4 years ago
July 31, 2021
एजेन्सी – इंग्ल्यान्डका सुपरस्टार अलराउन्डर बेन स्टोक्सले सबै क्रिकेटबाट अनिश्चित समयको लागि विश्राम लिने निर्णय गरेका छन् । स्टोक्सले आफ्नो मानसिक स्वास्थ्यलाई प्राथमिकता दिन र चोट लागेको देब्रे हातको औंलालाई आराम दिन अनिश्चित समयलाई विश्राम लिएको इंग्ल्यान्ड क्रिकेट बोर्ड(ईसिबी) जनाएको छ । योसँगै भारतविरुद्ध पाँच टेस्ट सिरिज पनि गुमाउने भएका छन् ।

ईसिबीले स्टोक्सको निर्णयलाई पूर्ण रुपमा समर्थन गर्ने र खेलबाट टाढा रहँदा पनि निरन्तर सहयोग गर्ने जनाएको छ । ‘बेनले आफ्नो भावना र भलाई खुल्नको लागि ठूलो साहस देखाएका छन् । हाम्रो सबै मानिसहरुको मानसिक स्वास्थ्य र कल्याणको लागि हामी सधैं प्राथमिकतामा राख्ने छौं’, ईसिबीका प्रबन्ध निर्देशक एशले जाईल्सले भनेका छन् ।
स्टोक्सले विशेष गरेर यो समय परिवारसँग बिताउन चाहेका छन् । स्टोक्सको कप्तानीमा इंग्ल्यान्डको दोस्रो रोजाईको टोलीले पाकिस्तानसँगको तीन खेलको ओडिआई सिरिजमा क्लिनस्विप गरेको थियो । पाकिस्तानसँगको टि२० आई सिरिज भने खेलेका थिएनन् । स्टोक्स पछिल्लो समय औंलाको चोटको कारण संघर्ष गर्दै आएका छन् । स्टोक्स आगमी अक्टोबर नोभेम्बरमा हुने टि२० विश्वकपको समयमा फर्कने अनुमान गरिएको छ ।

भारत र इंग्ल्यान्डबीचको पाँच टेस्ट सिरिजको पहिलो खेल चार अगष्टमा सुरु हुने छ । इंग्ल्यान्डले स्टोक्सको स्थानमा तीव्र गतिका बलर क्रेग ओभरटनलाई स्थान दिएको छ । ओभरटन तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् । आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२१/२३ अन्तर्गत पहिलो सिरिज खेल्न लागेका दुवै टोली सानदार सुरुवात गर्न चाहन्छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]