default_image

3 years ago

October 9, 2021

साविक विजेता मुम्बई लिग चरणबाटै बाहिरियो

एजेन्सी – साविक विजेता तथा पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को लिग चरणबाटै बाहिरिएको छ । शुक्रबार राति अन्तिम खेलमा सनराइजर्स हैदराबादलाई ४२ रनले पराजित गरेपनि नेट रनरेटको आधारमा कोलकता भन्दापछि पर्दै बाहिरिएको हो । जितको लागि २ सय ३६ रनको विशाल विजयी लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट […]

69 views

0 Bookmark

एजेन्सी – साविक विजेता तथा पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को लिग चरणबाटै बाहिरिएको छ । शुक्रबार राति अन्तिम खेलमा सनराइजर्स हैदराबादलाई ४२ रनले पराजित गरेपनि नेट रनरेटको आधारमा कोलकता भन्दापछि पर्दै बाहिरिएको हो ।

जितको लागि २ सय ३६ रनको विशाल विजयी लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९३ रन बनायो । मुम्बईलाई प्लेअफमा पुग्न हैदराबादलाई ६५ रनमा अल आउट अर्थात १ सय ७१ रनले हराउने पर्ने समीकरण थियो । हैदराबादका कप्तान मनिष पाण्डे ४१ बलमा ७ चौका र २ छक्का सहित सर्वाधिक ६९ रनमा अविजित रहे ।

अभिषेक शर्मा १६ बलमा ४ चौका र १ छक्का सहित ३३ रनमा क्याच आउट भए । जेसन रोय २१ बलमा ६ चौका सहित ३४ रनमा क्याच आउट भए । प्रियम गर्ग २९, राशिद खान ९ र मोहम्मद नाबी ३ रनमा आउट भए । मुम्बईका जेम्श निशम, नाथन कुल्टर नाइल, जस्प्रित बुमराहले २-२ विकेट लिए । ट्रेन्ट बोल्ट र पियुष चवला नाममा १–१ विकेट रह्यो ।

त्यसअघि आबूधाबीमा टस जितेर पहिला ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३५ रन बनाएको थियो । मुम्बईले आफ्नो इतिहासकै सर्वाधिक ठूलो योगफल बनाएको हो । यसअघि २०१७ मा मुम्बईले पन्जाब किंग्सविरुद्ध २ सय २३ रन बनाएको थियो । आइपिएल इतिहासकै सर्वाधिक योगफल भने २०१३ मा रोयल च्यालेन्जर्स बेंगलोरले पुणे वारियर्सविरुद्ध २ सय ६३ रन बनाएको थियो ।

मुम्बईका ओपनर ईशान किशनले ३२ बलमा ११ चौका र ४ छक्का सहित सर्वाधिक ८४ रनको योगदान दिए । सूर्यकुमार यादवले ४० बलमा १३ चौका र ३ छक्का सहित ८२ रनमा क्याच आउट भए । तीव्र गतिका बलर उमरन मलिकको दशौं ओभरको पहिलो बलमा एज लागेर विकेटकिपर ऋद्धिमान शाहबाट क्याच आउट हुन पुगेका थिए ।

ईशान किशनले चौथो ओभरको अन्तिम बलमा जेसन होल्डरलाई चौका प्रहार गर्दै १६ बलमै अर्धशतक पूरा गरेका थिए । आइपिएल इतिहासमा सर्वाधिक छिटो बलमा अर्धशतक प्रहार गर्ने चौथो खेलाडी हुन् । यसअघि २०१८ मा पन्जाब किंग्सबाट दिल्ली क्यापिटल्सविरुद्ध १४ बलमै अर्धशतक पूरा गरेका थिए । कोलकता नाइट राइडर्सका युसुफ पठान सुनिल नारायणले १५–१५ बलमा अर्धशतक पूरा गरेका थिए । त्यस्तै सुरेश रैनाले १६ बलमा अर्धशतक प्रहार गरेका थिए ।

मुम्बईलाई ओपनर रोहित शर्मा र ईशान किशले पहिलो विकेटका लागि मात्र ५.३ ओभरमा ८० रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । राशिद खानको बलमा रोहित मोहम्मद नाबीबाट १८ रनमा क्याच आउट भए । उनले १३ बलमा ३ चौका प्रहार गरे । हार्दिक पान्ड्या १० रनमा क्याच आउट भए ।


काइरन पोलार्ड पनि १३ रनमा क्याच आउट भए । पोलार्ड अभिषेश शर्माको १३ औं ओभरको पाँचौं बलमा जेसन रोयबाट क्याच आउट भएका थिए । लगत्तै अर्को बलमा जेम्स निशम शून्यमा क्याच आउट भए । क्रुनाल पान्ड्या ९, नानथ कुल्टर नाइल ३ र जस्प्रित बुमराहले ५ रन बनाए ।

हैदराबादका जेसन होल्डरले ४ ओभरमा ५२ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । राशिद खान र अविषेक शर्माले २–२ विकेट लिए । उमरन मलिकले १ विकेट लिए ।

यसअघि मुम्बईले २०१३, २०१५, २०१७, २०१९, २०२० मा उपाधि जितेको थियो । कोलकता र मुम्बईको समान अंक भएपनि नेटरनरेटले पछि पर्दै पाँचौं स्थानमा रहेर बाहिरिएको हो । आइपिएल पहिलो क्वालिफायरमा आइतबार शीर्षस्थानमा दिल्ली र दोस्रो स्थानको चेन्नईबीच प्रतिस्पर्धा हुनेछ । सोमबार एलिमिनेटमा बेंगलोर र कोलकताबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो क्वालिफायर बुधबार र फाइनल शनिबार हुनेछ ।

अंक तालिका

दिल्ली क्यापिटल्स १४ खेलमा १० मा जित र ४ मा हार सहित २० अंकका साथ शीर्षस्थानमा रह्यो । चेन्नई सुपर किंग्स १४ खेलमा ९ जित र ५ मा हार सहित १८ अंकका साथ दोस्रो स्थानमा छ । रोयल च्यालेन्जर्स बेंगलोर १४ खेलमा ९ मा जित र ५ मा हार सहित १८ अंकका साथ नेट रनरेटका आधारमा तेस्रो स्थानमा छ । कोलकाता १४ खेलमा ७ जित र ७ मा हार सहित १४ अंकका साथ चौथो स्थानमा छ । मुम्बई १४ खेलमा ७ मा जित र ७ मा हार सहित १४ अंकका साथ पाँचौं स्थानमा रह्यो ।

कोलकता नेटरनरेट प्लस ०.५८७ हुँदा मुम्बईको प्लस ०.११६ रह्यो । पन्जाब १४ खेलमा ६ मा जित र ८ मा हार सहित १२ अंकका साथ छैटौं स्थानमा लिग समाप्त गरेको छ । राजस्थान रोयल्स १४ खेलमा ५ मा जित र ९ मा हार सहित १० अंकका सातौं स्थानमा छ । सनराइजर्स हैदराबाद १४ खेलमा ११ मा हार र ३ मा जित सहित ६ अंकका साथ पुछारमा रह्यो ।

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.