default_image

3 years ago

July 18, 2021

पाकिस्तानलाई इंग्ल्यान्डको बलियो लक्ष्य

एजेन्सी – इंग्ल्यान्डले दोस्रो टि२० आई खेलमा पाकिस्तानलाई २ सय १ रनको बलियो लक्ष्य दिएको छ । लिड्समा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्ड १९.५ ओभरमा २ सय रनमा अल आउट भयो । इंग्ल्यान्डका कप्तान जस बटलरले ३९ बलमा ७ चौका र २ छक्का सहित सर्वाधिक ५९ रनको योगदान दिए । इंग्ल्यान्डले पहिलो ओभरको चौथो […]

72 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डले दोस्रो टि२० आई खेलमा पाकिस्तानलाई २ सय १ रनको बलियो लक्ष्य दिएको छ । लिड्समा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्ड १९.५ ओभरमा २ सय रनमा अल आउट भयो ।

इंग्ल्यान्डका कप्तान जस बटलरले ३९ बलमा ७ चौका र २ छक्का सहित सर्वाधिक ५९ रनको योगदान दिए । इंग्ल्यान्डले पहिलो ओभरको चौथो बलमै ओपनर जेसन रोयलाई १० रनमा गुमाएको थियो । स्पिनर ईमाद वासिमको बलमा रोय मोहम्मद हफिजबाट क्याच आउट हुन पुगेका थिए । ईमादलेनै तेस्रो ओभरको तेस्रो बलमा डेविड मलानलाई आजम खानबाट एक रनमा क्याच आउट गराउँदा इंग्ल्यान्ड १८–२ को कमजोर अवस्थामा पुगेको थियो । तर त्यसपछि बटलर र मोईन अलीले आक्रामक ब्याटिङ गर्दै विशाल योगफलको बाटो देखाएका थिए ।


तेस्रो विकेटका लागि मोईन र बटलरले ३१ बलमा ६७ रनको उत्कृष्ट साझेदारी गरेका थिए । आठौं ओभरको चौथो बलमा बाबर आजमबाट क्याच आउट हुनुअघि मोईन अलीले १६ बलमा ६ चौका र १ छक्का सहित ३६ रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । मोहम्मद हसनैनको १४ औं ओभरको दोस्रो बलमा बटलर बाबरबाट क्याच आउट हुन पुगेका थिए ।

जोनी बेयरस्टो ७ बलमा २ चौका सहित १३ रनमा क्याच आउट भए । पहिलो खेलमा सानदार शतक प्रहार गरेका लियाम लिभिङस्टोन २३ बलमा ३ छक्का र २ चौका सहित ३८ रनमा रन आउट भएपछि विशाल योगफलको सम्भावना कठिन बनेको थियो । लिभिङस्टोनले १६ औं ओभरको पहिलो बलमा हरिस रौफलाई प्रहार गरेको बल स्टेडियमनै कटेको थियो । क्रिस जोर्डन १३ र टम करन ९ रनमा आउट भए ।


पाकिस्तानका ईमाद वासिमले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । युवा तीव्र गतिका बलर मोहम्मद हसनैनले ४ ओभरमा ५१ रन खर्चेर ३ विकेट लिए । हरिस रौफले ४ ओभरमा रन खर्चेर २ विकेट लिए । शादब खान र शाहिन शाह अफ्रिदीले नाममा समान एक एक विकेट रह्यो ।

April 26, 2024

विश्वकप जति नजिक, टोलीको भविष्य त्यति अनिश्चित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]

April 26, 2024

वेस्ट इन्डिज ‘ए’लाई मन्त्री श्रेष्ठको शुभकामना

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकूद मन्त्री बिराजभक्त श्रेष्ठले नेपाल‌ भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टिमसँग भेट गरेका छन्। नेपाली क्रिकेट टोलीसँग शनिबार सुरु हुने ५ टि ट्वान्टी सिरिजका लागि मन्त्री श्रेष्ठले वेस्ट इन्डिज ‘ए’ टोलीलाई सफलता शुभकामना दिएका हुन् । आज साँझ मन्त्री श्रेष्ठले वेस्ट इन्डिजको ‘ए’ टिमका खेलाडी तथा प्रशिक्षकसँग भेटेर नेपाल सरकारको […]

April 26, 2024

नेपाली टोलीमा ४ खेलाडी थपिए

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध हुने ५ खेलको टि२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीमा ४ खेलाडी थपिएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सिरिजको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा विहीबार घोषणा भएको १६ सदस्यीय टोलीमा नेपाल ‘ए’ बाट ४ खेलाडी थपिएको जानकारी दिएका हुन् । उक्त सिरिजमा उच्च […]

Success

Thank you for your time.