4 years ago
July 17, 2021
एजेन्सी – मध्यक्रमका ब्याट्सम्यान लियाम लिभिङस्टोनको विष्फोटक शतकका बाबजुद इंग्ल्यान्ड पहिलो टि२० खेलमा पाकिस्तानसँग ३१ रनले पराजित भएको छ । योसँगै तीन टि२० आई खेलमा पाकिस्तानले १–० को अग्रता लिएको छ ।

जितको लागि २ सय ३३ रनको विशाल विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड १९.२ ओभरमा २ सय १ रनमा अल आउट भयो । लिभिङस्टोनले ४३ बलमा ६ चौका र ९ छक्का सहित १ सय ३ रनको उत्कृष्ट शतकीय इनिङ खेलेपनि अन्य खेलाडीको साथ नपाउँदा टोलीलाई जिताउन सकेनन् । लिभिङस्टोनको यो टि२० आई करिअरको पहिलो शतक हो । लिभिङस्टोन इंग्ल्यान्डबाट टि२० आईमा सर्वाधिक छिटो शतक बनाउने खेलाडी बनेका छन् । उनले ४२ बलमा शतक पूरा गरेका थिए । यसअघि इंग्ल्यान्डबाट टि२० आईमा डेविड मलान र एलेक्स हेल्सले मात्र टि२० आईमा शतक प्रहार गरेका छन् ।
ओपनर जेसन रोय १३ बलमा २ चौका र ३ छक्का सहित ३२ रन जोड्दै आउट भए । ओपनर डेविड मलान एक, जोनी बेयरस्टो ११, मोईन अली एक, ओईन मोर्गन १६, लुईस ग्रेगरी १० र डेविड विल्ली १६ रनमा आउट भए ।

पाकिस्तानका तीव्र गतिका बलर शाहिन अफ्रिदीले ३.२ ओभरमा ३० रन खर्चेर ३ विकेट लिँदै प्लेयर अफ द म्याच चुनिए । स्पिनर शादब खानले ४ ओभरमा ५२ रन खर्चेर ३ विकेट लिए । ईमाद वासिम, मोहम्मद हसनैन र हरिस रौफले एक एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २३ रन बनाएको थियो । पाकिस्तानका कप्तान तथा ओपनर बाबर आजम ४९ बलमा ८ चौका र ३ छक्का सहित सर्वाधिक ८५ रनको योगदान दिए । अर्का ओपनर मोहम्मद रिजवानले ४१ बलमा ८ चौका र १ छक्का सहित ६३ रन जोडे ।

फखर जमान २६, मोहम्मद हफिज २४, सहिब मकसूदले १९ रनको योगदान दिए । पहिलो विकेटका लागि बाबर र रिजवानले १४.४ ओभरमा १ सय ५० रनको साझेदारी गर्दै विशाल योगफलको बाटोमा डोर्याएका थिए । इंग्ल्यान्डका टम करनले सर्वाधिक २ विकेट लिए । डेविड विल्ली, सकिब मोहम्मद र लुईस ग्रेगरीले एक एक विकेट लिए । दोस्रो खेल आईतबार हुने छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]