default_image

4 years ago

August 28, 2021

भारत खेलमा फर्कने प्रयासमा

161 views

0 Bookmark

एजेन्सी – मध्यक्रममा चेतेश्वर पुजारा र कप्तान विराट कोहलीले संयमित इनिङ खेलेपछि भारत इंग्ल्यान्डविरुद्ध तेस्रो टेस्टमा पुनरागमनको प्रयासमा रहेको छ । तेस्रो दिन भारतले संयमित ब्याटिङ गर्दै दोस्रो इनिङमा २ विकेटको क्षतिमा २ सय १५ रन जोडेको छ । समग्रमा भारत १ सय ३९ रनले पछि छ ।

अघिल्लो दिनको योगफलमा जम्मा ९ रन थप्दै इंग्ल्यान्ड ४ सय ३२ रनमा अलआउट भएको थियो । क्रेग ओभर्टन ३२ रन जोड्दै शामीको एलबीडब्लु धरापमा परे भने ओली रोबिन्सन खाता नखोली बुमराहको बलमा बोल्ड भए । सम्रगमा पहिलो इनिङमा इंग्ल्यान्डले ३ सय ५४ रनको अग्रता लिएको थियो । भारत भने पहिलो इनिङमा मात्र ७८ रनमा अलआउट भएको थियो ।

भारतले ओपनर केएल राहुललाई ८ रनमा गुमाएपनि त्यसपछि रोहित शर्माले राम्रो ब्याटिङ गरे । रबिन्सनको एलबीडब्लु धरापमा पर्नुअघि उनले ५९ रनको योगदान दिए । रोहितले ७ चौका र १ छक्का प्रहार गरेका थिए । त्यसपछि क्रिजमा आएका कोहलीले पुजारालाई साथ दिँदै भारतलाई खेलमा कायम नै राखेका छन् ।

कोहली र पुजाराले तेस्रो विकेटका लागि ९९ रनको साझेदारी गरिसकेका छन् । पुजारा १ सय ८० बलमा ९१ रन जोड्दै क्रिजमा डटिरहेका छन् । उनले १५ चौका प्रहार गरेका छन् । यता ७१ औं शतकको खोजीमा रहेका कप्तान कोहली ४५ रनमा अविजित छन् । उनले ९४ बलमा ६ चौका प्रहार गरेका छन् ।

त्यसअघि तेस्रो दिन कप्तान जो रुटको सानदार शतकको सहयोगमा इंग्ल्यान्ड विशाल अग्रतातर्फ अग्रसर भएको थियो । रुटले १ सय ६५ बलमा १४ चौका सहित १ सय २१ रनको उत्कृष्ट शतकीय इनिङ खेले । रुटलाई जस्प्रित बुमराहले बोल्ड आउट गरेका थिए । रुटको यो टेस्ट करीअरको २३ औं शतक हो । रुटको यस वर्ष टेस्टको छैटौं शतक हो । उनी रिकी पोन्टिङको एकै वर्षका टेस्टमा सर्वाधिक ७ शतक प्रहारको कीर्तिमान तोड्ने नजिक पुगेका छन् ।

रुटले ईशान्त शर्मालाई चौका प्रहार गर्दै १ सय २४ बलमा शतक प्रहार गरेका थिए । रुटले यसअघि पहिलो टेस्टमा १ सय ९ र ६४ रनको इनिङ खेलेका थिए । दोस्रो खेलमा रुटले १ सय ८० रनको अविजित र ३३ रनको इनिङ खेलेका थिए ।

इंग्ल्यान्डलाई ओपनर रोरी बर्न्स र हसिब हमिदले पहिलो विकेटका लागि ५० ओभरमा १ सय ३५ रनको उत्कृष्ट साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । बर्न्सलाई मोहम्मद शामीले ६१ रनमा बोल्ड आउट गर्दै भारतलाई पहिलो सफलता दिलाए । बर्न्सले १ सय ५३ बलमा ६ चौका र १ छक्का प्रहार गरे । हमिदलाई रविन्द्र जडेजाले ६८ रनमा बोल्ड आउट गरेका थिए ।

हसिमले १ सय ९५ बलमा १२ चौका प्रहार गरे । तेस्रो विकेटका लागि रुट र डेविड मलानले १ सय ३९ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए । मलानलाई मोहम्मद शिराजले ऋषभ पन्तबाट ७० रनमा क्याच आउट गराए । मलानले १ सय २४ बलमा ११ चौका प्रहार गरे । सन् २०१३ पछि पहिलो पटक इंग्ल्यान्डका शीर्षक्रमका चारै ब्याट्सम्यानले ५० माथिको रन बनाएका हुन् ।

तल्लोक्रमका ब्याट्सम्यानले भने ठूलो इनिङ खेल्न सकेनन् । जोनी बेयरस्टो ४३ बलमा ४ चौका र १ छक्का सहित २९ रनमा क्याच आउट भए । जस बटलर ७, मोईन अली ८ र साम करन १५ रनमा आउट भए । इंग्ल्यान्डका मोहम्मद शामीले तीन विकेट लिएका छन् । रविन्द्र जडेजा र मोहम्मद शिराजले दुई दुई विकेट लिए ।

लिड्समा टस जितेर पहिला ब्याटिङ रोजेको भारत पहिलो दिन दोस्रो सेसनमै ४०.४ ओभरमा ७८ रनमा अल आउट हुन पुग्यो । भारतका लागि ओपनर रोहित शर्माले १ सय ५ बलमा १ चौका सहित सर्वाधिक १९ रनको योगदान दिए । भारतका नौं खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । दुई खेलाडी गोल्डेन डक आउट भए ।

तीव्र गतिका बलर जेम्श एन्डरसनले शीर्षक्रम धरासय बनाएका थिए । भारतले पहिलो ओभरको पाँचौं बलमा ओपनर लोकेश राहुललाई शून्यमा गुमाएको थियो । एन्डरसनको बलमा बटलरबाट राहुल क्याच आउट हुन पुगेका थिए ।

पाँचौं ओभरको पहिलो बलमा चेतेश्वर पुजारालाई एन्डरसनले एक रनमानै बटलरबाट क्याच आउट गराए । खराब सुरुवात गरेको भारतका कप्तान विराट कोहली दोहोरो अंकमा रन जोड्न नपाउँदै आउट हुन पुगे । कोहलीलाई ११ औं ओभरको पाँचौं बलमा तीव्र गतिका बलर जेम्श एन्डरसनले सात रनमा विकेटकिपर जस बटलरबाट क्याच आउट भएका थिए ।

त्यसपछि मध्यक्रम अर्का तीव्र गतिका बलर ओली रोबिन्सनले धरासय बनाए । उपकप्तान अजिक्या रहाणे ५४ बलमा ३ चौका सहित १८ रनमा क्याच आउट भए । रोबिन्सनको बलमा रहाणे बटलरबाटनै क्याच आउट भएका थिए । विकेटकिपर ऋषभ पन्त पनि रोबिन्सनकै बलमा बटलरबाट दुई रनमा क्याच आउट हुँदा भारत ५८–५ को संकट अवस्थामा पुगेको थियो ।

तल्लोक्रम साम करन र क्रेग ओभरटनले लगातार विकेट लिँदै सस्तैमा अल आउट गरे । ३७ औं ओभरको चौथो बलमा क्रेग ओभरटनले रोहितलाई ओली रोबिन्सनबाट क्याच गराउँदै भारतको सम्पूर्ण आशा निराशमा बदलेका थिए । लगत्तै अर्को बलमा मोहम्मद शामी रोरी बन्र्सबाट क्याच हुँदै गोल्डेन डक आउट भए ।

लगत्तै अर्को ओभरमा भारतले लगातार दुई विकेट गुमाएको थियो । करनले ३८ औं ओभरको दोस्रो बलमा रविन्द्र जडेजालाई दुई रनमा एलबिडब्लू आउट गरे । अर्को बलमा जस्प्रित बुमराह एलबिडब्लू आउट हुँदै गोल्डेन डक आउट पेभिर्लिन फर्के । अन्तिम विकेटका रुपमा मोहम्मद शिराज तीन रनमा क्याच आउट भए ।

इंग्ल्यान्डका तीव्र गतिका बलर क्रेग ओभरटर्न र जेम्श एन्डरसनले तीन तीन विकेट लिए । साम करन र ओली रोबिन्सनको नाममा दुई दुई विकेट रह्यो । पहिलो खेल बराबरीमा सकिँदा भारत दोस्रो खेलमा १ सय ५१ रनको फराकिलो अन्तरले विजयी भएको थियो । पाँच टेस्ट सिरिजमा भारतले १–० को अग्रता लिएको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.