default_image

3 years ago

September 29, 2021

पोखराले पहिला बलिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा बुधबार हुने पहिलो खेल ललितपुर प्याट्रियटर्सविरुद्ध पोखरा राइनोजले पहिला बलिङ गर्ने भएको छ । टियु मैदानमा भएको टसमा पोखरा कप्तान विनोद भण्डारीले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । भिजेको आउटफिल्डको खेल निर्धारित समय भन्दा दुई घण्टा भन्दा ढिला सुरु हुने भएपछि […]

26 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा बुधबार हुने पहिलो खेल ललितपुर प्याट्रियटर्सविरुद्ध पोखरा राइनोजले पहिला बलिङ गर्ने भएको छ । टियु मैदानमा भएको टसमा पोखरा कप्तान विनोद भण्डारीले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् ।

भिजेको आउटफिल्डको खेल निर्धारित समय भन्दा दुई घण्टा भन्दा ढिला सुरु हुने भएपछि ओभर घटाइएको छ । खेल ७-७ ओभरको हुनेछ । दुबै टोलीका कप्तान, प्रशिक्षक र अम्पायरबीचको लामो छलफलपछि खेल खेल्ने निर्णय लिएका हुन् । खेल १२ बजेदेखि सुरु हुनेछ ।

युवा ब्याट्सम्यान रित गौतमले खेलमा डेब्यू गरेका छन् । पोखराले आजको खेलमा विपिन रावल र असेला गुणरत्नेलाई बाहिर छन् । रित गौतम र साहन आर्चचिगेलाई मौका दिएको छ । ललितपुरले आजको खेल दुई परिवर्तन गरेको छ । स्पिनर ललित नारायण राजवंशी र भुटानका मिक्यो दोर्जीलाई बाहिर राखेको छ । सन्दीप जोरा र अजमतुल्लाह ओमरजाईलाई खेलाएको छ ।

आज दोस्रो खेलमा भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारियर्सबीचको खेल हुनेछ । वर्षा र भिजेको आउटफिल्डको कारण सोमबार र मंगलबारका खेल लगातार स्थगित भएपछि इपिएलले २४ घण्टा बित्न नपाउँदै दुई पटक खेल तालिका परिवर्तन गरेको थियो । इपिएलले सोमबार राती नयाँ तालिका सार्वजनिक गरेको थियो । तर मंगलबारको पनि खेल हुन नसकेपछि पुन नयाँ तालिका सार्वजनिक गरेको थियो। सोमबार तालिका अनुसार चितवन टाइगर्सले लगातार चार खेल खेल्नुपर्ने थियो । इपिएलले एक पटक स्थगित भएका खेलहरु अब वर्षाको कारण पुनः स्थगित भएमा अंक बाँडिने जनाएको छ ।

बुधबार र बिहिबार पनि काठमाडौंमा वर्षाको सम्भावना छ । मंगलबार पोखरा र काठमाडौंबीचको खेल स्थगित भएको थियो । सोमबार पहिलो खेलमा काठमाडौं र विराटनगर तथा भैरहवा ग्ल्याडियटर्स र चितवन टाइगर्सबीचको खेल स्थगित भएको थियो । आइतबार दोस्रो खेलमा पोखरा भैरहवाबीचको खेल वर्षाको कारण रद्ध भएको थियो । भैरहवा र पोखराबीचको खेल दुबै टोलीले अंक बाँडेका थिए ।

ललितपुरको प्लेइङ ११ :

कुशल भुर्तेल (कप्तान) सन्दीप जोरा, राशिद खान, पवन सरार्फ, योगेन्द्रसिंह कार्की, रिजन ढकाल, शंखर राना, नारायण जोशी, सन्दुन वीराक्कोडी, ओशदा फर्नान्डो, अजमतुल्लाह ओमरजाई ।

पोखरा प्लेइङ ११ :

विनोद भण्डारी (कप्तान), सुनिल धमला, रित गौतम, विक्रम सोब, लोकेश बम, विवेक यादव, रिचर्ड लेभी, केस्रिक विलियम्स, सहान अर्चाचिगे, नन्दन यादव र सुशान भारी ।

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.