default_image

4 years ago

November 2, 2021

पाकिस्तान टि२० विश्वकपको सेमिफाइनलमा

180 views

0 Bookmark

एजेन्सी – पाकिस्तानले लगातार चौथो जितको साथ आइसिसी टि२० विश्वकप २०२१ को सेमिफाइनलमा पुगेको छ । मंगलबार राती सुपर १२ को २ मा रहेको पाकिस्तानले नामिबियालाई ४५ रनले हराउँदै पाँचौं पटक टि२० विश्वकपको सेमिफाइनलमा पुगेको हो ।

जितको लागि १ सय ९० रनको विजयी लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४४ रन बनायो ।नामिबियाका लागि डेविड विसे ३१ बलमा ३ चौका र २ छक्का सहित सर्वाधिक ४३ रनमा अविजित रहे । क्रेग विलियम्सले ३७ बलमा ५ चौका र १ छक्का सहित ४० रनको योगदान दिए ।

ओपनर स्टेफन ब्रान्ड २९ बलमा १ चौका र १ छक्का सहित २९ रनमा रन आउट भए । कप्तान गेरहार्ड इरास्मस १५ र जेजे स्मित २ रनमा आउट भए । पाकिस्ताानका हसन अली, ईमाद वासिम, हरि रौफ र शादब खानले १–१ विकेट लिए ।

शेख जायद स्टेडिम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ८९ रन बनायो । पाकिस्तानका ओपनर मोहम्मद रिजवान ५० बलमा ८ चौका र ४ छक्का सहित सर्वाधिक ७९ रनमा अविजित रहे ।

रिजवानले अन्तिम ओभरमा जेजे स्मितलाई ४ चौका र १ छक्का सहित कुल २४ रन जोडेका थिए । कप्तान बाबर आजम ४९ बलमा ७ चौका सहित ७० रनको योगदान दिए । मोहम्मद हफिज १६ बलमा ५ चौका सहित ३२ रनमा अविजित रहे । पाकिस्तानलाई ओपनर बाबर आजम र रिजवानले १४.२ ओभरमा १ सय १३ रनको साझेदारी गर्दै सुरुवात दिलाएका थिए । डेविड विसे ले बाबरलाई क्याच गराउँदै साझेदारी तोडेका थिए । फखार जमान ५ रनमा आउट भए ।

नामिबियाले उत्कृष्ट बलिङका साथ पहिलो पावर प्ले अर्थात सुरुवाती ६ ओभरमा मात्र २९ रन दिएको थियो । सुरुवाती १० ओभरमा पाकिस्तानले कुनै विकेट नगुमाउँदै ५९ रन जोडेको थियो । पाकिस्तानले अन्तिम १० ओभरमा १ सय ३० रन जोड्दै विशाल योगफल बनाएको हो । नामिबियाका डेविड विसे र जान फ्रिलिंकले १–१ विकेट लिए ।

पाकिस्तान पाँचौं पटक सेमिफाइनलमा पुगेको हो । २००७ को टि२० विश्वकप फाइनलमा भारतसँग ५ रनले पराजित हुँदै उपविजेता बनेको थियो । पाकिस्तानले २००९ को विश्वकप फाइनलमा श्रीलंकालाई ८ विकेटले हराउँदै उपाधि जितेको थियो । २०१० र २०१२ विश्वकपमा पाकिस्तान सेमिफाइनलबाट बाहिरिएको थियो । पाकिस्तान ४ खेलमा ४ मानै जितका साथ शीर्ष स्थानमा छ । अन्तिम खेलमा पाकिस्तानले स्कटल्यान्डसँग आइतबार खेल्नेछ ।

उक्त खेलमा विजयी भएमा समूह विजेता हुनेछ । पराजित भएमा पनि नेटरनरेटको आधारमा विजेता बन्ने निश्चित जस्तै बनेको छ । समूह २ मा अव ८ अंकको दौंडमा न्युजिल्यान्ड मात्र बाँकी छ । पाकिस्तानले पहिलो खेलमा भारतलाई १० विकेट, दोस्रो खेलमा न्युजिल्यान्ड र तेस्रो खेलमा अफगानिस्तानलाई समान ५–५ विकेटले हराएको थियो ।

न्युजिल्यान्डले अफगानिस्तालाई हराएको खण्डमा सेमिफाइनल खेल्ने लगभग निश्चित जस्तै छ । न्युजिल्यान्डले जित्दा भारत र अफगानिस्तान स्वत बाहिरिने छन् । भारत भने समूह चरणबाटै बाहिरिने उच्च सम्भावना छ । अन्तिम खेलमा न्युजिल्यान्डलाई हराउन सके अफगानिस्तान सेमिफाइनलमा जानेछ । न्युजिल्यान्ड र अफगानिस्तानबीचको खेल आइतबार हुनेछ । न्युजिल्यान्डले अव नामिबिया र स्कटल्यान्डसँग खेल्ने बाँकी छ । भारतले अफगानिस्तान, नामिबिया र स्कटल्यान्डसँग खेल्नेछ ।

अंक तालिका

सुपर १२ को समूह १ मा इंग्ल्यान्ड ४ खेलमा ४ मानै जितका साथ ८ अंक जोड्दै शीर्षस्थानमा छ । दक्षिण अफ्रिकाको ४ खेलमा ३ मा जित र १ मा हार सहित समान ६ अंकका साथ दोस्रो स्थानमा छ । अष्ट्रेलिया ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंकका साथ तेस्रो स्थानमा छ । श्रीलंका ४ खेलमा १ मा जित र ३ मा हार सहित चौथो स्थानमा छ । वेस्टइन्डिज ३ खेलमा १ मा जित र २ मा हार सहित पाँचौ स्थानमा छ । बंगलादेश ४ खेलमा ४ मानै पराजित हुँदै पुछारमा छ । श्रीलंका र बंगलादेश बाहिरि सकेका छन् ।

सुपर १२ को समूह २ मा पाकिस्तान ४ खेलमा ४ मानै जितका साथ शीर्ष स्थानमा छ । अफगानिस्तान ३ खेलमा २ मा जित र १ मा हार सहित दोस्रो स्थानमा छ । न्युजिल्यान्ड २ खेलमा १ मा जित र १ मा हार सहित तेस्रो स्थानमा छ । नामिबिया ३ खेलमा १ मा जित र २ मा हार सहित चौथो स्थानमा छ । समान २ खेल खेलेका भारत र स्कटल्यान्ड अंक विहीन हुँदै पाँचौं र छैटौं स्थानमा छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.