default_image

4 years ago

November 3, 2021

टि२० विश्वकपमा भारतको पहिलो जित

166 views

0 Bookmark

एजेन्सी – भारतले आइसिसी टि२० विश्वकप २०२१ मा पहिलो जित हात पारेको छ । सुपर १२ को समूह २ मा रहेको भारतले बुधबार राती अफगानिस्तानलाई ६६ रनले हराउँदै सेमिफाइनलको झिनो अंक गणीतिय आशा कायमै राखेको छ ।

जितको लागि २ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४४ रन बनायो । अफगानिस्तानका करिम जन्नत २२ बलमा ३ चौका र २ छक्का सहित ४२ रनमा अविजित रहे । मोहम्मद नाबीले ३२ बलमा २ चौका र १ छक्का सहित ३५ रन बनाए । ओपनर हज्रातुल्लाह जजाई १३, मोहम्मद शाहजाद शून्य र रहमानउल्लाह गुर्बाज १९ रनमा आउट भए । गुर्बाजले १० बलमा १ चौका र २ छक्का प्रहार गरे । गुलबदीन नइब १८ र नाजिबउल्लाह जद्रान ११ रनमा आउट भए ।

भारतका तीव्र गतिका बलर मोहम्मद शामीले ४ ओभरमा ३२ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । स्पिनर रविचन्द्रन आश्विनले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । जस्प्रित बुमराह र रविन्द्र जडेजाले १–१ विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय १० रन बनाएको थियो । भारतका ओपनर रोहित शर्माले ४७ बलमा ८ चौका र ३ छक्का सहित सर्वाधिक ७४ रनको योगदान दिए । लोकेश राहुलले ४८ बलमा ६ चौका र २ छक्का सहित ६९ रनमा बोल्ड आउट भए ।

भारतलाई ओपनर रोहित शर्मा र लोकेश राहुलले पहिलो विकेटका लागि १४.४ ओभरमा १ सय ४० रनको उत्कृष्ट शतकीय साझेदारीका साथ उत्कृष्ट सुरुवात दिलाएका थिए । त्यसपछि ऋषभ पन्त र हार्दिक पान्ड्याले उत्कृष्ट अन्त्यका साथ विशाल योगफलमा पुर्याएका हुन् । तीव्र गतिका बलर करिम जन्नतले रोहितलाई मोहम्मद नाबीबाट क्याच गराउँदै साझेदारी तोडेका थिए । अर्का तीव्र गतिका बलर गुलबदीन नाइबले राहुललाई बोल्ड आउट गरेका थिए ।

विकेटकिपर ऋषभ पन्त १३ बलमा १ चौका र ३ छक्का सहित २७ रनमा अविजित रहे । हार्दिक पान्ड्या १३ बलमा ४ चौका र २ छक्का सहित ३५ रनमा अविजित रहे । तेस्रो विकेटका लागि हार्दिक र ऋषभले २१ बलमा ६३ रनको उत्कृष्ट अविजित साझेदारी गरेका थिए । अफगानिस्तानका करिम जन्नत र गुलबदी नाईबले १–१ विकेट लिए ।

भारत पहिलो खेलमा पाकिस्तानसँग १० विकेट र न्युजिल्यान्डसँग ८ विकेटले पराजित भएको थियो । शुक्रबार भारतले स्कटल्यान्डसँग खेल्नेछ । सोमबार नामिबियासँग खेल्नेछ । यी दुबै खेलमा भारतले फराकिलो जित निकालेर मात्र सेमिफाइनलमा पुग्न सक्दैन । न्युजिल्यान्डले बाँकी दुई खेल मध्य एक खेलमा हारेको खण्डमा मात्र नेटरनरेटको झिनो आशा बच्नेछ । न्युजिल्यान्डले शुक्रबार नामिबिया र आइतबार अफगानिस्तानसँग खेल्नेछ ।

अंक तालिका

सुपर १२ को समूह १ मा इंग्ल्यान्ड ४ खेलमा ४ मानै जितका साथ ८ अंक जोड्दै शीर्षस्थानमा छ । इंग्ल्यान्ड सेमिफाइनलमा पुगि सकेको छ । दक्षिण अफ्रिकाको ४ खेलमा ३ मा जित र १ मा हार सहित समान ६ अंकका साथ दोस्रो स्थानमा छ । अष्ट्रेलिया ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंकका साथ तेस्रो स्थानमा छ । श्रीलंका ४ खेलमा १ मा जित र ३ मा हार सहित चौथो स्थानमा छ । वेस्टइन्डिज ३ खेलमा १ मा जित र २ मा हार सहित पाँचौ स्थानमा छ । बंगलादेश ४ खेलमा ४ मानै पराजित हुँदै पुछारमा छ । श्रीलंका र बंगलादेश बाहिरि सकेका छन् ।

सुपर १२ को समूह २ मा पाकिस्तान ४ खेलमा ४ मानै जितका साथ शीर्ष स्थानमा छ । पाकिस्तान सेमिफाइनलमा पुगि सकेको छ । अफगानिस्तान ३ खेलमा २ मा जित र १ मा हार सहित दोस्रो स्थानमा छ । न्युजिल्यान्ड ३ खेलमा २ मा जित र १ मा हार सहित नेटरनरेटको आधारमा तेस्रो स्थानमा छ । नामिबिया ३ खेलमा १ मा जित र २ मा हार सहित पाँचौं स्थानमा छ । भारत ३ खेलमा १ मा जित र २ मा हारका साथ चौथो स्थानमा छ । स्कटल्यान्ड सुरुवाती ३ खेलमा हारका साथ बाहिरिएको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.