4 years ago
November 3, 2021
एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ मा आज भारत र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ मा शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुनेछ । आजको खेलमा अफगानिस्तानले भारतलाई हराउँदै सेमिफाइनलको सम्भावना बलियो बनाउन चाहन्छ ।

अंक गणीतिय झिनो आशा कायमै राख्न भारतलाई आजको खेलमा जित्नै पर्ने दबाबमा छ । आजको खेलमा भारत पराजित भएमा लगातार तेस्रो हारका साथ प्रतियोगिताबाट बाहिरिने छ । सुपर १२ को २ मा पाकिस्तान सुरुवाती ४ खेलमा जितका साथ सेमिफाइनलमा पुगि सकेको छ । भारत पहिलो खेलमा पाकिस्तानसँग १० विकेट र दोस्रो खेलमा न्युजिल्यान्डसँग ८ विकेटले पराजित भएपछि समूह चरणबाटै बाहिरिने संघारमा छ । भारतलाई ब्याटिङमा विशेष सुधार र जिम्मेवारी प्रदर्शनका साथ ब्याटिङ गर्न आवश्यक देखिन्छ । न्युजिल्यान्डसँग भारतले २० ओभरमा १ सय १० रन मात्र बनाउन सकेको थियो ।
भारतले न्युजिल्यान्डसँग ईशान किशन र लोकेश राहुललाई ओपनिङ गराएको थियो । आजको खेलमा राहुल र रोहित शर्मालाई ओपनिङ गराउने सम्भावना छ । ईशान किशन र विराट कोहलीले चौथो नम्बरमा ब्याटिङ गर्नेछन् । शीर्ष चार ब्याटरको उत्कृष्ट प्रदर्शन विना भारतलाई जितको लागि कठिन पर्ने देखिन्छ । ऋषभ पन्त र हार्दिक पान्ड्यालाई आफ्नो शैलीको आक्रामक ब्याटिङ गर्न आवश्यक देखिन्छ । रविन्द्र जडेजा, रविचन्द्रन आश्विन र शार्दूल ठाकुर तल्लोक्रममा रहनेछन् । स्पिनर बरुण चक्रवर्तीको स्थानमा आश्विनलाई मौका दिने सम्भावना उच्च छ ।

यसअघिका दुबै खेलमा भारतले दुई मात्र विकेट लिएको छ । ती दुबै विकेट जस्प्रित बुमराहले न्युजिल्यान्डविरुद्ध लिएका थिए । मोहम्मद शामी, शार्दुल र बुमराह बलिङ हतियार हुन् । ब्याटिङ मात्र होईन भारतको यस विश्वकपमा बलिङ पनि कमजोर छ । सुरुवाती दुई खेलको हारले भारतलाई दबाबमा छ । भारतलाई उच्च मनोबलका साथ खेल्न आवश्यक देखिन्छ । विशेष गरि आक्रामक शैलीमा खेल्न आवश्यक छ । सुरुवाती दुई खेलमा भारतका ब्याटर बाउन्ड्री प्रहार गर्न संघर्ष गरि रहेका छन् । भारतलाई दबाब छाडेर स्वतन्त्र रुपमा आफ्नो शैली र स्तरको खेल खेल्न आवश्यक देखिन्छ ।
यता अफगानिस्तान उत्कृष्ट स्पिन आक्रामणको साथ भारतलाई पहिलो पटक हराउँदै सेमिफाइनल सम्भावना बलियो बनाउन चाहन्छ । राशिद खान, मुजिब उर रहमान र मोहम्मद नाबीको स्पिन आक्रमणमा भारत स्तब्ध हुन सक्छ । स्पिनविरुद्ध भारतीय ब्याटरको प्रदर्शन निकै कमजोर छ । पाकिस्तानका स्पिनर शादब खानले ४ ओभरमा २२ रन खर्चेर १ विकेट र ईमाद वासिमले २ ओभरमा १० रन खर्चेका थिए । न्युजिल्यान्डका स्पिनर मिचेल सान्टनरले ४ ओभरमा १५ रन र ईश सोधीले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिएका थिए ।

अफगानिस्ताको मुख्य हतियारनै स्पिन आक्रामण हो । उत्कृष्ट स्पिनरको सहयोगमा भारतलाई पहिलो पटक हराउने सोचमा छ । मैदान पनि स्पिनर उपयोगी मानिन्छ । ब्याटिङमा पनि अफगानिस्तानले राम्रो प्रदर्शन गर्दै आएका छन् । ओपनर मोहम्मद शाहाजाद, हज्रतुल्लाह जजाई, रहमानउल्लाह गुर्बाज र नाजिब उल्लाहजद्रान शीर्षक्रमका ब्याटर हुन् । यी चारै ब्याटरले राम्रो प्रदर्शन गर्दै आएका छन् । जजाई र गुर्बाज नायक बन्न सक्छन् । राशिद खान र मोहम्मद नाबी पनि तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् । तीव्र गतिका बलर नविन उल हक र हामिद हसन राम्रो लयमा छन् ।
हेड टु हेड :
भारतले अफगानिस्तानसँग दुई पटक टि२० विश्वकप खेलेको छ । दुबै खेलमा भारत विजयी भएको छ । दुबै खेलमा चक्रवर्तीले कमजोर प्रदर्शन गरेका छन् । २०१२ मा २३ रन र २०१० मा अफगानिस्तानलाई ७ विकेटले हराएको थियो ।
अफगानिस्तानको टोली :
हज्रातुल्लाह जजाई, मोहम्मद शाहजाद (विकेटकिपर), रहमानउल्लाह गुर्बाज, नाजिबुल्लाह जद्रान, मोहम्मद नाबी (कप्तान), अस्गर अफगान, गुलबदीन नाबी, राशिद खान, करिम जन्नत, नविन उलहक,मुजिब उर रहमान, हश्मतुल्लाह शाहिदी, उस्मान घानी, फ्रिद अहमद र हामिद हसन ।
भारतको टोली :
विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), लोकेश राहुल, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेटकिपर), ईशान किशन (विकेटकिपर), हार्दिक पान्ड्या, रविन्द्र जडेजा, राहुल चाहर, रविचन्द्रन आश्विन, शार्दूल ठाकुर, बरुण चक्रवर्ती, जस्प्रित बुमराह, भुवनेश्वर कुमार र मोहम्मद शामी
अंक तालिका
सुपर १२ को समूह १ मा इंग्ल्यान्ड ४ खेलमा ४ मानै जितका साथ ८ अंक जोड्दै शीर्षस्थानमा छ । दक्षिण अफ्रिकाको ४ खेलमा ३ मा जित र १ मा हार सहित समान ६ अंकका साथ दोस्रो स्थानमा छ । अष्ट्रेलिया ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंकका साथ तेस्रो स्थानमा छ । श्रीलंका ४ खेलमा १ मा जित र ३ मा हार सहित चौथो स्थानमा छ । वेस्टइन्डिज ३ खेलमा १ मा जित र २ मा हार सहित पाँचौ स्थानमा छ । बंगलादेश ४ खेलमा ४ मानै पराजित हुँदै पुछारमा छ । श्रीलंका र बंगलादेश बाहिरि सकेका छन् ।
सुपर १२ को समूह २ मा पाकिस्तान ४ खेलमा ४ मानै जितका साथ शीर्ष स्थानमा छ । अफगानिस्तान ३ खेलमा २ मा जित र १ मा हार सहित दोस्रो स्थानमा छ । न्युजिल्यान्ड २ खेलमा १ मा जित र १ मा हार सहित तेस्रो स्थानमा छ । नामिबिया ३ खेलमा १ मा जित र २ मा हार सहित चौथो स्थानमा छ । समान २ खेल खेलेका भारत र स्कटल्यान्ड अंक विहीन हुँदै पाँचौं र छैटौं स्थानमा छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]