4 years ago
August 31, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) विजेताले ५० लाख रुपैयाँ पाउने भएको छ । इपिएलले मंगलबार विजेता र उपविजेताले प्राप्त गर्ने पुरस्कार रकम घोषणा गरेको हो । विजेताले ५० र उप विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।

यो नेपाली क्रिकेट इतिहासकै सर्वाधिक ठूलो पुरस्कार रकम हो । यसअघि नेपाली क्रिकेटमा सर्वाधिक पुरस्कार धनगढी प्रिमियर लिग(डिपिएल) मा ३० लाख थियो । तेस्रो संस्करणको डिपिएल च्याम्पियन सिवाइसी अत्तरियाले ३० लाख र उपविजेता महेन्द्रनगर युनाइटेडले १२ लाख प्राप्त गरेका थिए ।
तेस्रो संस्करणको इपिएलको विजेता ललितपुर प्याट्रियटर्सले २५ लाख र उप विजेता भैरहवा ग्ल्याडियटर्सले १० लाख रुपैयाँ प्राप्त गरेका थिए । २०१९ मा दोस्रो संस्करणको पोखरा प्रिमियर लिग विजेता चितवन राइनोजले २७ लाख र उप विजेता विराटनगर टाइटन्सले १० लाख रुपैयाँ प्राप्त गरेका थिए । चोथो संस्करणको इपिएल असोज ९ देखि २३ सम्म टियु क्रिकेट मैदानमा हुँदै छ ।

प्रतियोगिताम विराटनगर वारियर्स, काठमाडौं किंग्स ११, चितवन टाइगर्स, ललितपुर प्याट्रियट्र्स, भैरहवा ग्ल्याडियटर्स र पोखरा राइनोज गरि ६ सहरका ६ फ्रेन्चाइज टोली छन् । पछिल्लो पटक २०१८ को इपिएलको फाइनलमा ललितपुरले भैरहवालाई १४ रनले हराउँदै उपधि जितेको थियो । यस सिजनमा स्वदेशी खेलाडीको तलब २० प्रतिशतले बढेको थियो । इपिएलको मुख्य प्रायोजकका रुपमा बजाज पल्सर छ । बजाजले इपिएललाई यस संस्करणका लागि २ करोड ५० लाख रुपैयाँ प्रदान गर्ने बुझिएको छ ।
इपिएलको यसपटकको सिजनमा पाकिस्तानी क्रिकेट खेलाडी शाहिद अफ्रिदि काठमाडौँ किंग्स–११ र श्रीलंकाका पूर्वकप्तान दिनेश चण्डीमाल भैरहवा ग्ल्याडिएटर्सबाट खेल्ने सम्बन्धित टोलीले यसअघि नै जानकारी गराइसकेका छन् । चितवनबाट अफगानिस्तानका ओपनर मोहम्मद शाहजाद, मलेसिया, विरनदीप सिंह, पाकिस्तानक दानिस अजिज र श्रीलंका सिक्कुगे प्रसन्ना रहेका छन् ।
ललितपुरमा इंग्ल्यान्डका एलेक्स ब्लेक र भुटानका रञ्जंग मिक्यो दोर्जी छन् । पोखराले भने विदेशी खेलाडी सार्वजनिक गरेको छैन । विराटनगरबाट जिम्बावेका अलराउन्डर सिकन्दर राजाले खेल्ने छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]