4 years ago
November 3, 2021
एजेन्सी – ओपनर मार्टिन गुप्टिलको उत्कृष्ट ब्याटिङमा न्युजिल्यान्डले आइसिसी टि२० विश्वकप २०२१ मा स्कटल्यान्डलाई १ सय ७३ रनको बलियो विजयी लक्ष्य दिएको छ ।

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७२ रन बनायो । न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिलले ५६ बलमा ६ चौका र ७ छक्का सहित सर्वाधिक ९३ रनको योगदान दिए । ब्राडली व्हीलले १९ औं ओभरको तेस्रो बलमा कलम म्याकलडबाट क्याच गराएपछि गुप्टिल शतक बनाउन चुकेका थिए । ग्लेन फिल्पिस ३७ बलमा १ छक्का सहित ३३ रनमा क्याच आउट भए ।
खराब सुरुवात गरेको न्युजिल्यान्डलाई चौथो विकेटका लागि गुप्टिल र फिलिप्सले १ सय ५ रनको महत्वपूर्ण शतकीय साझेदारी गर्दै बलियो योगफलमा पुर्याएका थिए । पाँचौं ओभरमा न्युजिल्यान्डले प्रमुख दुई विकेट गुमाएको थियो । पाँचौं ओभरको पहिलो बलमा सफ्यान शारीफले १३ रनमा एलबीडब्लू आउट गर्दै स्कटल्यान्डलाई पहिलो सफलता दिलाएका थिए ।
चार बलपछि कप्तान केन विलियम्सन शून्यमा म्याथ्यु क्रसबाट क्याच आउट भएका थिए । मार्क वाटले छैटौं ओभरको पहिलो बलमा डेवन कन्वेलाई १ रनमा क्रसबाटै क्याच गराएपछि ५२–३ को कमजोर अवस्थामा पुगेको थियो । जेम्श निसम ८ र मिचेल सान्टनार २ रनमा अविजित रहे ।
स्कटल्यान्डका सफ्यान शारिफले ४ ओभरमा २८ रन खर्चेर सर्वाधिक २ विकेट लिए । ब्राडली व्हीलले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए । मार्क वाटले ४ ओभरमा १३ रन खर्चेर १ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]