default_image

3 years ago

August 28, 2021

भारत इनिङ अन्तरले पराजित

एजेन्सी – तीव्र गतिका बलर ओली रबिन्सनले घातक बलिङ गरेपछि इंग्ल्यान्डले तेस्रो टेस्टमा भारतलाई इनिङ र ७६ रनले पराजित गरेको छ । यससँगै इंग्ल्यान्डले ५ खेलको टेस्ट सिरिज १-१ को बराबरीमा ल्याएको छ । पहिलो खेल बराबरीमा सकिँदा भारत दोस्रो खेलमा १ सय ५१ रनको फराकिलो अन्तरले विजयी भएको थियो । तेस्रो टेस्टको पहिलो इनिङमा […]

49 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर ओली रबिन्सनले घातक बलिङ गरेपछि इंग्ल्यान्डले तेस्रो टेस्टमा भारतलाई इनिङ र ७६ रनले पराजित गरेको छ । यससँगै इंग्ल्यान्डले ५ खेलको टेस्ट सिरिज १-१ को बराबरीमा ल्याएको छ । पहिलो खेल बराबरीमा सकिँदा भारत दोस्रो खेलमा १ सय ५१ रनको फराकिलो अन्तरले विजयी भएको थियो ।

तेस्रो टेस्टको पहिलो इनिङमा टस जितेको भारत मात्र ७८ रनमा समेटिएपछि इंग्ल्यान्डले खेलमा पकड जमाएको थियो । इंग्ल्यान्डले त्यसपछि उत्कृष्ट ब्याटिङको नमुना प्रस्तुत गर्दै ४ सय ३२ रन जोडेको थियो । कप्तान जो रुटको शतकमा इंग्ल्यान्ड तेस्रो दिन विहानी सत्रमा अलआउट भएको थियो । भारतले तेस्रो दिन संयमित ब्याटिङ गरेपनि चौथो दिन पहिलो सत्रमा नै २ सय ७८ रनमा अलआउट भयो ।

चौथो दिनको सुरुवातमै भारतले पुजारालाई गुमाएको थियो । उनले अघिल्लो दिनको योगफलमा कुनै रकम थप्न सकेनन् । उनी १ सय ८९ बलमा १५ चौकासहित ९१ रन जोड्दै रबिन्सनको एलबीडब्लु धरापमा परेका थिए ।

त्यसको केहीबेरमा कप्तान विराट कोहली पनि ५५ रन जोड्दै रबिन्सनको शिकार बने । १ सय २५ बलमा ८ चौका प्रहार गरेका उनी विपक्षी कप्तान रुटबाट स्लिपमा समातिए । लगत्तै अर्को ओभरमा अजिंक्या रहाने १० रन जोड्दै जेम्स एन्डरसनको बलमा कट बिहाइन्ड भएपछि भारत समस्यामा परेको थियो ।

त्यसको अर्को ओभरमा ऋषभ पन्त मात्र १ रन जोड्दै रबिन्सनको बलमा आउट भए । मोहमद शामी ६ रनमा मोइन अलीको बलमा बोल्ड भएपछि भारत हारतर्फ उन्मुख भएको थियो । इशान्त शर्मा २ रन जोड्दै रबिन्सनको बलमा विकेटकिपर बटलरको हातबाट क्याचआउट भए ।

जडेजा ३० रन जोड्दै ओभर्टनको बलमा विकेटकिपरबाट समातिएपछि भारत हारको संघारमा पुगेको थियो । दुई बल पछि नै सिराजलाई बेयरस्टोले क्याच गरेपछि भारत अलआउट भएको थियो । रबिन्सनले ५ विकेट हात पार्दा ओभर्टनले २ तथा एन्डरसन र अलीले १-१ विकेट लिए ।

खेलको तेस्रो दिन इंग्ल्यान्ड ४ सय ३२ रनमा अलआउट भएको थियो । क्रेग ओभर्टन ३२ रन जोड्दै शामीको एलबीडब्लु धरापमा परे भने ओली रोबिन्सन खाता नखोली बुमराहको बलमा बोल्ड भए । सम्रगमा पहिलो इनिङमा इंग्ल्यान्डले ३ सय ५४ रनको अग्रता लिएको थियो । भारत भने पहिलो इनिङमा मात्र ७८ रनमा अलआउट भएको थियो ।

भारतले ओपनर केएल राहुललाई ८ रनमा गुमाएपनि त्यसपछि रोहित शर्माले राम्रो ब्याटिङ गरे । रबिन्सनको एलबीडब्लु धरापमा पर्नुअघि उनले ५९ रनको योगदान दिए । रोहितले ७ चौका र १ छक्का प्रहार गरेका थिए । कोहली र पुजाराले त्यसपछि भारतलाई संयमित ब्याटिङ गर्दै राम्रो स्थितिमा पुर्याएका थिए ।

त्यसअघि तेस्रो दिन कप्तान जो रुटको सानदार शतकको सहयोगमा इंग्ल्यान्ड विशाल अग्रतातर्फ अग्रसर भएको थियो । रुटले १ सय ६५ बलमा १४ चौका सहित १ सय २१ रनको उत्कृष्ट शतकीय इनिङ खेले । रुटलाई जस्प्रित बुमराहले बोल्ड आउट गरेका थिए । रुटको यो टेस्ट करीअरको २३ औं शतक हो । रुटको यस वर्ष टेस्टको छैटौं शतक हो । उनी रिकी पोन्टिङको एकै वर्षका टेस्टमा सर्वाधिक ७ शतक प्रहारको कीर्तिमान तोड्ने नजिक पुगेका छन् ।

रुटले ईशान्त शर्मालाई चौका प्रहार गर्दै १ सय २४ बलमा शतक प्रहार गरेका थिए । रुटले यसअघि पहिलो टेस्टमा १ सय ९ र ६४ रनको इनिङ खेलेका थिए । दोस्रो खेलमा रुटले १ सय ८० रनको अविजित र ३३ रनको इनिङ खेलेका थिए ।

इंग्ल्यान्डलाई ओपनर रोरी बर्न्स र हसिब हमिदले पहिलो विकेटका लागि ५० ओभरमा १ सय ३५ रनको उत्कृष्ट साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । बर्न्सलाई मोहम्मद शामीले ६१ रनमा बोल्ड आउट गर्दै भारतलाई पहिलो सफलता दिलाए । बर्न्सले १ सय ५३ बलमा ६ चौका र १ छक्का प्रहार गरे । हमिदलाई रविन्द्र जडेजाले ६८ रनमा बोल्ड आउट गरेका थिए ।

हसिमले १ सय ९५ बलमा १२ चौका प्रहार गरे । तेस्रो विकेटका लागि रुट र डेविड मलानले १ सय ३९ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए । मलानलाई मोहम्मद शिराजले ऋषभ पन्तबाट ७० रनमा क्याच आउट गराए । मलानले १ सय २४ बलमा ११ चौका प्रहार गरे । सन् २०१३ पछि पहिलो पटक इंग्ल्यान्डका शीर्षक्रमका चारै ब्याट्सम्यानले ५० माथिको रन बनाएका हुन् ।

तल्लोक्रमका ब्याट्सम्यानले भने ठूलो इनिङ खेल्न सकेनन् । जोनी बेयरस्टो ४३ बलमा ४ चौका र १ छक्का सहित २९ रनमा क्याच आउट भए । जस बटलर ७, मोईन अली ८ र साम करन १५ रनमा आउट भए । इंग्ल्यान्डका मोहम्मद शामीले तीन विकेट लिएका छन् । रविन्द्र जडेजा र मोहम्मद शिराजले दुई दुई विकेट लिए ।

लिड्समा टस जितेर पहिला ब्याटिङ रोजेको भारत पहिलो दिन दोस्रो सेसनमै ४०.४ ओभरमा ७८ रनमा अल आउट हुन पुग्यो । भारतका लागि ओपनर रोहित शर्माले १ सय ५ बलमा १ चौका सहित सर्वाधिक १९ रनको योगदान दिए । भारतका नौं खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । दुई खेलाडी गोल्डेन डक आउट भए ।

तीव्र गतिका बलर जेम्श एन्डरसनले शीर्षक्रम धरासय बनाएका थिए । भारतले पहिलो ओभरको पाँचौं बलमा ओपनर लोकेश राहुललाई शून्यमा गुमाएको थियो । एन्डरसनको बलमा बटलरबाट राहुल क्याच आउट हुन पुगेका थिए ।

पाँचौं ओभरको पहिलो बलमा चेतेश्वर पुजारालाई एन्डरसनले एक रनमानै बटलरबाट क्याच आउट गराए । खराब सुरुवात गरेको भारतका कप्तान विराट कोहली दोहोरो अंकमा रन जोड्न नपाउँदै आउट हुन पुगे । कोहलीलाई ११ औं ओभरको पाँचौं बलमा तीव्र गतिका बलर जेम्श एन्डरसनले सात रनमा विकेटकिपर जस बटलरबाट क्याच आउट भएका थिए ।

त्यसपछि मध्यक्रम अर्का तीव्र गतिका बलर ओली रोबिन्सनले धरासय बनाए । उपकप्तान अजिक्या रहाणे ५४ बलमा ३ चौका सहित १८ रनमा क्याच आउट भए । रोबिन्सनको बलमा रहाणे बटलरबाटनै क्याच आउट भएका थिए । विकेटकिपर ऋषभ पन्त पनि रोबिन्सनकै बलमा बटलरबाट दुई रनमा क्याच आउट हुँदा भारत ५८–५ को संकट अवस्थामा पुगेको थियो ।

तल्लोक्रम साम करन र क्रेग ओभरटनले लगातार विकेट लिँदै सस्तैमा अल आउट गरे । ३७ औं ओभरको चौथो बलमा क्रेग ओभरटनले रोहितलाई ओली रोबिन्सनबाट क्याच गराउँदै भारतको सम्पूर्ण आशा निराशमा बदलेका थिए । लगत्तै अर्को बलमा मोहम्मद शामी रोरी बन्र्सबाट क्याच हुँदै गोल्डेन डक आउट भए ।

लगत्तै अर्को ओभरमा भारतले लगातार दुई विकेट गुमाएको थियो । करनले ३८ औं ओभरको दोस्रो बलमा रविन्द्र जडेजालाई दुई रनमा एलबिडब्लू आउट गरे । अर्को बलमा जस्प्रित बुमराह एलबिडब्लू आउट हुँदै गोल्डेन डक आउट पेभिर्लिन फर्के । अन्तिम विकेटका रुपमा मोहम्मद शिराज तीन रनमा क्याच आउट भए । इंग्ल्यान्डका तीव्र गतिका बलर क्रेग ओभरटर्न र जेम्श एन्डरसनले तीन तीन विकेट लिए । साम करन र ओली रोबिन्सनको नाममा दुई दुई विकेट रह्यो ।

April 24, 2024

कोशीलाई हराए पनि गण्डकी पनि बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी–ट्वान्टी च्याम्पिनसिपमा पुछारमा रहेको कोशी प्रदेशलाई बुधबार ४ विकेटले पराजित गरेको छ । गण्डकीको यो दोस्रो जित हो । जितका बाबजुद गण्डकी लिग चरणबाटै बाहिरिसकेको छ । लगातारको पाँचौ हार बेहोरेको कोशीले अंकको खाता खोल्न सकेको छैन । कर्णाली पनि लिग चरणबाटै बाहिरिएको छ । […]

April 23, 2024

स्टोइन्सको शतकमा चेन्नईमाथि लखनउको जित

एजेन्सी – मार्कुस स्टोइन्सको सानदार शतकसहित लखनउ सुपर जाइन्ट्ले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराएको छ । २ सय ११ रनको लक्ष्य पछ्याएको लखनउले ३ बल बाँकी रहँदै २ सय १३ जोडेर जित निकालेको हो । स्टोइन्सले ६३ बल खेल्दै १३ चौका र ६ छक्काको मद्दतमा नटआउट १ सय […]

April 23, 2024

मधेशको जित, कोशीको लगातार चौथो हार

काठमाडौं (हाम्रो खेलकुद) – कम योगफलको खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई २ विकेटले हराउँदै वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा तेस्रो जित हासिल गरेको छ। ९१ रनको सहज लक्ष्य मधेशले १७ .१ ओभरमा ८ विकेटको नोक्सानीमा पूरा गर्यो। लक्ष्य सहज थियो। तर मधेशले यो सामान्य लक्ष्य पुरा गर्न ८ विकेट गुमायो। ओपनर साहिल पटेल ११ […]

Success

Thank you for your time.