default_image

4 years ago

July 17, 2021

श्रीलंकामा स्पिन जोडीको जादू फर्कने भारतको आशा

181 views

0 Bookmark

एजेन्सी – सन् २०१७ मा भारतले श्रीलंका भ्रमण गर्दै पाँच ओडिआई सिरिजमा क्लिनस्विप गरेको थियो । उक्त पाँच ओडिआई सिरिजबाट भारतीय युवा स्पिनर कुलदीप यादव र युजभेन्द्र चहल (कुल चा) जोडीले पहिलो पटक एकसाथ खेलेका थिए ।

त्यसै वर्ष च्याम्पियन्स ट्रफीमा भारतीय स्पिनरले मध्यक्रममा विकेट लिन संघर्ष गरेपछि कप्तान विराट कोहलीले कुलदीप र चहललाई रणनीतिमा ल्याएका थिए । भारतीय टोलीको समस्यामा समाधान गर्नेक्रममा दुई स्पिनले अन्तर्राष्ट्रिय स्तरमा सर्वोत्कृष्ट प्रदर्शन गर्दै पहिलो रोजाईमा खेलेका थिए । रविचन्द्रन आश्विन र रविन्द्र जडेजाको स्थानमा यी दुई स्पिनर आएका थिए ।

सन् २०१७ देखि २०१९ सम्म ओडिआईमा कुलदीप र चहलले राज गरे । कुलदीप ४४ खेलमा ८७ विकेटका साथ शीर्षस्थानमा रहे । कुलदीप भन्दा अन्य बलर धेरै पछि थिए । उत्कृष्ट प्रदर्शन ६–२५ थियो । दोस्रो स्थानमा रहेका चहलले ३८ खेलमा ६६ विकेट लिएका थिए । त्यसपछि इंग्ल्यान्डमा आदिल राशिद र अफगानिस्तानका राशिद खानले ६२–६२ विकेट लिएका थिए ।

समग्रमा २०१७ देखि २०१९ सम्म ओडिआईमा कुलदीप र चहलले कुल १ सय ५३ विकेट लिएका थिए । यी दुई स्पिनको प्रदर्शन जादू जस्तै थियो । टि२० क्रिकेटमा पनि २०१७ देखि २०१९ सम्म सर्वाधिक विकेट लिने सूचिमा चहल र कुलदीपले समान ३५–३५ विकेटका साथ शीर्ष स्थानमा थिए । २०१९ को एकदिवसिय विश्वकपमा कुल चा जोडीको प्रर्दशन अपेक्षा अनुसार रहेन । कुलदीपले ७ खेलमा ६ र चहलले ८ खेलमा १२ विकेट लिन सके ।

विश्वकपमा इंग्ल्यान्डविरुद्ध यी दुई खेलाडीको प्रदर्शन सम्झनलायक थिएन । यी दुई स्पिनरले २० ओभरमा १ सय ६० रन खर्चेका थिए । चहलले ८८ र कुलदीपले ७२ रन खर्चेपछि इंग्ल्यान्डले भारतविरुद्ध ७ विकेटको क्षतिमा ३ सय ३७ रन बनाएको थियो । भारत उक्त खेलमा ३१ रनले पराजित भएको थियो । त्यो नै ‘कुल चा’ जोडीलेसँगै खेलेको अन्तिम ओडिआई खेल हो ।

त्यसपछि यी दुई खेलाडीसँगै खेलेका छैनन् । एक बेन्चमा बस्दा अर्को मैदान उत्रदै आएका छन् । कुलदीपको स्थानमा भारतले रविन्द्र जडेजालाई खेलाउँदै आएको छ । जडेजाले विश्वकपका अन्तिम दुई खेलमा मौका पाउँदा उत्कृष्ट प्रदर्शन गरेका थिए । भारत सेमिफाइनलमा न्युजिल्यान्डसँग पराजित भएपनि जडेजाले ७७ रनको उत्कृष्ट इनिङ खेल्दै धेरैको मन जितेका थिए ।

इंग्ल्यान्डविरुद्ध खेलपछि चहलले दुई वर्षको अवधिमा ७ र कुलदीपले १३ ओडिआई खेल खेलेका छन् । कुलदीपले अन्तिम ओडिआई गत मार्चमा पुनेमा इंग्ल्यान्डविरुद्ध थियो । इंग्ल्यान्डविरुद्ध पहिलो ओडिआईमा ६८ रन खर्चेर १ विकेट लिँदा दोस्रो खेलमा ८४ रन खर्चिदै विकेट विहिन बनेका थिए । चहलले गत नोभेम्बरमा अष्ट्रेलियाविरुद्ध सिड्नीमा खेलेयता अवसर पाएका छैनन् । अष्ट्रेलियाविरुद्ध पहिलो ओडिआई खेलमा चहलले ८९ रन खर्चेर एक विकेट लिएका थिए । दोस्रो खेलमा ७१ रन खर्चदा विकेट लिन सकेनन् ।

एकदिवसिय विश्वकपपछि चहलले १० र कुलदीपले १३ विकेट लिएका छन् । कुलदीप पाँच खेलमा विकेट विहिन छन् । विश्वकपपछि धोनीले भारतीय टोलीबाट सन्न्यास लिए । सर्वाधिक सफल विकेटकिपर धोनी नहुँदा त्यसको असर यी दुई स्पिनरमा परेको अनुमान गरिएको छ । किनभने धोनीले खराब समयमा राम्रो सल्लाह र सुझाव दिने गर्दथे ।

भारतले श्रीलंकासँग तीन ओडिआई र टि२० आई सिरिज खेल्दैछ । पहिलो ओडिआई खेल आईतबार प्रेमादासा स्टेडिय कोलोम्बोमा हुँदै छ । श्रीलंकाविरुद्ध ओडिआई खेलमा कुलदीप र युजभेन्द्रको जोडिले प्लेइङ–११ मा स्थान पाउने सम्भावना धेरै छ । कप्तान शिखर धवन र प्रशिक्षक राहुल द्रविडले यी दुई खेलाडीलाई मौका दिने अपेक्षा गरिएको छ ।

भारतले श्रीलंका भ्रमणमा दोस्रो रोजाईको टोली पठाएको छ । स्पिनरमा कुलदीप, चहलसँगै वरुण चक्रवर्ती, राहुल चाहर, कृष्णप्पा गौथम र क्रुनाल पान्ड्या छन् । गोवथम र पान्ड्या अलराउन्डरको कोटामा स्थान बनाएका हुन् । यी कुलदीप र चहलसँगै नखेल्दा एक अर्का प्रदर्शनमा पनि असर पर्दै आएको अनुमान गर्न सकिन्छ ।

राहुल र वरुण टि२० विशेष खेलाडी हुन् । ओडिआईमा कुलदीप र चहलको सम्भावना धेरै देखिन्छ । श्रीलंका टोली पछिल्लो समय खराब प्रदर्शन गर्दै आएको छ । निरन्तर संघर्ष गर्दै आएको छ । स्पिनरले त्यसको थप लाभ लिन सक्छन् ।

आगामी अक्टोबर नोभेम्बरमा टि२० विश्वकपमा स्थान बनाउन यो सिरिज निकै महत्त्वपूर्ण हुनेछ । भारत पनि यी दुई जोडीबाट उत्कृष्ट प्रदर्शन चाहन्छ । त्यसैले यी दुई स्पिनरलाई श्रीलंका भ्रमण आफ्नो लय र जोडी फर्काउने राम्रो अवसर हुने छ ।

(इएसपिएनको सहयोगमा)

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.