4 years ago
November 3, 2021
एजेन्सी – ओपनर लोकेश राहुल र रोहित शर्माको उत्कृष्ट ब्याटिङमा भारतले आइसिसी टि२० विश्वकप २०२१ मा अफगानिस्तानलाई २ सय ११ रनको विशाल लक्ष्य दिएको छ ।

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय १० रन बनायो । भारतका ओपनर रोहित शर्माले ४७ बलमा ८ चौका र ३ छक्का सहित सर्वाधिक ७४ रनको योगदान दिए । लोकेश राहुलले ४८ बलमा ६ चौका र २ छक्का सहित ६९ रनमा बोल्ड आउट भए ।
भारतलाई ओपनर रोहित शर्मा र लोकेश राहुलले पहिलो विकेटका लागि १४.४ ओभरमा १ सय ४० रनको उत्कृष्ट शतकीय साझेदारीका साथ उत्कृष्ट सुरुवात दिलाएका थिए । त्यसपछि ऋषभ पन्त र हार्दिक पान्ड्याले उत्कृष्ट अन्त्यका साथ विशाल योगफलमा पुर्याएका हुन् ।
तीव्र गतिका बलर करिम जन्नतले रोहितलाई मोहम्मद नाबीबाट क्याच गराउँदै साझेदारी तोडेका थिए । अर्का तीव्र गतिका बलर गुलबदीन नाइबले राहुललाई बोल्ड आउट गरेका थिए ।
विकेटकिपर ऋषभ पन्त १३ बलमा १ चौका र ३ छक्का सहित २७ रनमा अविजित रहे । हार्दिक पान्ड्या १३ बलमा ४ चौका र २ छक्का सहित ३५ रनमा अविजित रहे । तेस्रो विकेटका लागि हार्दिक र ऋषभले २१ बलमा ६३ रनको उत्कृष्ट अविजित साझेदारी गरेका थिए । अफगानिस्तानका करिम जन्नत र गुलबदी नाईबले १–१ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]