4 years ago
August 29, 2021
एजेन्सी – युवा ब्याट्सम्यान यशस्वी जैसवालको उत्कृष्ट अर्धशतकको सहयोगमा मुम्बईले ओमानलाई पहिलो एकदिवसिय अभ्यास खेलमा चार विकेटले पराजित गरेको छ । योसँगै तीन एकदिवसिय अभ्यास खेलमा भ्रमण टोली मुम्बईले १–० को अग्रता लिएको छ ।

जितका लागि १ सय ९७ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले ४३.४ ओभरमा ६ विकेटको क्षतिमा पूरा ग¥यो । मुम्बईको जितमा ओपनर यशस्वी जैसवालले ७९ बलमा ५ चौका र ५ छक्का सहित ८२ रनको उत्कृष्ट अर्धशतकीय इनिङ खेले । हार्दिक तमोरे ७० बलमा ४ चौका सहित ५१ रनमा अविजित रहे ।
ओपनर आर्कषित गोमेल १७, साईराज पाटिल १० र अर्मान जफार १६ रनमा आउट भए । ओमानका शकिल अहमद र राफिउल्लाह मोहम्मदले दुई दुई विकेट लिए । फैयाज बैट र बिलाल शाहले एक एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ओमान ४७.१ ओभरमा १ सय ९६ रनमा अल आउट भएको थियो । ओमानका खालिद कैलले ८४ बलमा ४ चौका र १ छक्का सहित ७६ रनको योगदान दिए । ओपनर तथा कप्तान खवर अलीले ७३ बलमा ४ चौका र २ छक्का सहित ५२ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । यी दुई बाहेक अन्य ब्याट्सम्यानले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

ओमानले पहिलो रोजाईका खेलाडीलाई विश्राम दिँदै युवा खेलाडीलाई मैदान उतारेको थियो । सोहिब खान १७, फैयज बट १३ र सुजर कुमार ७ रनमा आउट भएका थिए ।
मुम्बईका कप्तान शाम्स मुलानीले सर्वाधिक तीन विकेट लिए । अमन खान र शशांक अटार्डेले दुई दुई विकेट लिए । दीपक सिठ्ठी, सार्जिल पाटिल र आर्कषित गोमेलले एक एक विकेट लिए । दोस्रो खेल मंगलबार हुने छ ।
ओमानले टि२० विश्वकप र आइसिसी विश्वकप लिग–२ अन्तर्गत दुई त्रिकोणात्मक ओडिआई सिरिजको लागि मुम्बईसँग समान तीन टि२० र तीन एकदिवसय सिरिज खेलेको हो । नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक सिरिज १३ सेप्टेम्बर देखि २० सम्म चल्ने छ । त्यसपछि पपुपा न्युगिनी र स्कटल्यान्डसँग ओमानले ओडिआई त्रिकोणात्मक सिरिज खेल्ने छ । नेपाल र ओमानबीचको पहिलो खेल भदौ २९ (सेप्टेम्बर १४ ) मा हुने छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]