default_image

4 years ago

August 31, 2021

मुम्बईसँग ओमानको लज्जास्पद हार

159 views

0 Bookmark

एजेन्सी – मुम्बईसँग दोस्रो एकदिवसिय अभ्यास खेलमा ओमान २ सय ३१ रनको फराकिलो अन्तरले पराजित भएको छ । योसँगै तीन एकदिवसिय अभ्यास खेलको सिरिज मुम्बईले एक खेल अगावै २–० ले जितेको छ ।

जितको लागि ३ सय १ रनको बलियो विजयी लक्ष्य पछ्याएको ओमान २२.५ ओभरमा मात्र ६९ रनमा अल आउट हुन पुग्यो । ओमानका मोहम्मद नदिमले ६२ बलमा ३ चौका र १ छक्का सहित सर्वाधिक ३५ रन बनाए । ओमानका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनर शोहिब खान १०, जतिन्दर सिंह शून्य, कप्तान अकिब इलायस ८, सन्दीप गौड र सुरज कुमारले खाता खोल्न सकेनन् ।

मुम्बईका तीव्र गतिका बलर मोहित अवस्थीले ६ ओभरमा ३१ रन खर्चेर ४ विकेट लिए । ध्रुमिल मतकरले ५.५ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । दीपक सिठ्ठी दुई र अमन खानले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको मुम्बईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय रन बनाएको थियो । मुम्बईका लागि अर्मान जफारले १ सय १४ बलमा ११ चौका र ३ छक्का सहित १ सय २२ रनको शतकीय इनिङ खेले । सुजित नायक ७० बलमा ६ चौका सहित ७३ रनमा अविजित रहे । चिमानी सुतार ३७ र यशस्वी जैसवाल २७ रनमा आउट भए ।

ओमानका मोहम्मद नदीमले ९ ओभरमा ६७ रन खर्चेर ४ विकेट लिए । निस्टर धम्बाले २, अकिब इलायस र कलिमुल्लाहले एक एक विकेट लिए । मुम्बईसँगको अन्तिम तथा तेस्रो अभ्यास खेल बिहिबार हुने छ ।

यसअघि तीन टि२० खेलको सिरिज मुम्बईले २- १ ले गुमाएको थियो । ओमानले टि२० विश्वकप र आइसिसी विश्वकप लिग–२ अन्तर्गत दुई त्रिकोणात्मक ओडिआई सिरिजको लागि मुम्बईसँग समान तीन टि२० र तीन एकदिवसय सिरिज खेलेको हो ।

नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक सिरिज १३ सेप्टेम्बर देखि २० सम्म चल्ने छ । त्यसपछि पपुपा न्युगिनी र स्कटल्यान्डसँग ओमानले ओडिआई त्रिकोणात्मक सिरिज खेल्ने छ । नेपाल र ओमानबीचको पहिलो खेल भदौ २९ (सेप्टेम्बर १४ ) मा हुने छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.