default_image

4 years ago

November 3, 2021

स्कटल्यान्डमाथि न्युजिल्यान्डको कठिन जित

126 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ मा न्युजिल्यान्डले स्कटल्यान्डलाई १६ रनले पराजित गरेको छ । सुपर १२ को समूह २ मा रहेको न्युजिल्यान्डले दोस्रो जितका साथ सेमिफाइनल सम्भावना बलियो बनाएको छ ।

जितको लागि १ सय ७३ रनको विजयी लक्ष्य पछ्याएको स्कटल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५६ रन बनायो । स्कटल्यान्डका माइकल लिस्क २० बलमा ३ चौका र ३ छक्का सहित ४२ रनमा अविजित रहे ।

विकेटकिपर म्याथ्यु क्रसले २९ बलमा ५ चौका सहित २७ रन जोडे । क्रसले तीव्र गतिका बलर एडम मिल्नेलाई छैटौं ओभरमा लगातार पाँचा चौका प्रहार गरेका थिए । ओपनर जर्ज मुन्शेले १८ बलमा २ छक्का र १ चौका सहित २२ रनमा आउट भए । कप्तान काइल कोट्जर १७, रिची बेरिङ्टनले २० रन बनाए ।

स्कटल्यान्डले राम्रो सुरुवात गरेपनि त्यसलाई निरन्तरता दिन नसक्दा जित निकाल्न नसकेको हो । एक समय समय स्कटल्यान्डले ७.५ ओभरमा ६६–२ को अवस्थामा थियो । तीव्र गतिका बलर ट्रन्ट बोल्टले कोट्जरलाई टिम साउथीलाई क्याच गराएपछि न्युजिल्यान्ड खेलमा फर्किएको थियो ।
न्युजिल्यान्डका तीव्र गतिका बलर ट्रेन्ट बोल्टले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । ईश सोधीले ४ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । टिम साउथीले १ विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७२ रन बनाएको थियो । न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिलले ५६ बलमा ६ चौका र ७ छक्का सहित सर्वाधिक ९३ रनको योगदान दिए । ब्राडली व्हीलले १९ औं ओभरको तेस्रो बलमा कलम म्याकलडबाट क्याच गराएपछि गुप्टिल शतक बनाउन चुकेका थिए । ग्लेन फिल्पिस ३७ बलमा १ छक्का सहित ३३ रनमा क्याच आउट भए ।

खराब सुरुवात गरेको न्युजिल्यान्डलाई चौथो विकेटका लागि गुप्टिल र फिलिप्सले १ सय ५ रनको महत्वपूर्ण शतकीय साझेदारी गर्दै बलियो योगफलमा पुर्याएका थिए । पाँचौं ओभरमा न्युजिल्यान्डले प्रमुख दुई विकेट गुमाएको थियो । पाँचौं ओभरको पहिलो बलमा सफ्यान शारीफले १३ रनमा एलबीडब्लू आउट गर्दै स्कटल्यान्डलाई पहिलो सफलता दिलाएका थिए ।

चार बलपछि कप्तान केन विलियम्सन शून्यमा म्याथ्यु क्रसबाट क्याच आउट भएका थिए । मार्क वाटले छैटौं ओभरको पहिलो बलमा डेवन कन्वेलाई १ रनमा क्रसबाटै क्याच गराएपछि ५२–३ को कमजोर अवस्थामा पुगेको थियो । जेम्श निसम ८ र मिचेल सान्टनार २ रनमा अविजित रहे ।

स्कटल्यान्डका सफ्यान शारिफले ४ ओभरमा २८ रन खर्चेर सर्वाधिक २ विकेट लिए । ब्राडली व्हीलले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए । मार्क वाटले ४ ओभरमा १३ रन खर्चेर १ विकेट लिए ।

न्युजिल्यान्ड पहिलो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भारतलाई ८ विकेटले हराएको थियो । न्युजिल्यान्डले अव शुक्रबार नामिबिया र आइतबार अफगानिस्तानसँग खेल्नेछ । यी दुबै खेलमा विजयी भएमा न्युजिल्यान्ड सेमिफाइनलमा पुग्नेछ । आज अन्तिम खेलमा अफगानिस्तानले भारतसँग खेल्नेछ । उक्त खेलमा अफगानिस्तान पराजित भएमा न्युजिल्यान्डको लागि सहज बन्नेछ । पाकिस्तान ४ खेलमा ४ मानै जितका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगि सकेको छ । स्कटल्यान्ड यो हारसँगै सुपर १२ बाट बाहिरिएको छ ।

अंक तालिका

सुपर १२ को समूह १ मा इंग्ल्यान्ड ४ खेलमा ४ मानै जितका साथ ८ अंक जोड्दै शीर्षस्थानमा छ । दक्षिण अफ्रिकाको ४ खेलमा ३ मा जित र १ मा हार सहित समान ६ अंकका साथ दोस्रो स्थानमा छ । अष्ट्रेलिया ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंकका साथ तेस्रो स्थानमा छ । श्रीलंका ४ खेलमा १ मा जित र ३ मा हार सहित चौथो स्थानमा छ । वेस्टइन्डिज ३ खेलमा १ मा जित र २ मा हार सहित पाँचौ स्थानमा छ । बंगलादेश ४ खेलमा ४ मानै पराजित हुँदै पुछारमा छ । श्रीलंका र बंगलादेश बाहिरि सकेका छन् ।

सुपर १२ को समूह २ मा पाकिस्तान ४ खेलमा ४ मानै जितका साथ शीर्ष स्थानमा छ । अफगानिस्तान ३ खेलमा २ मा जित र १ मा हार सहित दोस्रो स्थानमा छ । न्युजिल्यान्ड ३ खेलमा २ मा जित र १ मा हार सहित नेटरनरेटको आधारमा तेस्रो स्थानमा छ । नामिबिया ३ खेलमा १ मा जित र २ मा हार सहित चौथो स्थानमा छ । भारत २ खेलमा अंक बिहीन हुँदै पाँचौं स्थानमा छ । स्कटल्यान्ड सुरुवाती ३ खेलमा हारका साथ बाहिरिएको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.