default_image

4 years ago

July 17, 2021

रसेल र लुईस चम्कँदा वेस्ट इन्डिज विजयी

207 views

0 Bookmark

एजेन्सी – ओपनर ईभिन लुईस र आन्द्रे रसेल चम्कँदा वेस्ट इन्डिजले अष्ट्रेलियामाथि पाँचौं तथा अन्तिम टि२० आई खेलमा १६ रनको जित निकालेको छ । योसँगै पाँच टि२० आई खेलको सिरिज वेस्ट इन्डिजले ४–१ ले जितेको छ ।


जितको लागि २ सय रनको बलियो लक्ष्य पछ्याएको अष्ट्रेलिया निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८३ रन बनायो । अष्ट्रेलिया कप्तान अरोन फिन्चले २३ बलमा ६ चौका सहित सर्वाधिक ३४ रनको योगदान दिए । मिचेल मार्श १५ बलमा ५ चौका र १ छक्का सहित ३० रनमा आउट भए । मोइजेस हेनरिक्स २१, एलेक्स केरी ९, म्याथ्यु वेड २६ र एन्ड्रयू टाई १५ रनमा आउट भए । जोश हेजलवुड १३ र मिचेल स्विपसन १४ रनमा अविजित रहे ।

वेस्ट इन्डिजका आन्द्रे रसेलले ४ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए । शेल्डन कटरेलले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । हेडेन वाल्श जुनियरले एक विकेट लिए ।


त्यसअघि टस जितेर ब्याटिङ थालेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९९ रन बनाएको थियो । वेस्ट इन्डिजका ओपनर ईभिन लुईसले ३४ बलमा ४ चौका र ९ छक्का सहित सर्वाधिक ७९ रनको योगदान दिए । कप्तान निकोलस पुरन १८ बलमा १ चौका र ३ छक्का सहित ३१ रन जोडे । ओपनर आन्द्रे फ्लेचर १२, क्रिस गेल र लेन्डन सिमन्स २१–२१ रनमा आउट भए ।


अष्ट्रेलिया तीव्र गतिका बलर एन्ड्रयू टाईले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । मिचेल मार्श र एडम जाम्पाले २–२ विकेट लिए । मिचेल स्विपसनको नाममा एक विकेट रह्यो । वेस्ट इन्डिज पहिलो खेलमा १८ रन, दोस्रो खेलमा ५६ रन र तेस्रो खेलमा ६ विकेट भएको थियो । चौथो खेलमा अष्ट्रेलिया ४ रनले विजयी भएको थियो । वेस्ट इन्डिज र अष्ट्रेलियाबीच थप तीन ओडिआई सिरिज हुने छ । पहिलो ओडिआई खेल बुधबार हुने छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.