default_image

3 years ago

July 28, 2021

युवा खेलाडीको इपिएल खेल्ने आशा

भूपेन्द्र जिसी, काठमाडौं अलराउन्डर कुशल मल्ल पछिल्लो समय राष्ट्रिय टोलीको नियमित सदस्यका रुपमा रहेका छन् । नेपालका लागि उमेर समूहमा खेलेका उनका लागि राष्ट्रिय टोलीसम्म पुग्ने बाटो भने एभरेष्ट प्रिमियर लिग (इपिएल) मा उनले गरेको प्रदर्शनले बुनेको थियो । ट्यालेन्ट हन्टमार्फत भैरहवा ग्ल्याडीयटर्सको जर्सीमा देखिएका उनले निडर ब्याटिङ गर्दै घरेलु क्रिकेटमा राम्रो प्रभाव छाडे । इपिएलको […]

56 views

0 Bookmark

भूपेन्द्र जिसी, काठमाडौं

अलराउन्डर कुशल मल्ल पछिल्लो समय राष्ट्रिय टोलीको नियमित सदस्यका रुपमा रहेका छन् । नेपालका लागि उमेर समूहमा खेलेका उनका लागि राष्ट्रिय टोलीसम्म पुग्ने बाटो भने एभरेष्ट प्रिमियर लिग (इपिएल) मा उनले गरेको प्रदर्शनले बुनेको थियो । ट्यालेन्ट हन्टमार्फत भैरहवा ग्ल्याडीयटर्सको जर्सीमा देखिएका उनले निडर ब्याटिङ गर्दै घरेलु क्रिकेटमा राम्रो प्रभाव छाडे ।

इपिएलको प्रभावसँगै घरेलु क्रिकेटमा आर्मी टोलीमा प्रवेश गरेका उनले नियमित प्रदर्शन गर्दै सिनियर टोलीसम्म यात्रा तय गरे । त्यसअघि रोहितकुमार पौडेल, अनिल शाह, आसिफ शेख, पवन सर्राफ लगायत खेलाडीका लागि पनि इपिएल नै उमेर समूह, घरेलु क्रिकेट हुँदै सिनियर टोलीसम्म पुग्ने आधार बनेको थियो । उच्च कोटीको क्रिकेट त छँदै छ, इपिएल प्रतिभावान खेलाडीका लागि उत्कृष्ट अवसर पनि बन्दै आएको छ ।

कोरोना महामारीका कारण पटक पटक सर्दै आएको चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) को तयारी फेरी सुरु भइसकेको छ । यसपटक असोज ९ देखि २३ (सेप्टेम्बर २५ देखि अक्टोबर ९) सम्म गर्ने लक्ष्यसहित आयोजक र फ्रेन्चाइज टोलीले तीव्र रुपमा तयारी अघि बढाएका छन् ।

पहिलो संस्करणबाट नै नेपालको फ्रेन्चाइज क्रिकेटमा फरक पहिचान बनाउन सफल इपिएलमा विदेशी खेलाडी चर्चाको केन्द्र बन्ने गरेका छन् । सँगसँगै नेपालका युवा खेलाडीका लागि आफ्नो प्रतिभा देखाउने मन्चको रुपमा इपिएल दरिएको छ । विदेशी खेलाडीको उपस्थितिले नेपालका युवा सँगै अनुभवी खेलाडीले पनि केहि सिक्ने अवसर पक्कै पाएका छन् ।

इपिएलमा पछिल्लो पटक सन् २०१७ मा खेलाडी अक्सन मार्फत फ्रेन्चाइज टोलीले निर्माण भएको थियो । इपिएलको नियम अनुसार तीन वर्षसम्म अक्सन नहुने उल्लेख छ । त्यसकारण टोलीले खेलाडी रिटेन र रिलिज (टोलीमा राख्ने र फुकुवा गर्ने) गर्दै टोली निर्माण गरेका छन् । इपिएल गत चैतमा हुने भएपछि खेलाडी रिटेन र रिलिज अघिल्लो वर्ष माघ तेस्रो सातामै सम्पन्न भएको थियो । त्यसकारण अब यस संस्करणका लागि खेलाडी रिटेन र रिलिज हुने सम्भावना छैन । यसकारण नयाँ युवा खेलाडीले अब इपिएलमा मौका पाउने सम्भावना निकै कम छ ।

पछिल्लो १६ महिनामा नेपाली क्रिकेटमा थुप्रै नयाँ अनुहार देखिएका छन् । यो अवधिमा नेपाली क्रिकेटमा पनि धेरै परिवर्तन आइसकेको छ । यस अन्तरमा उदाएका युवा खेलाडी पनि इपिएल खेल्ने आशामा छन् । तर खेलाडी रिटेन र रिलिज नहुने देखिएपछि खेलाडी निराश बन्ने देखिन्छ । एक त घरेलु क्रिकेटमा उमेर समूह प्रतियोगिता भएको छैन । थोरै भएपनि अवसर पाउने सम्भावना रहेको इपिएलमा पनि नयाँ खेलाडी अनुबन्ध हुन नसके युवा खेलाडीको मनोबलमा असर पर्न सक्छ ।

इपिएल नेपालको सर्वाधिक ठूलो फ्रेन्चाइज लिग हो । विगतमा पनि इपिएलको प्रदर्शन खेलाडीको करिअरमा नै टर्निङ प्वाइन्ट बनेको उदाहरण छन् । कतिपय अवस्थामा मैदानमा खेल्न नपाएपनि विश्वस्तरिय र नेपालकै स्टार क्रिकेटरसँग ड्रेसिङ रुममा रहनु युवा खेलाडीका लागि महत्त्वपूर्ण अनुभव बन्छ । उच्च स्तरमा क्रिकेट खेलेका खेलाडीसँग सल्लाह र सुझाव साट्न पाउनु आफैंमा उपलब्धि हुन्छ । खेलाडीले कमजोरी सुधार गर्नेसँगै नयाँ कुरा सिक्न पाउँछन् ।

यसपटक इपिएलमा सहभागी हुन विश्व क्रिकेटकै ठूला नाम सार्वजनिक हुन थालेका छन् । सोमबार मात्रै काठमाडौंले पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदीलाई अनुबन्ध गरेको छ । विश्व च्याम्पियन तथा स्टार अलराउन्डर अफ्रिदी नेपाल आउनु आफैंमा एक उपलब्धि हो । अफ्रिदीले अपेक्षा अनुसार प्रदर्शन गर्लान् वा नगर्लान् त्यो समयले बताउने छ । तर उनको उपस्थिति र अनुभव साट्नुले पनि त्यस टोलीका खेलाडीले पक्कै फाइदा उठाउने छन् ।

पछिल्लो समय नेपालमा दुई घरेलु प्रतियोगिता सम्पन्न भएका छन् । काठमाडौं मेयर्स कप र प्रधानमन्त्री एकदिवसिय कपमा दुवैमा युवा खेलाडीले प्रभाव छाडेका थिए । युवा खेलाडीको प्रदर्शन र प्रभावले नेपाली क्रिकेटको भविष्य उज्ज्वल रहेको संकेत दिएको थियो ।

यी दुई प्रतियोगितामा अवसर नपाएपनि उमेर समूहको राष्ट्रिय टोलीमा खेलेका केहि खेलाडी प्राइभेट लिगकै प्रतीक्षामा छन् । प्रदेशको छनोटमा अनुभवलाई प्राथमिकतामा राखिने हुनाले पनि युवा खेलाडीका लागि यस्ता फ्रेन्चाइज लिग नै प्रतिभा देखाउने माध्यम बन्दै आएका छन् । अझ पछिल्ला केहि वर्ष हेर्ने हो भने त उमेर समूहको टोलीमा पर्न नै फ्रेन्चाइज लिग आधार बनेका छन् । जबकी हुनुपर्ने ठिक विपरित हो ।

राष्ट्रिय तीव्र गतिका बलर प्रतिश जि.सी र यू१९ अलराउन्डर विशाल विक्रम केसी लगायतका केहि युवा खेलाडी इपिएलमा आफूलाई प्रमाणित गर्न चाहन्छन् । उमेर समूहबाट आफूलाई अघि बढाएका प्रतिश पछिल्लो समय नेपाली क्रिकेटमा देखिएका प्रतिभाशाली बायाँ हाते (देब्रे) तीव्र गतिका बलर हुन् । उनी तल्लोक्रममा ठूला सटको क्षमता पनि राख्छन् । उनलाई यस सिजनको पिएम कपमा काठमाडौंले नै टोलीमा राखेको थिएन । जसको कारण काठमाडौंको चर्को आलोचना भएको थियो ।

यता यू१६ का कप्तान तथा यू१९ का स्पिन अलराउन्डर विशाल विक्रम केसीले पनि लुम्बिनी प्रदेशको टोलीमा स्थान बनाउन सकेनन् । यी दुवै भविष्यमा नेपाली क्रिकेटमा लामो यात्राको सम्भावना बोकेको युवा स्टार हुन् । उमेर समूहमा त्यो प्रमाणित गरिसकेका छन् । पिएम कपमा प्रदेश २ का तीव्र गतिका बलर गुलशन झाले स्थान बनाउन सकेनन् । मेयर्स कपमा पुलिसबाट खेल्दै गुलशनले दुई खेलमै ठूलो प्रभाव छाडेका थिए । फाइनलमा एपिएफविरुद्ध चार विकेट लिदै गुलशानले प्रदेश दुई र छनोट समितिलाई राम्रो जवाफ दिएका थिए ।

यसले नेपाली क्रिकेटमा प्रदेश टोलीमा खेलाडी छनोटको अवस्थालाई थप प्रष्ट पारेको छ । प्रतिश, विशाल र गुलशन क्रिकेट संरचनाको चपेटामा परेका केहि उदाहरण मात्रै हुन् । मात्र अवसर पाउन नसक्दा धेरै यस्ता प्रतिभाले आफ्नो प्रदर्शन देखाउन पाएका छैनन् । केहि त्यतिकै ओझेलमा परेको छन् ।

पिएमकप र काठमाडौं मेयर्समा मौका पाएका युवा खेलाडीले पनि आफू सिनियर खेलाडी भन्दा कम नभएको प्रमाणित गरिसकेका छन् । यसअघि केहि सयम रोजगारको कारण कतार गएर नेपाल फर्किएका प्रदेश दुईका स्पिनर कुमार थापा पनि इपिएल जस्ता फ्रेन्चाइज लिगको पर्खाइमा छन् । कुमारले लगातार घरेलु क्रिकेटमा उच्च प्रर्दशन गर्दै आएका छन् । कुमार सिनियर खेलाडीका केहि उदाहरण हुन् ।

अहिलेको अवस्थामा कुनै खेलाडी उपलब्ध नभएको अवस्थामा मात्र नयाँ खेलाडीले मौका पाउने सम्भावना देखिन्छ । प्रदर्शनकै आधारमा रहेर टोलीलाई खेलाडी छनोट गर्ने अवस्था छैन । झन्डै एक वर्षअघि खेलाडीको लयमा आधार मानेर तयार गरिएको टोलीमा केहि परिवर्तन गर्न सहभागी टोलीले पक्कै चाहन्छन् । यसमा इपिएलले सहि कदम चाल्नु आवश्यक छ ।

इपिएलका संस्थापक तथा सिइओ आमिर अख्तर खेलाडीको सहभागिताको विषयमा टेक्निकल कमिटिसँग बसेर छलफल गर्ने जवाफ दिए । ‘अहिले त्यसमा खासै ध्यान दिएको छैन । हाललाई पहिला टोलीमा जो छ त्यहि नै निरन्तरता हुने भन्ने छ,’ उनले भने, ‘पछिल्लो हेरफेरपछि प्रतियोगिता नभएका कारण फेरी रिटेन र रिलिज गर्ने भन्ने हुँदैन । कुनै खेलाडी घाइते छ, देश छाडेको वा क्रिकेटनै छाडेको छ भने ती खेलाडीको ठाउँमा युवा खेलाडीलाई मौका दिन सकिन्छ । अख्तरले अर्को विकल्पका रुपमा ट्यालेन्ट हन्टलाई पनि लिन सकिने संकेत गरेका छन् ।

नेपाल यू-१६ टोलीको कप्तान रहिसकेका विशालविक्रम केसी भने खेल्ने भन्दापनि इपिएलमा आवद्ध मात्र हुन पाउँदा पनि धेरै सिक्न पाइने बताउँछन् । ‘प्लेइङ११ मा परेर खेल खेल्न पाइयोस भन्ने पनि छैन । सिनियर खेलाडी र विदेशका स्टार खेलाडीसँग बसेर केहि सिक्न र बुझ्न पाइयो भनेपनि हाम्रा लागि धेरै राम्रो हुन्छ’, यू१९ का अलराउन्डर विशालले हाम्रो खेलकुदसँग भने ।

युवा खेलाडी मात्र होईन पछिल्लो समय राम्रो लयमा रहेका खेलाडी पनि मारमा पर्न सक्छन् । यसअघि कारणवस इपिएल टोलीमा नरेका तर अहिले राम्रो लयमा रहेका खेलाडीले पनि मौका पाउने सम्भावना देखिदैन ।

गत वर्ष ट्यालेन्ट हन्ट

चौथो संस्करणको लागि ६ मध्य दुई टोलीले ट्यालेन्ट हन्ट मार्फत खेलाडीको नाम सार्वजनिक गरिसकेका छन् । कम्तिका एक खेलाडी ट्यालेन्ट हन्टमार्फत छनोट गर्नै पर्ने हुन्छ भने त्यो भन्दा बढी टोलीको आवश्यकता हेरेर राख्न सक्छन् । चितवनले गतवर्ष ट्यालेन्ट हन्टका कृजन गुरुङ, आकाश थापा र राजेश ढकालको नाम सार्वजनिक गरेको थियो ।

ललितपुरले स्पिनर अरियो पौडेल र विभत्सु थापाको नाम सार्वजनिक गरेको थियो । काठमाडौं र भैरहवाले पनि गत वर्षनै ट्यालेन्ट हन्ट गरेका थिए । त्यसैलाई निरन्तरता दिने वा नयाँ गर्ने जनाएका भने छैनन् । विराटनगर र पोखरा राइनोजले भने ट्यालेन्ट हन्ट गर्न बाँकी छ । भैरहवाको ट्यालेन्ट हन्टको लागि प्रशिक्षक पुबुदु दसानायके नेपाल आएका थिए । नेपाली क्रिकेटका सर्वाधिक सफल प्रशिक्षक पुबुदु भैरहवाको पनि प्रशिक्षक हुन् ।

गतवर्ष खेलाडी रिटेन र रिलिज

भैरहवा ग्ल्याडियटर्सले भुपेन्द्र थापा र प्रकाश केसीलाई टोलीबाट रिलिज गर्दा युवा तीव्र गतिका बलर विकाश आग्री र हिमांशु दत्तलाई टोलीमा अनुबन्ध गरेको थियो । विराटनगर वारियर्सले अनिल खरेल, विक्रम भुषाल र सौरभ खनाललाई टोलीमा अनुबन्ध गर्दा पुष्प थापा, रविन क्षेत्री र विनोद लामालाई फुकुवा गरेको थियो । चितवन टाइगर्सले पृथु बास्कोटालाई रिलिज गरेको थियो । दीपेन्द्रसिंह ऐरीलाई काठमाडौंलाई बेच्दै चितवनले सोमपाल कामी भित्र्याएको थियो । चितवनले खडक बोहरालाई पनि अनुबन्ध गरेको थियो ।

काठमाडौंले शेर मल्ल, आकश चन्द, अमृत भट्टाई र दीपेन्द्र रावतलाई अनुबन्ध गर्दा सिद्धान्त लोहनी, विक्रम भुषाल र पुरन विश्वकर्मालाई फुकुवा गरेको थियो । ललितपुरले भने पुरानै टोलीलाई निरन्तरता दिएको थियो । पोखराले रित गौतम, पृथु बास्कोटा, विवेक कुमार यादव र विपिन रावललाई अनुबन्ध गरेको थियो । राजेश पुलामी मगर, सौरभ र सुवेन्दु पाण्डेलाई फुकुवा गरेको थियो ।

विभिन्न टोलीले रिटेन गरेका केहि खेलाडी पछिल्लो समय लयमा छैनन् । केहि खेलाडी विदेशमा छन् त केहिले क्रिकेटबाट विश्राम नै लिएका छन् । अझ टोलीमा रहेकै केहि खेलाडी घाइते पनि हुन सक्छन् । अब युवा खेलाडीको आशा यिनै खेलाडीको स्थानमा आएर अवसर पर्खनु हो ।

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.