default_image

3 years ago

July 21, 2021

ज्ञानेन्द्रको वरीयता सुधार, कुशल खस्किए

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टि२० ब्याटिङ वरीयतामा सुधार गरेका छन् । आइसिसीको बुधबार जारी गरेको वरीयतामा ज्ञानेन्द्र मल्लले एक स्थान सुधार गर्दै ९५ औं स्थानमा उक्लिएका छन् । ज्ञानेन्द्रको रेटिङ प्वाइन्ट ३ सय ७५ छ । पारस खड्का ३ सय ६२ रेटिङ प्वाइन्टका […]

68 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टि२० ब्याटिङ वरीयतामा सुधार गरेका छन् । आइसिसीको बुधबार जारी गरेको वरीयतामा ज्ञानेन्द्र मल्लले एक स्थान सुधार गर्दै ९५ औं स्थानमा उक्लिएका छन् ।

ज्ञानेन्द्रको रेटिङ प्वाइन्ट ३ सय ७५ छ । पारस खड्का ३ सय ६२ रेटिङ प्वाइन्टका साथ ९१ औं स्थानमा यथावत छन् । युवा ब्याट्सम्यान कुशल भुर्तेल दुई स्थान तल खस्किदै ६१ औं स्थानमा पुगेका छन् । कुशलको ४ सय ४२ रेटिङ प्वाइन्ट छ । ब्याटिङतर्फ पाकिस्तानका विकेटकिपर मोहम्मद रिजवानले चार स्थान फड्को मार्दै ७ औं स्थानमा उक्लिएका छन् ।

बाबर आजमले एक स्थान सुधार गर्दै दोेस्रो स्थानमा छन् । इंग्ल्यान्डका डेविड मलान शीर्ष स्थानमा यथावत छन् । अष्ट्रेलिया कप्तान अरोन फिन्च तेस्रो, न्युजिल्यान्डका डेभन कन्वे चौथो र भारतीय कप्तान विराट कोहली पाँचौं स्थानमा छन् । बलिङतर्फ लेगस्पिनर सन्दीप लामिछाने ४ सय ५ रेटिङका साथ ७८ औं स्थानमा यथावत छन् । सन्दीपसँगै आयरल्यान्डका ग्यारेथ डेलानी र युएईका सुल्तान अहमदको समान रेटिङ अंक छ । बलिङतर्फ दक्षिण अफ्रिका स्पिनर तबरेज शाम्सी र अफगानिस्तानका राशिद खान दोस्रो स्थानमा श्रीलंका वानिन्दु हसरंगा तेस्रो र इंग्ल्यान्डका आदिल राशिद चौथो स्थानमा छन् ।

नेपालले पछिल्लो पटक २० आई खेल टियु मैदानमा गत वैशाखमा मलेसिया र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक टि२० आई सिरिज खेलेको थियो । टिम वरीयतातर्फ नेपाल २० मा १३ औं र ओडिआईमा १६ औं स्थानमा यथावत छ ।

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.