default_image

4 years ago

August 25, 2021

नम्बरवान् टि२० बलर शाम्सी राजस्थानमा अनुबन्ध

180 views

0 Bookmark

एजेन्सी – दक्षिण अफ्रिका स्पिनर तरबेज शाम्सीलाई इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को बाँकी सिजनका लागि राजस्थान रोयल्सले टोलीमा अनुबन्ध गरेको छ ।

राजस्थानले अष्ट्रेलिया तीव्र गतिका बलर एन्ड्रयू टाईको स्थानमा शाम्सीलाई अनुबन्ध गरेको हो । शाम्सी वर्तमान टि२० विश्व वरीयता नम्वरवान् बलर हुन् । अन्तर्राष्ट्रिय टि२० आई क्रिकेटमा लगातार प्रदर्शन गर्दै आएमा शाम्सीले दुई टेस्ट, २७ ओडिआई र ३९ टि२० आई खेलेका छन् । अन्य विदेशी फ्रेन्चाइज लिगमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

३१ वर्षिय उनले १ सय ६३ टि२० खेलमा १ सय ८३ विकेट लिएका छन् । उत्कृष्ट प्रदर्शन ४–१० छ । उनले टेस्टमा ६, ओडिआईमा ३२, टि२० आईमा ४५ विकेट लिएका छन् । शाम्सीले दक्षिण अफ्रिका र फ्रेन्चाइज लिग दुबैमा पछिल्लो समय सानदार प्रदर्शन गर्दै आएका छन् ।
टाईले टि२० विश्वकपको कारण आफ्नो नाम फिर्ता लिएको बुझिएको छ । तर उनले अष्ट्रेलिया अन्तिम टि२० विश्वकप टोलीमा आफ्नो स्थान सुरक्षित गर्न सकेनन् ।

बाँकी सिजनको लागि राजस्थानले दोस्रो खेलाडी परिवर्तन गरेको हो । इंग्ल्यान्डका जस बटलरले ब्यक्तिगत कारण नखेल्ने भएका छन् । बटलरको स्थानमा राजस्थानले न्युजिल्यान्डका विकेटकिपर ग्लेन फिलिप्सलाई अनुबन्धगरेको छ । इंग्ल्यान्डका स्टार अलराउन्डर बेन स्टोक्स र तीव्र गतिका बलर जोफ्रा आर्चरले पनि चोटका कारण बाँकी आइपिएल खेल्ने छैनन् ।

बंगलादेशका तीव्र गतिका बलर मुश्ताफिजुर रहमानले पनि नखेल्ने निश्चित छ । राजस्थानमा इंग्ल्यान्डका आक्रामक ब्याट्सम्यान लियाम लिभिङस्टोन पनि छन् । दक्षिण अफ्रिकी अलराउन्डर क्रिस मोरिस पनि राजस्थानमै छन् । बाँकी आइपिएलका खेलहरु आगमी सेप्टेम्बर १९ देखि अक्टोबर १५ सम्म यूएईमा चल्ने छ । गत वैशाखमा कोरोना कारण आइपिएल अनिश्चित समयमा स्थगित भएको थियो ।

२०२१ को आधा सिजन सकिँदा राजस्थान ७ खेलमा ४ मा हार र ३ मा जित सहित ६ अंक जोड्दै पाँचौ स्थानमा छ । राजस्थानले पन्जाब किंग्ससँग पहिलो खेल सेप्टेम्बर २१ मा खेल्ने छ । कप्तान सञ्जु स्यामसनलाई उत्कृष्ट प्रदर्शनको दबाब छ । शीर्ष चारमा रहँदै प्ले अफमा स्थान बनाउन बाँकी खेलमा उत्कृष्ट नजिता निकाल्नुपर्ने हुन्छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.