default_image

4 years ago

August 26, 2021

होबार्टद्धारा सन्दीपको सम्झौता नवीकरण

197 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलिया चर्चित बिग ब्यास लिग (बिबिएल) होबार्ट हरिकेन्सबाटनै खेल्ने भएका छन् । होबार्टले ११ औं संस्करणको लागि सन्दीपसँग सम्झौता नवीकरण गरेको छ ।

सन्दीपले गत वर्ष होबार्टबाटनै बिबिएल खेल्दै ८ खेलमा ८ विकेट लिएका थिए । उत्कृष्ट प्रदर्शन २-२४ हुँदा इकोनमी ७.५४ थियो । सन्दीपले आफू अष्ट्रेलिया फर्किदै होबार्टबाट खेल्न प्रतीक्षामा रहेको बताएका छन् । ‘गत सिजन मैले होबाटबाट साँच्चै आनन्द लिएको थिए । त्यसैले म निकै उत्साहित छु । म यस सिजनमा पूरा सिजन त्यहाँ हुने छु’, सन्दीपले सम्झौतापछि भनेका छन् ।

‘हामीसँग गत बर्ष खेलाडीहरुको एक राम्रो समूह थियो, र हामी मध्ये धेरै अझै पनी यो बर्ष सँगै खेल्नेछौं। पूरै सिजनको लागी त्यहाँ उपलब्ध हुने मा आशावादी छु । व्यक्तिगत रूपमा केहि बलियो प्रदर्शन सँगै एक सफल बर्ष भएको टिममा योगदान गर्न चाहन्छु’, सन्दीपले सम्झौता पछि भनेका छन् ।

सन्दीप ११ औं सिजनको बिबिएलमा होबार्टले सम्झौता गरेको पहिलो विदेशी खेलाडी हुन् । होबार्टले स्वदेशी खेलाडीको रुपमा स्कट बोल्याण्ड, टिम डेविड, नाथन इल्स, पिटर ह्यान्ड्सकोम्ब, कालेब ज्वेल, जोश कान, बेन म्याकडरमोट, रिले मेरिडिथ, मिच ओवेन, जोएल पेरिस, विल पार्कर, डा आर्सी सर्ट, म्याथ्यू वेड र म्याक राइटसँग सम्झौता गरेको छ ।


त्यसअघिका दुई सिजन सन्दीपले मेलबर्न स्टार्सबाट खेलेका थिए । सन्दीपले नवौं संस्करणको बिबिएलमा मेलबर्न स्टार्सबाट १३ खेलमा १५ विकेट लिएका थिए । सन्दीपले पहिलो पटक सन् २०१८ मा मेलबर्न बाटै बिग ब्यास लिग खेलेका थिए । उक्त वर्ष सन्दीपले ८ खेलमा ११ विकेट हात पारेका थिए ।

सन्दीप हाल ओमानमा छन् । आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका र ओमानसँगको सिरिजको लागि सन्दीप ओमानमा रहेका हुन् । सेप्टेम्बर १९ सम्म नेपाली टोलीको ओमानमा खेल तालिका छ । सन्दीपको लागि पछिल्लो समय निकै खराब सावित भएको छ । पछिल्लो पटक सन्दीपले गत जनवरीमामा खेलेको बिग ब्यासनै अन्तिम फ्रेन्चाइज लिग हो ।


त्यसपछि सन्दीप आइपिएल अक्सनमा विकेनन् । पाकिस्तान सुपर लिग (पिएसएल) कोरोना कारण कराँची पुगेर फर्किएका थिए । टि२० ब्लास्ट र द हन्ड्रेड भिसाको कारण गुमाउनु परेको थियो । द हन्ड्रेडको लागि सन्दीप बेलायतनै पुगेर फर्किएका थिए । क्यारेवियन प्रिमियर लिग नेपालको खेल जुधेको कारण गुमाएका छन् । ११ औं संस्करणको बिग ब्यास लिग डिसेम्बर पाँच देखि जनवरी २८ सम्म चल्ने छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.