default_image

4 years ago

November 4, 2021

दव्रिड भारतीय क्रिकेट टोलीको नयाँ मुख्य प्रशिक्षक

238 views

0 Bookmark

एजेन्सी – भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतीय क्रिकेट टोलीका पूर्व कप्तान राहुल द्रविड नियुक्त भएका छन् । युएईमा जारी टि२० विश्वकपसँगै मुख्य प्रशिक्षक रवि शास्त्रीको अवधि सकिँदै छ । जसको कारण भारतले द्रविडलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । नोभेम्बर १७ देखि घरेलु मैदानमा न्युजिल्यान्डसँग हुने तीन टि२० आई सिरिजसँगै दव्रिडले भारतीय टोली सम्हाल्नेछन् ।

राहुल भारतीय क्रिकेटका पूर्व एक सफल कप्तान र ब्याटरमा पर्दछन् । अर्कोतर्फ उमेर समूह, नेशनल क्रिकेट एकेडेमी (एनसिए) र भारत ए को टोलीमा प्रशिक्षकको रुपमा द्रविडले उत्कृष्ट प्रभाव छाडि सकेका छन् । विशेष गरि एनसिएसमा उनको भूमिका निकै महत्वपूर्ण छ । भारतीय बेन्च स्ट्रेन्थ बलियो हुनुमा दव्रिडको ठूलो हात छ । समग्रमा उनी सफल पूर्व कप्तान, खेलाडी तथा भारतीय उमेर समूह र एनसियमा ठूलो परिवर्तन ल्याएका प्रशिक्षक हुन् ।

द्रविडले मुख्य प्रशिक्षको भूमिका निर्वाह गर्न उत्सुक रहेको जनाएका छन् । ‘शास्त्रीको टोलीले धेरै राम्रो काम गरेको छन् । म त्यसलाई अगाडि बढाउने काम गर्नेछु । एनसिए, यू१९ र भारत ए मा धेरै खेलाडीहरुसँग धेरै नजिकबाट काम गरेको छु । हरेक दिन खेलाडीहरु सिक्न चाहन्छन् । आगमी दुई वर्षमा केहि ठूला प्रतियोगिताहरु छन् । ति उपलब्धी गर्न मैले तप्पर भएर काम गर्नेछु’, द्रविडले भने ।

बिसिसिआईका अध्यक्ष तथा घनिष्ट साथी सौरभले द्रविडलाई मुख्य प्रशिक्षकको रुपमा स्वागत गर्दै खुसी ब्यक्त गरेका छन् । गांगुलीले एनसिएमा उनले ल्याएको परिवर्तनको प्रशंसा गर्दै भारतीय टोलीलाई नयाँ उचाईमा पुर्याउनेमा विश्वस्त रहेको बताएका छन् ।

गत जुलाईमा दव्रिडको प्रशिक्षणमा भारतले श्रीलंकासँग तीन ओडिआई र तीन टि२० आई सिरिज खेलेको थियो । सन् २०१८ मा द्रविडकै प्रशिक्षकमा भारतले यू१९ विश्वकप उपाधि जितेको थियो । २०१६ र २०२० को यू१९ विश्वकपमा भारत फाइनलमा पराजित भएको थियो । दव्रिडले भारत ए टोली हेर्दै आएका छन् ।

रवि शास्त्री २०१७ मा भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । तत्कालिन प्रशिक्षक अनिल कुम्बलेले जुलाई २०१७ मा कप्तान विराट कोहलीसँगको तितो सम्बन्धको कारण प्रशिक्षक छाडेपछि शास्त्री प्रशिक्षकमा नियुक्त भएका थिए । शास्त्रीको प्रशिक्षणमा भारतले विश्वकप उपाधि जित्न नसकेपनि विश्व क्रिकेटमा तीनै शैलीको क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेको छ ।

गत डिसेम्बरमा अष्ट्रेलियासँग टेस्ट सिरिज र यस इंग्ल्यान्डसँग टेस्ट सिरिजमा उत्कृष्ट प्रदर्शन गरेको थियो । २०१९ को एकदिवसिय विश्वकपमा भारत सेमिफाइनलबाट बाहिरिएको थियो । टि२० विश्वकप २०२१ मा समूह चरणबाटै बाहिरिने संघारमा छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.