4 years ago
August 31, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र पपुवा न्युगिनीबीचको दुई ओडिआई खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्सले गर्ने भएको छ । आइसिसी विश्वकप लिग २ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक ओडिआई खेलको सिरिजको लागि तयारी स्वरुप नेपालले पिएनजीसँग दुई ओडिआई खेल खेल्न लागेको हो ।

नेपाल क्रिकेट संघ (क्यान) र डिश मिडिया नेटवर्क प्रा.ली बीच मंगलबार सम्झौता भएको छ । क्यानका कोषाअध्यक्ष रोशन कुमार सिंह र डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदीप आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
एक्सन स्पोर्ट्सले गत पुषमा भएको महिला प्रधानमन्त्री कप, माघमा भएको प्रधानमन्त्री कप पुरुष, फागुनमा काठमर्डौ मेयर्स कप र चैतमा ललितपुर वुमन च्याम्पियनसिप प्रतियोगिता सफल रुपमा प्रत्यक्ष प्रसारण गरि सकेको छ ।
नेपाल र पिएनजीबीचको पहिलो खेल भदौ २० र दोस्रो खेल भदौ २३ (सेप्टेम्बर ५ र ८) मा हुने छ । नेपाली टोली भदौ ८ मा ओमान प्रस्थान गरेको थियो । हाल नेपाली टोली ओमानमा प्रशिक्षणमा व्यस्त छ ।
खेल तालिका र नेपाली समय अनुसार
भदौ २० : नेपालविरुद्ध पिएनजी पहिलो ओडिआई, दिउँसो ११ः१५ बजे
भदौ २३ : नेपालविरुद्ध पिएनजी पहिलो ओडिआई, दिउँसो ४ : १५ बजे
आइसीसी विश्वकप लिग २ का खेलहरु:
भदौ २८ : नेपालविरुद्ध अमेरिका, दिउँसो ४ : १५
भदौ २९ : नेपालविरुद्ध ओमान, दिउँसो ४ : १५
अजोस १ : नेपालविरुद्ध अमेरिका, दिउँसो ४ : १५
असोज ३ : नेपालविरुद्ध ओमान, दिउँसो ४ : १५
नेपालको टोली : ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, अविनाश बोहरा, सुशान भारी, शरद भेषावकर, विक्रम सोब, पवन सरार्फ र रोहित कुमार पौडेल ।
प्रशिक्षक : देभ ह्वाटमोर
व्यवस्थापक मोहम्मद दाउद अन्सारी
टेक्निकल एनालिष्ट रमन शिवाकोटी
फिजियो विक्रम न्यौपाने
ट्रेनर : राकेश काशिभाई गोहिल
विश्वकप लिग २ अंक तालिका
ओमान १० खेलमा ८ मा जित र २ मा हार सहित १६ अंकका साथ शीर्ष स्थानमा छ । अमेरिका १२ खेलमा ६ मा जित र ६ मा हार सहित १२ अंक जोड्दै दोस्रो स्थानमा छ । स्कटल्यान्ड ८ खेलमा ४ मा जित र ३ मा हार सहित ९ अंकका साथ तेस्रो स्थानमा छ । एक खेल वर्षाको कारण रद्ध भएको थियो ।
नामिबिया ७ खेलमा ४ मा जित र ३ मा हार सहित ८ अंक सहित चौथो स्थानमा छ । युएई ७ खेलमा समान ३ मा जित र ३ मा हार सहित ७ अंक जोड्दै पाँचौं स्थानमा छ । एक खेल रद्ध हुन पुगेको थियो । नेपाल ४ खेलमा २ मा जित र २ मा हार सहित ४ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ८ खेलमानै हारका साथ अंक विहिन हुँदै पुछारमा छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]