4 years ago
August 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर ललितनारायण राजवंशी, नेपाल पुलिस क्लबका प्रशिक्षक मनोज कटवाल र पुलिस क्रिकेट टिमका सदस्य विजय कुमार धिताल सिन्धुपाल्चोकको थाङ्पाल गाउँपालिका पाँचपोखरीमा नगद सहित सम्मानित भएका छन् ।

पाँचपोखरी थाङ्पाल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा क्रिकेट खेलकुद सामग्री हस्तन्तरण एवं क्रिकेट ओरेन्टेशन कार्यक्रममा ललित, मनोजसँगै विजय सम्मानित भएका हुन् । पाँचपोखरी थाङ्पाल गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारी र प्रशासकिय अधिकृत दिनेश कुमार पोख्रेलले उनीहरुलाई सम्मानित गरेका थिए । कार्यक्रममा पालिका भित्रका आठ ओटा वडाहरुलाई क्रिकेट सामग्री वितरण गरिएको कार्यक्रम सन्चालक अभियान्ता अजय धितालले जानकारी दिए ।
विगत तीन वर्ष लगातार जिल्ला स्तरिय प्रतियोगिता गाँउपलिकाको सक्रियतामा सम्पन्न भएपनि चौथो संस्करण कोरोना महामारीको कारण हुन नसकेपछि प्रतियोगितालाई बिनियोजित रकम आठ वडालाई क्रिकेट सामग्री हस्तान्तरण गरिएको थियो । सिन्धुपाल्चोक र पाँच पोखरी थाङ्पाल गाउँपालिकामा क्रिकेट विकासमा सक्रिय रुपमा लागेका तथा महत्वपूर्ण योगदान दिएका विजयलाई योगदानको कदर गर्दै सम्मान गरेको थियो । स्थानिय वासिन्दा समेत रहेका विजय सिन्धुपाल्चोक विकासको लागि महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।

ललित, विजय र मनोज तीनै जनाले आफूहरुले पाएको नगद पुरस्कार उक्त गाउँपालिका भित्र एक विद्यायललाई क्रिकेट विकासको लागि दिने निर्णय गरेका छन् । क्रिकेट विकासको लागि विद्यालय भूमिका महत्वपूर्ण हुने बताउँदै पुलिसका प्रशिक्षक मनोजको निर्णयमा उक्त रकम सहयोग गर्ने भएका हुन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]