default_image

4 years ago

July 18, 2021

अष्ट्रेलियाद्वारा इतिहासकै खराब प्रदर्शन

143 views

0 Bookmark

एजेन्सी – आगामी अक्टोबर नोभेम्बरमा यूएई र ओमानमा टि२० विश्वकप हुँदैछ । टि२० विश्वकपको लागि सबै टोलीले तीव्र तयारी अगाडि बढाएका छन् । विश्वकप तयारीमा रहेको विश्व क्रिकेटको पावर हाउस अष्ट्रेलियाले आफ्नो टि२० इतिहासकै खराब प्रदर्शन गर्न पुगेको छ । अष्ट्रेलियाले शनिबार वेस्ट इन्डिजसँगको पाँच टि२० आई सिरिज ४–१ ले गुमाएको छ ।

सुरुवाती तीनै खेलमा पराजित भएको अष्ट्रेलियाले चौथो खेलमा चार रनको रोमान्चक जित हात पारेको थियो । अन्तिम खेलमा १६ रनले पराजित भएको थियो । योसँगै अष्ट्रेलियाले लगातार चार टि२० आई सिरिज गुमाएको छ । अष्ट्रेलियाले आफ्नो टि२० आई क्रिकेट इतिहासमा लगातार चार टि२० आई सिरिज गुमाएको यो पहिलो पटक हो ।

अष्ट्रेलियाले इंग्ल्यान्डसँगको तीन टि२० आई सिरिज गतवर्ष सेप्टेम्बरमा २–१ ले गुमाएको थियो । गत डिसेम्बरमा घरेलु मैदानमा भारतसँग तीन टि२० आई सिरिज २–१ ले गुमाएको थियो । गत मार्चमा न्युजिल्यान्ड भ्रमण गर्दै पाँच टि२० आई सिरिज ३–२ ले गुमाएको थियो । यसअघि अष्ट्रेलियाले २०१९/२० मा भने लगातार चार टि२० सिरिज जितेको थियो ।

भारतलाई २०१९ मा घरेलु मैदानमा दुई टि२० सिरिजमा क्लिनस्विप गरेको थियो । श्रीलंकाविरुद्ध तीन टि२० सिरिजमा क्लिनस्विप, दक्षिण अफ्रिकाविरुद्ध तीन टि२० आई सिरिज २–० र न्युजिल्यान्डसँग तीन टि२० सिरिज २–१ ले जितेको हो । यसअघि २०१२/१३ मा अष्ट्रेलियाले लगातार तीन टि२० सिरिज गुमाएको थियो । २०१२ मा पाकिस्तानसँगको तीन टि२० आई सिरिज २-१ ले गुमाएको थियो ।

सन् २०१२ को टि२० विश्वकपपछि २०१३ जनवरीमा घरेलु मैदानमा श्रीलंकासँग दुई टि२० सिरिज क्लिनस्विप बेहोरेको थियो । फ्रेब्रअरीमा वेस्ट इन्डिजसँगको एक मात्र टि२० खेल पनि गुमाएको थियो । त्यसैवर्ष इंग्ल्यान्डसँगको दुई टि२० सिरिज एकमा जितका साथ उपाधि बाँडेको थियो । २०२०/२१ मा अष्ट्रेलियाले १६ टि२० आई खेल खेल्दा पाँच खेलमा जित र ११ खेलमा हार बेहोर्नु परेको छ ।

अष्ट्रेलिया प्रदर्शन किन कमजोर ?

वेस्ट इन्डिज भ्रमणमा अष्ट्रेलिया प्रमुख ब्याट्सम्यान स्टिभ स्मिथ, डेविड वार्नर, मार्कस स्टोइनिस र ग्लेन म्याक्सवेल थिएनन् । जसको कारण उसको ब्याटिङ शीर्षक्रमका ब्याट्सम्यानमा निर्भर हुँदा कमजोर थियो । वेस्ट इन्डिज भ्रमणमा मिचेल मार्शले उत्कृष्ट लयका साथ तीन अर्धशतक प्रहार गर्दै कुल २ सय १९ रन जोडेका थिए । कप्तान आरोन फिन्चले एक अर्धशतक सहित १ सय २७ रन बनाए ।

अन्य कुनै पनि खेलाडीले एक सय रन बनाउन सकेनन् । प्रमुख ब्याट्सम्यान तथा कप्तान फिन्चनै खराब लयबाट गुज्रिएका छन् । युवा ब्याट्सम्यान जोश फिलिपे, विकेटकिपर म्याथ्यु वेड, मोईजेस हेनरिक्स जस्ता ब्याट्सम्यान चल्न नसक्दा पराजित हुन पुगेको थियो । अष्ट्रेलिया पछिल्लो समय खराब प्रर्दशन गर्नुको कारण कमजोर ब्याटिङनै मुख्य कारण बन्दै आएको छ । प्रमुख ब्याट्सम्यान वार्नर, फिन्च र स्मिथको फम खराब चल्दा पनि संघर्ष गर्नु परेको छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.