default_image

4 years ago

November 4, 2021

विग ब्यासमा पहिलो पटक भारतीय खेलाडी अनुबन्ध

192 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलिया चर्चित टि२० फ्रेन्चाइज प्रतियोगिता बिग ब्यास लिगमा पहिलो पटक भारतीय खेलाडी अनुबन्ध भएका छन् । भारतीय पूर्व यू१९ विश्वकप कप्तान उन्मुक्त चन्दलाई मेलबर्न रेनेगड्सले टोलीमा अनुबन्ध गरोको छ । २८ वर्षिय चन्द योसँगै बिग ब्यासमा अनुबन्ध हुने पहिलो भारतीय खेलाडी बनेका छन् ।

२८ वर्षको उमेरमै भारतीय क्रिकेटबाट सन्न्यास लिएका चन्दले अमेरिकाबाट क्रिकेट खेल्ने तयारीमा छन् । भारतको सिनियर टोलीमा मौका नपाएपछि सन्न्यासको घोषणा गर्दै अमेरिका गएका थिए । जसको कारण उनलाई विदेशी फ्रेन्चाइज लिग खेल्न बाटो खुलेको हो ।
भारतीय महिला क्रिकेटरले भने विग ब्यास खेलि सकेका छन् । तर भारतीय घरेलु प्रतियोगिता भएको अनुबन्ध खेलाडीले विदेशमा खेल्न नपाउने हुँदा हालसम्म बिग ब्यास खेलेका थिएनन् ।

गतवर्ष पूर्वकप्तान महेन्द्रसिंह धोनी र युवराज सिंह पनि बिग ब्यास खेल्ने चर्चा थियो । तर खेलेनन् । ‘विग ब्यास विश्वकै एक उत्कृष्ट प्रतियोगिता हो । म सधैं यहाँ खेल्न चाहन्थे । मैले यस सिजनमा राम्रो खेल्दै नाम बनाउन सक्छु र मैले जित्ने टोलीलाई उपाधि जिताउन चाहन्छु’, चन्द्रले अनुबन्ध भएपछि भनेका छन् ।

‘यसअघि म मेलबर्न गएको थिएन । मलाई थाहा छ मेलबर्नमा धेरै भारतीय मानिसहरु बस्छन् । उनीहरु खेल हेर्न आउनेमा मलाई आशा छ । त्यसैले राम्रो हुनेछ’, चन्दले भने । मेलबर्न रेनेगड्सको टोलीको कप्तानी आरोन फिन्चले गर्नेछन् । मेलबर्न रेनेगड्समा फिन्च, शन मार्श, जेम्स प्याटिसन, केन रिचर्ड्सन र इंग्ल्यान्डका रोस टोपली जस्ता खेलाडी छन् । बिग ब्यास २०२१–२२ डिसेम्बर ५ देखि जनवरी २८ सम्म चल्नेछ ।

एक समय चन्दलाई भारतीय क्रिकेटको ब्याटिङको भविष्य मानिएको थियो । तर भारतीय क्रिकेटमा तीव्र प्रतिस्पर्धामा उनले आफ्नो स्थान बनाउन सकेनन् । चन्दको कप्तानीमा भारतले सन् २०१२ मा यू१९ विश्वकप जितेको थियो । चन्दले फाइनलमा अष्ट्रेलियालाई ६ विकेटले हराउँदै भारतलाई उपाधि जिताउँदा १ सय ३० बलमा ७ चौका र ६ छक्का सहित कुल १ सय ११ रनको उत्कृष्ट शतकीय इनिङ खेलेका थिए ।

उनले आइपिएल दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबाट खेलेका छन् । सुरुवाती समय दिल्लीबाट घरेलु क्रिकेट खेलेका उनले त्यहाँ राम्रो मौका नपाएपछि पछिल्लो समय उत्तरखण्डबाट खेलेका थिए । चन्दले ७७ प्रथम श्रेणी, १ सय २० लिष्ट ए र ७७ टि२० आई खेलेका छन् ।

प्रथम श्रेणीमा ८ शतक र १६ अर्धशतक सहित कुल ३ हजार ३ सय ७९ रन बनाएका छन् । उत्कृष्ट प्रदर्शन १ सय ५१ रन छ । लिष्ट ए मा ७ शतक र ३२ अर्धशतक सहित कुल ४ हजार ५ सय ५ रन बनाएका छन् । लिष्ट ए मा ३ शतक र ५ अर्धशतक सहित कुल १ हजार ५ सय ६५ रन जोडेका छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.