4 years ago
November 3, 2021
धादिङ (हाम्रो खेलकुद) – त्रिपुरासुन्दरी र गजुरी धादिङ युवा क्लब धादिङ जिल्ला टि२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । बुधबार चन्द्रोदय बहुमुखी क्याम्पसको मैदानमा भएको पहिलो सेमिफाइनलमा खेलमा गजुरी सामुदायिक विकास समाजले चरौदी समाज सुधार युवा क्लबलाई १ सय १९ रनको फराकिलो अन्तरले हराउँदै फाइनलमा स्थान पक्का गर्यो । दोस्रो सेमिफाइनलमा त्रिपुरासुन्दरीले सम्बाहकलाई ६८ रनले हराउँदै फाइनलमा पुगेको थियो ।

पहिलो सेमिफाइनलमा चन्द्रोदयखेल मैदानमा टस जितेर ब्याटिङका थालेको गजुरीले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ९९ रन बनाएको थियो । गजुरीका शीर्षक्रमका ब्याटर उज्वल थापाले ४० बलमा ८ चौका र ९ छक्का सहित १ सय रनको अविजित शतकीय इनिङ खेले । उनी धादिङ जिल्ला टि२० क्रिकेट प्रतियोगितामा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । यसअघि प्रतियोगिता उच्च प्रदर्शन उज्वलकै ९१ रन रहेको थियो । त्यस्तै सानु घलेले ३३ र सविनले २३ रन जोडे । चरौदीका एनजल सिलवालले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट लिएका थिए ।
२ सय रनको विशाल विजयी लक्ष्य पछ्याएको चरौदी २० ओभरमा ८० रनमा अल आउट भयो । चरौदीका चन्द्रेश ठाकुरले सर्वाधिक ३२ रन बनाए । विजय सिलवालले भने १० बलमा १४ रन जोडे । अन्यको प्रदर्शन सम्झन लायक रहेन । गजुरीका निरोज रिजालले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिएपछि चदौरी ब्याटिङ ध्वस्त बनेको थियो । सन्देश सापकोटा र प्रदीप गिरीले सम्मान २-२ विकेट लिए ।

त्यस्तै अर्को सेमिफाइनलमा टस जितेर ब्याटिङ रोजेका त्रिपुरासुन्दरीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७४ रन बनाएको थियो। त्रिपुरासुन्दरीका कप्तान अमृत थापाले ४४ बलमा १२ चौका र ३ छक्का सहित ८५ रनको उत्कृष्ट इनिङ खेले । यस प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै आएका अमृतले आफ्नो लयलाई निरन्तरता दिँदै बलियो योगफलमा पुर्याएका थिए । त्यस्तै निशान खड्काले २४ र आरम्भ तिमल्सिनाले २७ बनाए । सम्बाहकका लागि राज कुमार , सुदीप पाठक , अमृत थापा र नवराजले सम्मान १-१ विकेट लिए ।
जितको लागि १ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको सम्बाहक १७.४ बलमा १ सय ६ रनमै अल आउट भएको थियो । सम्बाहकका लागि सुदीप पाठकले सर्वाधिक १४ रन बनाए ।अन्य ब्याटरको प्रदर्शन सम्झन लायक रहेन । सन्दीप बाहेक अन्य कुनैपनि ब्याटरले क्रिजमा टिकेर दोहोरो अंकमा रन जोड्न सकेनन् ।
त्रिपुरासुन्दरीका श्री कृष्णले सर्वाधिक ३ विकेट लिए । अनिल अधिकारी र उदय थापाले २-२ विकेट लिए । फाइनल बिहीबार हुनेछ । प्रतियोगितामा कुल १४ टोली सहभागिता थिए । १४ टोलीलाई चार समूहमा विभाजन गर्दै प्रतिस्पर्धा गराईएको थियो । प्रतियोगिता विजेताले १ लाख र उपविजेताले ५० हजार प्राप्त गर्नेछन् । धादिङ जिल्ला क्रिकेट संघको आयोजनामा यस प्रतियोगिता आयोजना भएको हो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]