4 years ago
August 18, 2021
तालिबान विद्रोहीले अफगानिस्तान सफल रुपमा कब्जा गरेपछि विश्व जगतमै नयाँ तरङ्गसँगै अनेक प्रश्नहरु उठेका छन् । आफ्ना नागरिकलाई विश्वका सबै देशले अफगानिस्तानबाट स्वदेश फर्काउन निरन्तर पहल गरिरहेका छन् ।

अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले देश छाडेर भागेसँगै तालिबान सत्ता सम्हाल्ने तयारीमा छन् । तालिबानको कब्जाले विश्व क्रिकेटमा उदाउँदो शक्तिशाली अफगानिस्तान क्रिकेट टोलीलाई कस्तो असर पर्ला भन्ने आम क्रिकेट समर्थक र शुभचिन्तकको मनमा चासोको विषय बनेको छ ।
विश्व क्रिकेट जगतमा पछिल्लो एक दशकमा अफगानिस्तानको विकासको फड्को उदाहरणीय र लोभलाग्दो छ । क्रिकेटले द्वन्द्वको निरन्तर चपेटा चोटमा खुसीको मल्हम लगाउँदै आएको छ । अफगानिस्तानका खेलाडहरुले शान्तिको लागि निन्तर विश्व समूदायसँग आग्रह गर्दै आएका छन् । तालिबानको कब्जापछिसँगै विदेशी मात्र होईन कतिपय स्वदेशी नागरिकनै देश छोड्न खोजिरहेका छन् ।
अफगानिस्तानका विश्व चर्चित तीन स्पिनर राशिद खान, मुजिब उर रहमान र मोहम्मद नाबी इंग्ल्यान्डमा द हन्ड्रेड प्रतियोगितामा खेलिरहेका छन् । अफगानिस्तान क्रिकेट बोर्डका सिईओ हामिद शिनवारीले तालिबानको आगमनले अफगानी क्रिकेटलाई असर नपर्ने बताउँछन् । अफगानिस्तान राष्ट्रिय टोलीका सबै खेलाडी र परिवार सुरक्षित रहेको बताइएको छ ।

‘राष्ट्रिय टोलीका खेलाडी र उनीहरुको परिवार सुरक्षित छन् । तालिबान क्रिकेटलाई माया गर्छन् । सुरुवात देखिनै उनीहरुले हामीलाई समर्थन गर्दै आएका छन् । तालिबानले हाम्रो गतिविधिमा हस्तक्षेप गर्ने छैनन्,’ शिनारीले पीटीआईसँग भनेका छन् ।
त्यसैमा थपे, ‘क्रिकेटमा तालिबानको कुनै हस्तक्षेप गरेको देखेको छैन । हाम्रो क्रिकेट अघि बढ्न उनीहरुले समर्थन गर्नेमा मलाई आशा छ ।’
विश्व क्रिकेटमा अफगानिस्तानको उदय भएको दुई दशक मात्र भएको छ । तर टेस्ट मान्यतासम्म उपब्धी हात पारिसकेको छ । यसअघि सन् १९९६ देखि २००१ समय सम्म तालिबानले अफगानिस्तान सत्ता सम्हाल्दा भने अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्दैन थियो । तालिबानले शासन फैसला औपचारिक रुपमै क्रिकेटलाई प्रतिबन्ध लगाएको थियो । तालिबानको २००१ मा सत्ताच्यूतपछि अफागानिस्तानको क्रिकेट पनि फस्टायो ।
अफगानिस्तान क्रिकेट बोर्डको १९९५ मा स्थापना भएको हो । २००१ मा क्रिकेटको सर्वोच्च संस्था आइसिसीले अफगानिस्तानलाई सम्बद्ध सदस्य दिएको थियो । अफगानिस्तानले आइसिसीको एसोसिएट सदस्य २०१३ मा मात्रै पाएको थियो । एसियन क्रिकेट काउन्सिल (एसिसी) ले २००३ मा सदस्यता दिएको थियो ।

दुई दशक नबित्दै उत्कृष्ट प्रदर्शनका साथ अफगानिस्तानले २०१८ मा टेस्ट मान्यतानै प्राप्त गर्यो । ‘तालिबान युगमा पनि क्रिकेटको प्रचारप्रसार भएको थियो । राम्रो कुरा हामी सामान्य अवस्थामा फर्कदै छौं । बुधबारदेखि हामी कार्यालय खुलाउने छौं र पाकिस्तानसँगको सिरिजको लागि प्रशिक्षणको तयारी गर्नेछौं,’ सिईओ शिनवारीले भने ।
अफगानिस्तानले सेप्टेम्बर पहिलो साता पाकिस्तानसँग तीन ओडिआई सिरिज श्रीलंकामा खेल्ने कार्यक्रम छ । तर तालिबानको कब्जापछि सिरिज हुनेमा चिन्ता थपिएको छ । उक्त सिरिज श्रीलंकामा हुने छ । अफगानिस्तानका राशिद, मुजिब र नाबी उक्त सिरिजपछि आइपिएल खेल्ने युएई जाने छन् । तीनै खेलाडीले सनराइजर्स हैदराबादबाट आइपिएल खेल्ने छन् ।
अफगानिस्तानलाई सबैभन्दा बढी चिन्ता मुखमै आएको टि२० विश्वकपको छ । खेलाडी तालिबानको भय र सन्त्रासबाट माथि उठ्दै तयारी थाल्नुपर्ने हुन्छ । तालिबानको कारण अफगानी खेलाडीको मनोबल र मानसिक रुपमा ठूलो असर पर्न सक्ने चिन्ता थपिएको छ । अफगानिस्तानले भारतको देहरादुन र नोयडामा रहेको स्टेडियमलाई घरेलु मैदान बनाउँदै आएको छ । तालिबानले क्रिकेटप्रति कस्तो कदम चाल्छ त्यो पर्खाइमा अफगानिस्तान छ ।

टि२० विश्वकपमा अफगानिस्तानले पहिलो खेल २५ अक्टोबरमा पहिलो चरणको समूह बी को विजेतासँग खेल्ने छ । पाकिस्तानसँग अक्टोबर २९ मा प्रतिस्पर्धा गर्नेछ । अक्टोबर ३१ मा समूह बी को उप विजेतासँग खेल्नेछ । नोभेम्बर तीन मा भारत र नोभेम्बर सात मा न्युजिल्यान्डसँग खेल्नेछ । अफगानिस्तान क्रिकेट बोर्डले मंगलबार श्रीलंका पूर्व क्रिकेटर ओइश्का गोणोर्डानीलाई प्रशिक्षकमा नियुक्त गर्दै तालिबानको कब्जाले असर नपर्ने संकेत पनि दिएको छ ।
अफगानिस्तानका पूर्व प्रशिक्षक लालचन्द राजपूतले तालिबानले क्रिकेटलाई साथ दिनेमा आफू विश्वस्त रहेको बताउँछन् । हाल जिम्बावे क्रिकेट टोलीका मुख्य प्रशिक्षक समेत रहेका लालचन्द राजपूतले भनेका छन्, ‘म पक्का छु, अफगानिस्तानको सर्वाधिक ठूलो खेल क्रिकेटलाई तालिबानले सहयोग र समर्थन दिने छन् । क्रिकेटले अफगानिस्तानका जनतामा धेरै खुसी ल्याउने छ । म धेरै खेलाडीहरुसँग सम्पर्कमा छु । आज पनि धेरैसँग कुरा गरेको छु । उनीहरु विश्वस्त थिए क्रिकेटलाई तालिबानले हानी, नोक्सानी र बिचलित हुन दिने छैनन् ।’
तालिबानले मंगलबार नियन्त्रणमा लिएका सबै कर्मचारीलाई आम माफी दिँदै पूर्ण विश्वासका साथ काममा फर्किन आग्रह गरेको छ । २००१ मा तालिबानलाई अमेरिका नेतृत्वको फौजले सत्ताबाट हटाएको थियो ।
तालिबान प्रत्यक्ष हस्तक्षेप र ईस्लामिक कानुन लागु गर्न चान्छन् । तालिबानहरु महिलालाई खेलकुदमा प्रतिबन्ध लगाउनुपर्छ भन्ने मान्यता राख्दै आएका छन् । यसले अफगानिस्तानको महिला टोलीको भविष्य भने चिन्ता देखिन्छ ।

तालिबान दुई दशकपछि अफगानिस्तानको सत्तामा फर्कदै क्रिकेटमा आकाश पातलको परिवर्तन आएको छ । तालिबान दुई दशकअघि सत्तामा हुँदा क्रिकेटलाई प्रतिबन्ध लगाएका थिए । तर अहिले अफगानिस्तान जनताको सबैभन्दा बढी खुसी क्रिकेट बनेको छ । तालिबानको मुख्य उदेश्य अमेरिकी हस्तक्षेप अन्त्य गर्दै सत्तामा जानु थियो । र सफल पनि भए ।
क्रिकेट उनीहरुको लागि बाधक देखिदैन । अफगानिस्तानले क्रिकेटमा गरेको विकासले उनीहरुलाई हेर्ने विश्वकै नजर फेरिएको छ । तालिबानहरु जनता खुसी तोड्दै निराशा भने पक्कै गराउन चाहँदैनन् । जनताको साथ र विश्वास बिना तालिबानलाई पनि सत्तामा टिक्न मुश्किल पर्नेछ । दुई दशकमा तालिबानमा पनि धेरै कुरा फेरिएको छ । त्यसैले तालिबानले यस पटक क्रिकेटलाई प्रतिबन्ध लगाउने सम्भावना कम देखिन्छ ।
दुई दशकमा तालिबानको क्रिकेट प्रतिको सोच बदलिएको आशा गरिएको छ । अफगानिस्तानले जुन परिवर्तन र विकास गरेको छ त्यसले क्रिकेटमा प्रतिबन्ध र असरको सम्भावना निकै कम देखिन्छ । खेलाडी, समर्थक र विश्व क्रिकेट समुदाय पनि तालिबानले अफगानिस्तान क्रिकेटमा कुनै असर र हस्तक्षेप नगरोस भन्ने चाहन्छन् । तर यसको असर खेलाडीको मनोबल र मानसिक रुपमा पर्ने हुँदा प्रदर्शनमा गिरावट आउने सम्भावना भने रहन्छ ।
(एजेन्सीको सहयोगमा भुपेन्द्र जिसीको प्रस्तुति)
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]