default_image

4 years ago

August 30, 2021

कर्णालीका कप्तान रविन्द्रले इपिएल खेल्ने

230 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कर्णालीका कप्तान तथा युवा ब्याट्सम्यान रविन्द्र जंग शाहीले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) पोखरा राइनोजबाट खेल्ने भएका छन् ।

शुक्रबार काठमाडौंमा भएको अक्सनमा पोखराले रविन्द्रलाई न्यूनतम मूल्य ५० हजारमा अनुबन्ध गरेको हो । कारोना महामारीको कारण टोलीमा एक एक जना सङ्ख्या बढाइएको छ । नेपालका लागि यु१९ क्रिकेट खेलि सकेका रविन्द्रले कर्णालीबाट घरेलु क्रिकेट खेल्दै आएका छन् । त्यस्तै फ्रेन्चाइज टोलीले विभिन्न कारण खाली भएको कोटामा पनि नयाँ खेलाडी पूर्ति गरेका छन् ।

कर्णालीका कर्णधार रविन्द्र शीर्षक्रममा ब्याटिङसँगै स्पिन बलिङ गर्ने गर्दछन् । रविन्द्रले पोखरा प्रिमियर लिग बुटवल ब्लास्टरबाट खेलि सकेका छन् । रविन्द्र ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा अब्बल मानिन्छन् । कर्णालीको कमजोर प्रदर्शनको कारण उनको राम्रो प्रदर्शन पनि घरेलु क्रिकेटमा ओझेलमा पर्दै आएको छ । रविन्द्र हाल भारतमा क्रिकेट अभ्यास गरि रहेका छन् ।

‘इपिएल खेल्न निकै उत्साहित छु । इपिएलमा राम्रो गर्ने सोच छ । इपिएलमा म पहिलो पटक अनुबन्ध भएको हुँ’, रविन्द्रले हाम्रो खेलकुदसँग बोल्दै भने । त्यसैमा उनले थपे, ‘इपिएलमा विदेशी राम्रो खेलाडी आउँछन् । ति विदेशी खेलाडीबाट नयाँ कुरा सिक्न पाउने छु । नेपाली टोलीका सिनियर खेलाडीबाट पनि धेरै कुराहरु सिकिने छ’ ।

‘आफूलाई जुन जिम्मेवारी दिएपनि निर्वाह गर्न हर प्रयास गर्ने छु । नयाँ कुराहरु सिक्न निकै उत्साहित छु’, भारतको जयपुरमा क्रिकेट सिकि रहेका रविन्द्रले भने । रविन्द्रले टोलीमा अनुबन्ध गरेकोमा पोखरालाई धन्यावाद पनि दिए ।

पोखरामा विकेटकिपर विनोद भण्डारी, सुनिल धमला, रित गौतम, किशोर महतो, बिक्रम शोब, बिपिन खत्री, लोकेश बम, पृथु बास्कोटा, विवेक यादव र विपिन रावल लगाएतका खेलाडी छन् । पोखराले यस पटक विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छैन ।

गतवर्ष वेस्टइन्डिजका आक्रामक ब्याट्सम्यान क्रिस गेललाई अनुबन्ध गरेको थियो । तर उनी टि२० विश्वकपको कारण नआउने भएका छन् । इपिएल असोज ९ देखि २३ सम्म टियुमा हुने छ । पोखराले विदेशी खेलाडी सम्झौता अन्तिम चरणमा पुर्याएको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.