4 years ago
November 3, 2021
हेटौडा (हाम्रो खेलकुद) – मकवानपुर क्रिकेट संघले १९ वर्ष मुनिको क्रिकेट खेलाडी छनोट कार्य सुरु गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक क्यालेन्डर अनुसार मकवानपुर क्रिकेट संघले बुधबारबाट खेलाडी छनोट सुरु गरेको हो ।
क्रिकेट छनोटका लागि ४० जना खेलाडीहरुले फारम भरेको मकवानपुर क्रिकेट संघका कार्यवाहक सचिव विनोद बानियाँले जानकारी दिए । क्यानले मंसिर पहिलो साताबाट १९ बर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको छ ।
बागमती प्रदेशका १३ जिल्ला मध्ये ६ जिल्लाबाट छनोट हुने खेलाडीहरुको सहभागीतामा ६ जिल्लाका फरक–फरक टिमबीच क्रिक्रेट प्रतियोगिता हुने र उक्त प्रतियोगितामा खेलाडीले गरेको खेल प्रर्दशका आधारमा खेलाडी छनोट हुने कार्यवाहक सचिव बानियाँले बताए ।
प्रत्येक जिल्लाबाट १४ जना खेलाडी र ४ जना वैकल्पिक खेलाडी छनोटं भएर प्रदेश छनौटको लागि आउने भएकोले राम्रा खेलाडी छनोटका लागि अवसर र चुनौती दुवै रहेको बागमती प्रदेश क्रिकेट संघका उपाध्यक्ष प्रेम क्षेत्रीले बताए ।
छनोटको उद्घाटनमा हेटौंडा–४ का वडा अध्यक्ष नवीन सिग्देल, जिल्ला खेलकुद विकास समितीका कार्यालय प्रमुख राजन दाहाल खुसराज, मदन भण्डारी स्पोर्ट्स एकेडेमी मकवानपुरका अध्यक्ष प्रकाश सुवेदी लगाएतको उपस्थिति थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]