछि सिमिले उत्कृष्ट ब्याटिङका साथ शतक सम्म पुगेका हुन् । सिमिलाई शतक सम्म पुर्याउन क्रेग यौंग १४ बलमा ८ रन जोड्दै राम्रो साथ दिए । सिमिले क्रेगसँग अन्तिम विकेटका लागि ४७ रनको साझेदारी गरेका थिए ।

युवा अराउन्डर कर्टिस क्याम्फरले ५४ बलमा ५ चौका र १ छक्का सहित ५४ रनमा आउट भए । एक समय १९ ओभरमा ९२–६ को कमजोर अवस्थामा पुगेको आयरल्यान्डलाई सातौं विकेटका लागि सिमि र कर्टिसले १ सय ७ बलमा १ सय ४ रनको शतकीय साझेदारी गर्दै इनिङ उकासेका थिए । सिमिले ९२–६ को कठिन अवस्थाबाट शतक प्रहार गर्न सफल भएका हुन् । आयरल्यान्डका ओपनर पल स्टर्लिङ ११, कप्तान एन्ड्रयू बलबर्नी ७, ह्यारी टेक्टर २९ र जर्ज डकरेल १५ रनमा आउट भए ।


दक्षिण अफ्रिका स्पिनर तबरेज शाम्सीले १० ओभरमा ४६ रन खर्चेर ३ विकेट लिए । एन्डिले फेहलुपवयोले १० ओभरमा ५६ रन खर्चेर ३ विकेट लिए । केशव महाराजले १० ओभरमा १ मेडन सहित ५१ रन खर्चेर २ विकेट लिए । लिजाड विलियम्स र एनरिच नोर्कियाले एक एक विकेट लिए ।

त्यसअघि भ्रमण टोली दक्षिण अफ्रिकाले डुब्लिनमा टस जितेर ब्याटिङ गर्ने निर्णय लिदै निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय ४६ रन बनाएको थियो । दक्षिण अफ्रिका ओपनर जान्नेमान मलान १ सय ६९ बलमा १६ चौका र ६ छक्का सहित १ सय ७७ रनमा अविजित रहे । यो उनको अन्तर्राष्ट्रिय करिअरकै सर्वोत्कृष्ट प्रदर्शन हो । ओडिआई करिअरको दोस्रो शतक पर्दछ ।

डि कक ९१ बलमा ११ चौका र ५ छक्का सहित १ सय २० रनको उत्कृष्ट शतकीय इनिङ खेल्दै क्याच आउट भए । डि ककको यो ओडिआई करिअरको १६ औं शतक हो । पहिलो विकेटका लागि डि कक र मलानले ३६.१ ओभरमा २ सय २५ रनको दोहोरो शतकीय साझेदारीका साथ उत्कृष्ट ब्याटिङ गरेका थिए । डी ककलाई सिमि सिंहले मार्क आदिरबाट क्याच गराउँदै साझेदारी तोडेका थिए ।

रास्सी भान डर डुसेन २८ बलमा २ चौका सहित ३० रनमा क्याच आउट भए । हेनरिक क्लासेन ३ रनमा आउट भए । आयरल्यान्डका जोश लिटिलले सर्वाधिक २ विकेट लिए । सिमि सिंह र क्रेग यौंगको नाममा एक एक विकेट रह्यो । पहिलो खेल वर्षाको कारण रद्ध भएको थियो । दोस्रो खेलमा आयरल्यान्डले दक्षिण अफ्रिकालाई ४३ रनले स्तब्ध पारेको थियो । दक्षिण अफ्रिका र आयरल्यान्डबीच थप टि२० आई सिरिज हुने छ । पहिलो खेल सोमबार हुने छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.