default_image

4 years ago

July 19, 2021

श्रीलंका क्रिकेटको दुर्गति : चार वर्षमा १० कप्तान परिवर्तन

228 views

0 Bookmark

एजेन्सी – एक समय विश्व क्रिकेटको पावर हाउस मानिने श्रीलंका पछिल्लो समय टेस्ट राष्ट्रमध्य सबैभन्दा कमजोर टोलीमा पर्छ । श्रीलंकाले सन् १९९६ मा एकदिवसिय विश्वकप र २०१४ को टि२० विश्वकप जितेको थियो । सन् २००७ र २०११ को एकदिवसिय विश्वकप फाइनलमा लगातार स्थान बनाएको थियो । एसिया कप पाँच पटक जित्दा ६ पटक उप विजेतामा सिमित भएको छ ।

एक समय सनथ जयसूर्या, कुमार संगाकारा, महेला जयवर्धने, तिलकरत्ने दिलसान, चामिन्डा भास, अजन्था मेन्डिस, लासिथ मलिङ्गा, मथैया मुरलीधरन र रंगना हेराथ लगायत थुप्रै विश्वस्तरीय खेलाडीको साथ पाएको श्रीलंकालाई अहिले आफ्नो विरासत जोगाउन अप्ठ्यारो परेको छ । सन् २००० देखि २०१२ सम्म श्रीलंकाले विश्व क्रिकेटमा आफ्नो भिन्दै प्रभाव जमाएको थियो । तर पछिल्लो समय श्रीलंका प्रदर्शन निकै खराब छ ।

एक समय विश्व क्रिकेटका स्टार खेलाडीले भरिभराउ हुने श्रीलंकामा अहिले अनुभवी खेलाडीकै खडेरीनै छ । विश्व चर्चित खेलाडी पछिल्लो समय सिमित ओभरमा धेरै टाढा विषय बनेको छ । पछिल्लो दुई वर्षमा श्रीलंका क्रिकेटमा निकै गिरावट आएको छ । जिम्बावे र केन्याको पथमा श्रीलंका अघि बढेको छ ।

खस्किदो प्रदर्शन र नतिजा थुप्रै कारणहरु छन् । जसमा लगातार परिवर्तन कप्तान पनि एक मुख्य कारण हो । कुनैपनि टोलीलाई सम्हाल्न कुशल नेतृत्व क्षमता भएको कप्तान चाहिँन्छ । श्रीलंका पछिल्लो चार वर्ष त्यस्तै कप्तानको खोजिमा रह्यो । समर्थक, छनोट समिति र प्रशिक्षक पनि लगातार परिवर्तन कप्तानले निराश बनि सकेका छन् ।

महेला जयवर्धने र कुमार संगाकारापछि श्रीलंकाले कुशल कप्तान पाउन सकेको छैन । २०१४ मा मलिङ्गा भाग्यमानी कप्तान सावित हुँदै टि२० विश्वकप जिताए । कप्तानकै खोजिमा निरन्तर प्रयोग र ड्रप गर्दै आएको छ । तर धेरै समय कसैलाई मौका दिएको छैन ।

२०१७ पछि श्रीलंकाले कप्तानको रुपमा ओडिआई क्रिकेटमा एन्जिलो म्याथ्युज, दीनेश चान्डिमल, लाहिरु थिरिमाने, उपुल थरंगा, चामरा कपुगेडरा, लासिथ मलिङ्गा, थिसेरा पेरेरा, दिमुथ करुणारत्ने, कुसल पेरेरा हुँदै दासुन शनाकालाई प्रयोग गरि सकेको छ । कुसलको दुई सिरिजमै कप्तानी गुम्यो । एन्जिलो बोर्डसँग तालमेल नमिल्दा सन्न्यासको सोचमा छन् । उपुल र थिसेराले सन्न्यास लिई सकेका छन् । मलिङ्गाले ओडिआईबाट सन्न्यास लिई सकेका छन् । टि२० मा उनको पूनरागमनको सम्भावना कम छ । दिमुथ र दीनेश टेस्टका प्रमुख खेलाडी हुन् ।

लगतार परिवर्तन कप्तानले श्रीलंका प्रदर्शन नराम्रोसँग खस्किएको छ । श्रीलंकाले पछिल्लो ९ ओडिआई मध्य एक खेलमा मात्र जित निकालेको छ । पछिल्ला २६ टि२० आई खेलमा श्रीलंकाले ६ खेलमा मात्र जित निकालेको छ । अन्य सबैमा पराजित भएको छ । पछिल्लो पटक २०१९ मा पाकिस्तानविरुद्ध तीन टि२० आई सिरिजमा क्लिनस्विप गरेको थियो । उक्त क्लिनस्विप गर्दाका कप्तान दासुन शनाका भारतविरुद्ध कप्तानी गरिरहेका छन् ।

पछिल्लो पटक श्रीलंका टोलीमा अनुभवी खेलाडी छैनन् । सिमित ओभरको अनुभवी खेलाडी कुसल पेरेरा चोटका कारण बाहिर छन् । कुसल मेन्डिस, निरोशन डिक्वेला, दनुष्का गुणाथिलके अघिल्लो महिना बायोबबल उंल्घन गरेको भन्दै अनिश्चित समयलाई निलम्बित गर्दै अनुसन्धान गरि रहेको छ । श्रीलंका टोलीमा सर्वाधिक ओडिआई अनुभव उपकप्तान धनन्जय डि सिल्भामा ५१ खेलेको छ । कप्तान दासुन शनाकामा २९ अनुभव छ ।

दबाब र टोलीलाई सम्हाल्न अनुभवी खेलाडीको आवश्यक पर्छ । तर श्रीलंका टोलीमा अनुभवी खेलाडी छैनन् । त्यसैले युवा खेलाडी दबाबमा सम्हालिन सकिरहेका छैनन् । युवा खेलाडी स्टार बन्न धेरै भन्दा धेरै खेलको अनुभव चाहिन्छ । राम्रो सम्भावना र क्षमता भएको युवा प्रतिभा पनि ओझेमा परेका छन् । श्रीलंका टेस्ट टोलीमा कप्तानी स्थिर छ । टेस्टमा दिमुथ करुणारत्नले कप्तानी गर्दै आएका छन् । त्यसैले टेस्टमा श्रीलंका प्रदर्शन राम्रो छ ।

श्रीलंका आइतबार भारतको बी टोलीसँग ७ विकेटले पराजित हुन पुग्यो । क्रिकेट बोर्ड, ब्यवस्थापन, छनोट समिति र प्रशिक्षक माथि पनि प्रश्न उठेको छ । हरेक कप्तान फरक रणनीति हुन्छ । रणनीति अनुसार खेलाडी पनि फरक प्रयोग हुन्छ । श्रीलंका टोलीमा लगातार खेलाडी परिवर्तन गरिदै आएको छ । त्यसको असर अहिलेको टोलीमा देख्न सकिन्छ । श्रीलंकाले भारतसँगको तीन ओडिआई र तीन टि२० आई सिरिजमा नयाँ कप्तान दासुनलाई प्रयोग गरेको छ । उनलाई अव कति समय सम्म मौका र विश्वास दिन्छ त्यो भने हेर्न बाँकी छ ।

विश्वका पाउस हाउस भारत, इंग्ल्यान्ड, अष्ट्रेलिया र न्युजिल्यान्डमा कप्तान स्थिर छ । न्युजिल्यान्डमा केन विलियम्सनले पछिल्लो पाँच तीनै शैलीका कप्तानी गर्दै आएका छन् । विराट कोहलीले टेस्टमा २०१४ र सिमित ओभरमा २०१७ देखि कप्तानी गर्दै आएका छन् । इंग्ल्यान्डमा ओईन मोर्गनले सिमित र टेस्टमा जो रुटले लगातार कप्तानी गर्दै आएका छन् । टोली पनि उत्कृष्ट बनाएका छन् ।

जब टोलीले खराब प्रदर्शन गर्छ भने सुरुमा कप्तानको आलोचना बढी हुन्छ । तर कप्तान राम्रो बन्न अन्य खेलाडी पनि त्यतिनै उत्कृष्ट हुनुपर्छ । श्रीलंका खस्किदो प्रदर्शन रोकिन पहिला स्थिर कप्तान र टिम निर्माणमा विशेष ध्यान दिन आवश्यक देखिन्छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.