default_image

3 years ago

August 25, 2021

भारत मात्र ७८ रनमा अल आउट

एजेन्सी – भारत इंग्ल्यान्डसँगको तेस्रो टेस्ट खेलको पहिलो इनिङमा मात्र ७८ रनमा अल आउट भएको छ । लिड्समा टस जितेर पहिला ब्याटिङ रोजेको भारत पहिलो दिन दोस्रो सेसनमै ४०.४ ओभरमा ७८ रनमा अल आउट हुन पुग्यो । भारतका लागि ओपनर रोहित शर्माले १ सय ५ बलमा १ चौका सहित सर्वाधिक १९ रनको योगदान दिए । […]

89 views

0 Bookmark

एजेन्सी – भारत इंग्ल्यान्डसँगको तेस्रो टेस्ट खेलको पहिलो इनिङमा मात्र ७८ रनमा अल आउट भएको छ । लिड्समा टस जितेर पहिला ब्याटिङ रोजेको भारत पहिलो दिन दोस्रो सेसनमै ४०.४ ओभरमा ७८ रनमा अल आउट हुन पुग्यो ।

भारतका लागि ओपनर रोहित शर्माले १ सय ५ बलमा १ चौका सहित सर्वाधिक १९ रनको योगदान दिए । भारतका नौं खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । दुई खेलाडी गोल्डेन डक आउट भए । तीव्र गतिका बलर जेम्श एन्डरसनले शीर्षक्रम धरासय बनाएका थिए । भारतले पहिलो ओभरको पाँचौं बलमा ओपनर लोकेश राहुललाई शून्यमा गुमाएको थियो । एन्डरसनको बलमा बटलरबाट राहुल क्याच आउट हुन पुगेका थिए ।


पाँचौं ओभरको पहिलो बलमा चेतेश्वर पुजारालाई एन्डरसनले एक रनमानै बटलरबाट क्याच आउट गराए । खराब सुरुवात गरेको भारतका कप्तान विराट कोहली दोहोरो अंकमा रन जोड्न नपाउँदै आउट हुन पुगे । कोहलीलाई ११ औं ओभरको पाँचौं बलमा तीव्र गतिका बलर जेम्श एन्डरसनले सात रनमा विकेटकिपर जस बटलरबाट क्याच आउट भएका थिए ।

त्यसपछि मध्यक्रम अर्का तीव्र गतिका बलर ओली रोबिन्सनले धरासय बनाए । उपकप्तान अजिक्या रहाणे ५४ बलमा ३ चौका सहित १८ रनमा क्याच आउट भए । रोबिन्सनको बलमा रहाणे बटलरबाटनै क्याच आउट भएका थिए । विकेटकिपर ऋषभ पन्त पनि रोबिन्सनकै बलमा बटलरबाट दुई रनमा क्याच आउट हुँदा भारत ५८–५ को संकट अवस्थामा पुगेको थियो ।

तल्लोक्रम साम करन र क्रेग ओभरटनले लगातार विकेट लिँदै सस्तैमा अल आउट गरे । ३७ औं ओभरको चौथो बलमा क्रेग ओभरटनले रोहितलाई ओली रोबिन्सनबाट क्याच गराउँदै भारतको सम्पूर्ण आशा निराशमा बदलेका थिए । लगत्तै अर्को बलमा मोहम्मद शामी रोरी बन्र्सबाट क्याच हुँदै गोल्डेन डक आउट भए ।

लगत्तै अर्को ओभरमा भारतले लगातार दुई विकेट गुमाएको थियो । करनले ३८ औं ओभरको दोस्रो बलमा रविन्द्र जडेजालाई दुई रनमा एलबिडब्लू आउट गरे । अर्को बलमा जस्प्रित बुमराह एलबिडब्लू आउट हुँदै गोल्डेन डक आउट पेभिर्लिन फर्के । अन्तिम विकेटका रुपमा मोहम्मद शिराज तीन रनमा क्याच आउट भए ।

इंग्ल्यान्डका तीव्र गतिका बलर क्रेग ओभरटर्न र जेम्श एन्डरसनले तीन तीन विकेट लिए । साम करन र ओली रोबिन्सनको नाममा दुई दुई विकेट रह्यो ।

पहिलो खेल बराबरीमा सकिँदा भारत दोस्रो खेलमा १ सय ५१ रनको फराकिलो अन्तरले विजयी भएको थियो । पाँच टेस्ट सिरिजमा भारतले १–० को अग्रता लिएको छ ।

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

April 25, 2024

आरिफ वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोलीमा समावेश

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर आरिफ शेखलाई समेट्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो । युवा बलर आकाश चन्द पनि वेस्ट इन्डिज ए सिरिजमा छन् । उनी ओमानमा […]

Success

Thank you for your time.