4 years ago
July 18, 2021
एजेन्सी – भारतका युवा विकेटकिपर ब्याट्सम्यान ईशान किशन र सूर्यकुमार यादवले श्रीलंकासँगको पहिलो ओडिआई खेलमा डेब्यू गर्ने गर्दै छन् ।

कोलोम्बो स्थित आर प्रेमाडासा स्टेडियममा भएको टसमा श्रीलंका कप्तान दासुन शनाकाले जितेर पहिला गर्ने निर्णय लिएका छन् ।
सूर्य र ईशानले ओडिआई टोलीमा डेब्यू गरेका छन् । यी दुबै ब्याट्सम्यानले इन्डियन प्रिमियर लिग (आइपिएल) मुम्बई इन्डियन्सबाट खेल्दै सानदार प्रदर्शन गर्दै आएका छन् । ईशान गत मार्चमा इंग्ल्यान्डविरुद्ध टि२० आईमा डेब्यू गर्दै ५६ रनको इनिङ खेलेका थिए । सूर्यले पनि इंग्ल्यान्डविरुद्धनै टि२० आईमा डेब्यू गरेका थिए ।
टि२० मा यी दुई खेलाडीलेसँगै डेब्यू गरेका थिए । मुम्बईका यी दुई स्टार ब्याट्सम्यानले मध्यक्रम सम्हाल्ने छन् । भारतको ओपनिङ कप्तान शिखर धवन र पृथ्वी शाले गर्ने निश्चित भएको छ । स्पिनर कुलदीप यादव र युजभेन्द्र चहलको जोडी भारतीय टोलीमा फर्किएका छन् । २०१९ को एकदिवसिय विश्वकपपछि कुलदीप र चहलले ओडिआईमासँगै खेल्दै छन् । श्रीलंकाले भानुका राजपक्षेलाई ओडिआईमा डेब्यू दिएको छ । २९ वर्षिय भानुकाले श्रीलंकाबाट ७ टि२० आई खेल खेलि सकेका छन् ।

भारतको प्लेइङ ११: शिखर धवन, पृथ्वी शा, ईशान किशन, मनिष पाण्डे, सूर्यकुमार यादव, हार्दिक पान्ड्या, क्रुनाल पान्ड्या, दीपक चहर, भुवनेश्वर कुमार, युजभेन्द्र चहल र कुलदीप यादव ।
श्रीलंका प्लेइङ ११ : अविष्का फ्रेनान्डो, मिनोद भानुका (विकेटकिपर), भानुका राजपक्षे, धनन्जय डि सिल्भा, चरिथ असालंका, दासुन शनाका(कप्तान), वानिन्दु हसरंगा, चामिका करुणारत्ने, ईसुरु उडाना, दुश्मन्था चामिरा र लक्शान शनदाकन ।
हेड टु हेड :
यी दुई देशबीच कुल १ सय ५९ ओडिआई खेल भएको छ । भारत ९१ खेलमा विजयी हुँदा ५६ खेलमा पराजित भएको छ । पछिल्लो पटक भारतले २०१७ मा श्रीलंका भ्रमण गरेको थियो । उक्त पाँच ओडिआई खेलको सिरिजमा भारतले क्लिनस्विप गरेको थियो । पछिल्ला पाँच ओडिआई खेलमा भारत चार खेलमा विजयी र एक खेलमा पराजित भएको छ । पछिल्ला पाँच अन्तर्राष्ट्रिय ओडिआई खेलमा श्रीलंकाले एक मात्र जित निकालेको छ । भारतले पाँच मध्य तीनमा जित हात पारेको छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]