default_image

4 years ago

November 4, 2021

जित्नै पर्ने दबाबमा अष्ट्रेलिया

206 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ मा आज सुपर १२ को समूह १ को खेलमा अष्ट्रेलियाले बंगलादेशसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

बंगलादेश सुरुवाती ४ खेलमा लगातार हारका साथ सेमिफाइनल दौडबाट बाहिरि सकेको छ । अष्ट्रेलियालाई शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्न आजको खेलमा फराकिलो जितको आवश्यक पर्छ । अष्ट्रेलियाले पहिलो खेलमा दक्षिण अफ्रिकालाई ५ विकेट र श्रीलंकालाई ७ विकेटले हराएको थियो । इंग्ल्यान्डसँग ८ विकेटले हारेको थियो ।

अष्ट्रेलियाले इंग्ल्यान्डसँगको खेलमा कमजोर ब्याटिङका साथ हार बेहोरेको थियो । उक्त खेलमा फिन्चले ४९ बलमा ४४ रन बनाएका थिए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेका थिएनन् । डेविड वार्नर, ग्लेन म्याक्सवेल र स्टिभ स्मिथलाई जिम्मेवारीका साथ ठूलो इनिङ खेल्न आवश्यक देखिन्छ ।

विकेटकिपर म्याथ्यु वेडको स्थानमा अष्ट्रेलियाले जोश इंगलिसलाई मौका दिनसक्छ । स्टिभ स्मिथलाई बेन्चमा राखेर मिचेल मार्शलाई मौका दिनसक्छ । स्मिथले अपेक्षा अनुसार प्रदर्शन गर्न सकेका छैनन् । मार्कस स्टोइनिसलाई तल्लोक्रममा आफ्नो शैलीको खेल खेल्न आवश्यक छ । तीव्र गतिका बलर प्याट कमिन्स, मिचेल स्टार्क र जोश हेजलवुड अष्ट्रेलिया बलिङ आक्रामण हुन् । स्पिनर एडम जाम्पाले लगातार विकेटका साथ राम्रो प्रदर्शन गर्दै आएका छन् ।

बंगलादेश अन्तिम खेलमा जितका साथ विश्वकप सकाउन चाहन्छ । सुपर १२ मा बंगलादेश पहिलो खेलमा श्रीलंकासँग ५ विकेट, इंग्ल्यान्डसँग ८ विकेट, वेस्टइन्डिजसँग ३ रन र दक्षिण अफ्रिकासँग ६ विकेटले पराजित हुँदै बाहिरिएको थियो । पहिलो समूह चरणमा बंगलादेश स्कटल्यान्डसँग ६ रनले स्तब्ध भएको थियो ।

पछिल्लो खेलमा दक्षिण अफ्रिकाविरुद्ध बंगलादेश ८४ रनमा अल आउट भएको थियो । बंगलादेशले यस विश्वकपमा निकै कमजोर ब्याटिङ गर्दै आएको छ । शीर्षक्रमका ब्याटर मोहम्मद नईम, लिटन दास र सौम्य सरकारलाई राम्रो सुरुवात दिन आवश्यक छ । कमजोर ओपनिङको कारण पनि ब्याटिङमा दबाबमा पर्दै आएको छ । मुश्फिकुर रहिमले मध्यक्रम सम्हाल्नेछन् । महमुदूल्लाह रियाद र अफिफ हुसैन फिनिसरको रुपमा छन् ।

तस्किन अहमद र शोरिफुल ईस्लाम प्रमुख तीव्र गतिका बलर हुन् । नासुम अहमद र माहेदी हसन स्पिनर हुन् । यी दुबै स्पिनर तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्न सक्छन् । स्पिनर सकिब अल हसन चोटका कारण बाहिरिएका छन् । प्रमुख खेलाडी टोलीमा नहुँदा बंगलादेश समस्यामा छ ।

अष्ट्रेलिया ३ खेलमा २ मा जित र १ खेलमा हारका साथ ४ अंक जोड्दै तेस्रो स्थानमा छ । इंग्ल्यान्डको सेमिफाइनल स्थान पक्का भएको छ । दक्षिण अफ्रिका ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ दोस्रो स्थानमा छ । अष्ट्रेलिया र दक्षिण अफ्रिका दुबै ८–८ अंकको साथमा सेमिफाइनल खेल्ने सोचमा छन् ।

जसमा नेरनरेट निर्णायक बन्न सक्छ । अष्ट्रेलिया नेटरनरेट माइनस ०.६२७ र दक्षिण अफ्रिका प्लस ०.७४२ छ । अष्ट्रेलियाले अन्तिम खेलमा शुक्रबार वेस्टइन्डिजसँग खेल्नेछ । दक्षिण अफ्रिकाले पनि शनिबार इंग्ल्यान्डसँग खेल्नेछ । दक्षिण अफ्रिका अन्तिम खेलमा पराजित भएमा अष्ट्रेलियालाई सहज हुनेछ ।

अंक तालिका

सुपर १२ को समूह १ मा इंग्ल्यान्ड ४ खेलमा ४ मानै जितका साथ ८ अंक जोड्दै शीर्षस्थानमा छ । इंग्ल्यान्ड सेमिफाइनलमा पुगि सकेको छ । दक्षिण अफ्रिकाको ४ खेलमा ३ मा जित र १ मा हार सहित समान ६ अंकका साथ दोस्रो स्थानमा छ । अष्ट्रेलिया ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंकका साथ तेस्रो स्थानमा छ । श्रीलंका ४ खेलमा १ मा जित र ३ मा हार सहित चौथो स्थानमा छ । वेस्टइन्डिज ३ खेलमा १ मा जित र २ मा हार सहित पाँचौ स्थानमा छ । बंगलादेश ४ खेलमा ४ मानै पराजित हुँदै पुछारमा छ । श्रीलंका र बंगलादेश बाहिरि सकेका छन् ।

सुपर १२ को समूह २ मा पाकिस्तान ४ खेलमा ४ मानै जितका साथ शीर्ष स्थानमा छ । पाकिस्तान सेमिफाइनलमा पुगि सकेको छ । अफगानिस्तान ३ खेलमा २ मा जित र १ मा हार सहित दोस्रो स्थानमा छ । न्युजिल्यान्ड ३ खेलमा २ मा जित र १ मा हार सहित नेटरनरेटको आधारमा तेस्रो स्थानमा छ । नामिबिया ३ खेलमा १ मा जित र २ मा हार सहित पाँचौं स्थानमा छ । भारत ३ खेलमा १ मा जित र २ मा हारका साथ चौथो स्थानमा छ । स्कटल्यान्ड सुरुवाती ३ खेलमा हारका साथ बाहिरिएको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.