default_image

4 years ago

August 31, 2021

स्टेनद्वारा सन्न्यासको घोषणा

161 views

0 Bookmark

एजेन्सी – दक्षिण अफ्रिका चर्चित तीब्र गतिका बलर डेल स्टेनले अन्तर्राष्ट्रिय सबै क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । ३८ वर्षिय स्टेनले मंगलबार अन्तर्राष्ट्रिय सबै क्रिकेटबाट सन्न्यास लिएको जनाएका छन् । स्टेनले दुई वर्षअघि टेस्टबाट सन्न्यास लिएका थिए ।

स्टेनले सन् २००४ मा इंग्ल्यान्डविरुद्ध टेष्टमा डेब्यू गरेका थिए । उनले ९३ टेस्टको १ सय ७१ इनिङमा ३.२४ को इकोनमिमा रन खर्चिदै कुल ४ सय ३९ विकेट लिएका छन् । उनको सर्वोत्कृष्ट प्रदर्शन ७-५१ छ । अन्तिम टेस्ट खेल २०१९ को फेब्रुअरीमा श्रीलंकाविरुद्ध खेलेका थिए ।

स्टेनले २००५ मा दक्षिण अफ्रिका ११ बाट एसिया ११ विरुद्ध ओडिआईमा डेब्यू गरेका थिए । अन्तिम खेल २०१९ मा श्रीलंकाविरुद्ध खेलेका थिए । स्टेनले १ सय २५ वान डे खेलमा १ सय ९६ विकेट लिएका छन्। उत्कृष्ट प्रदर्शन ६-३९ छ ।

टि२० आईमा २००७ मा न्युजिल्यान्डविरुद्ध डेब्यू गरेका थिए । अन्तिम खेल २०२० फेब्रुअरीमा अष्ट्रेलियाविरुद्ध खेलेका थिए । ४७ टि२० मा ६४ विकेट लिए । २ सय २८ टि२० खेलमा २ सय ६३ विकेट लिए । स्टेन तीव्र गतिसँगै बाउन्सका लागि चर्चित बलर थिए । दक्षिण अफ्रिका एक उत्कृष्ट सफल बलरको रुपमा आफ्नो करीअर अन्त्य गरेका थिए । सन् २००५ देखि २०१५ को अवधि सम्म उनले विश्व क्रिकेटमा प्रभुत्व जमाएका थिए ।

स्टेन २००८ देखि २०१४ सम्म टेस्ट वरीयता बलिङमा शीर्षस्थानमा थिए । स्टेन दक्षिण अफ्रिकाबाट टेस्टमा सर्वाधिक विकेट लिने बलर हुन् । ओडिआईमा सर्वाधिक विकेट लिने सूचिमा दक्षिण अफ्रिकाबाट पाँचौ स्थानमा पर्दछन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.