4 years ago
August 25, 2021
एजेन्सी – इंग्ल्यान्डका ब्याट्सम्यान एलेक्स ब्लेकले असोजमा हुने चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) ललितपुर प्याट्रियटर्सबाट खेल्ने भएका छन् । ललितपुरले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै ३२ वर्षिय मध्यक्रमका ब्याट्सम्यान एलेक्स टोलीमा भित्रिएको जनाएको छ ।

बायाँ हाते ब्याट्सम्यान उनले ४६ प्रथम श्रेणी, १ सय ६ लिष्ट ए र १ सय ४० टि२० खेल खेलेका छन् । उनले टि२० क्रिकेटमा नौं अर्धशतक सहित कुल १ हजार ८ सय ९० रन बनाएका छन् । उत्कृष्ट प्रदर्शन ७१ रन अविजित छ । उनले घरेलु क्रिकेट इंग्ल्यान्डको चर्चित क्लब केन्टबाट खेल्ने गर्दछन् । उनले इंग्ल्यान्डको यू१९ टोलीबाट पनि खेलि सकेका छन् ।
ललितपुर गतवर्ष विदेशी खेलाडीको रुपमा पाकिस्तानका हमाद हसन, हसन खान, मिर हाम्जा र श्रीलंका बायाँ हाते ओपनर उपुल थरंगालाई अनुबन्ध गरेको थियो । तर कोरोना कारण समयमै इपिएल हुन सकेन । साविक विजेता ललितपुरमा ज्ञानेन्द्र मल्ल, सन्दीप जोरा, पवन सरार्फ, कुशल भुर्तेल, सोनु तामाङ र योगेन्द्रसिंह कार्की लगायतका खेलाडी छन् । ट्यालेन्ट हन्टबाट बिभत्सु थापा र अरियो पौडेल छानिएका थिए ।

इपिएल आगमी असोज ९ देखि २३ सम्म टियु मैदानमा हुने छ । काठमाडौं किंग्स इलेभेनले पाकिस्तानका शाहिद अफ्रिदी, भैरहवा ग्ल्याडियटर्सले दीनेश चान्डिमल, चितवन टाइगर्सले अफगानिस्तानक दनिस अजिज र अफगानिस्तानका मोहम्मद शाहजाद विदेशी खेलाडीको रुपपा सार्वजनिक गरि सकेका छन् । पोखरा राइनोज, विराटनगर वारियर्स भने विदेशी खेलाडी सार्वजनिक गरेका छैनन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]