4 years ago
August 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक ओडिआई सिरिज खेल्न ओमान पुगेको नेपाली टोलीका सबै खेलाडी, प्रशिक्षक र असिफसलको कोरोनो रिपोर्ट नेगेटिभ आएको छ । आइसिसी विश्वकप लिग-२ अन्तर्गत अमेरिका, नेपाल र ओमानबीचको त्रिकोणात्मक ओडिआई सिरिजको लागि नेपाली टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको थियो ।

सबै खेलाडी र अफिसलको कोरोनो रिपोर्ट नेगेटिभ आएपछि नेपाली टोली क्वारेनटाइनबाट मुक्त भएको छ । त्रिकोणात्मक सिरिज अघि तयारीको लागि नेपालले पपुवा न्युगिनी (पिएनजी) सँग दुई ओडिआई खेल्ने छ । नेपालले पिएनजीसँग पहिलो ओडिआई खेल भदौ २० (सेप्टेम्बर पाँच) मा खेल्नेछ । दोस्रो ओडिआई भदौ २३ सेप्टेम्बर (आठ) मा खेल्नेछ ।
नेपालले पहिलो खेल भदौ २८ मा (सेप्टेम्बर १३) अमेरिकासँग खेल्ने छ । खेल नेपाली समय अनुसार दिउँसो ४ ः १५ मा सुरु हुने छ । नेपालले दोस्रो खेल भदौ २९ मा (१४ सेप्टेम्बर) खेल्ने छ । अमेरिकाविरुद्ध असोज १ (सेप्टेम्बर १७) मा खेल्ने छ । अन्तिम खेल असोज ३ मा (१९ सेप्टेम्बर) ओमानसँग खेल्ने छ ।
खेल तालिका र नेपाली समय अनुसार
भदौ २० : नेपालविरुद्ध पिएनजी पहिलो ओडिआई, दिउँसो ११ः१५ बजे
भदौ २३ : नेपालविरुद्ध पिएनजी पहिलो ओडिआई, दिउँसो ४ स् १५ बजे
भदौ २८ : नेपालविरुद्ध अमेरिका, दिउँसो ४ः १५
भदौ २९ : नेपालविरुद्ध ओमान, दिउँसो ४ः १५
अजोस १ : नेपालविरुद्ध अमेरिका, दिउँसो ४ः १५
असोज ३ : नेपालविरुद्ध ओमान, दिउँसो ४ः १५
नेपालको टोली : ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, अविनाश बोहरा, सुशान भारी, शरद भेषावकर, विक्रम सोब, पवन सरार्फ र रोहित कुमार पौडेल ।
प्रशिक्षक : देभ ह्वाटमोर
व्यवस्थापक मोहम्मद दाउद अन्सारी
टेक्निकल एनालिष्ट रमन शिवाकोटी
फिजियो विक्रम न्यौपाने
ट्रेनर स् राकेश काशिभाई गोहिल
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]