default_image

4 years ago

November 4, 2021

बंगलादेशको खराब ब्याटिङसँगै अष्ट्रेलियालाई अवसर

127 views

0 Bookmark

एजेन्सी – स्पिनर एडम जाम्पाले ५ विकेट लिँदै तल्लोक्रमलाई धराशायी पारेपछि आइसीसी टि२० विश्वकपको सुपर १२ अन्तर्गत समूह १ को खेलमा अष्ट्रेलियाले बंगलादेशलाई ७३ रनमा अलआउट गरेको छ ।

पहिलो ब्याटिङको निम्तो पाएको बंगलादेशले दुबईमा १५ ओभर ब्याटिङ गर्दै ७३ रनमा आफ्नो सबै विकेट गुमायो । पहिलो ओभरमा नै मिचेल स्टार्कले लिटन दासलाई गोल्डेन डकमा बोल्ड गरेका थिए । दोस्रो ओभरमा जोश हेजलवुडले सौम्य सरकारलाई ५ रनमा बोल्ड गर्दै विकेट पतनको सिलसिला जारी राखे । तेस्रो ओभरमा मुश्फिकुर रहमान १ रन जोड्दै ग्लेन म्याक्स्वेलको एलबीडब्लु धरापमा परे । तेस्रो ओभरमा टोली १०-३ को स्थितिमा थियो ।

ओपनर मोहमद नाइमले १६ बलमा ३ चौका सहित १७ रन जोडेपनि उनी छैटौं ओभरमा हेजलवुडको शिकार बने । त्यसपछि स्पिनर एडम जाम्पाले लगातार विकेट लिँदै बंगलादेशका ब्याट्सम्यानलाई टिक्न दिएनन् । उनले अफिफ होसेन (०), शमिम होसेन (०), मेहेदी हसन (०), मुस्ताफिजुर रहमान (४) र सोरिफुल इस्लाम (०) को विकेट लिए । कप्तान महमुदुल्लाहले १८ बलमा २ चौकासहित १६ रन जोडेपनि टोलीलाई सम्मानजनक योगफलसम्म पुर्याउन सकेनन् । उनी १३ औं ओभरमा स्टार्कको शिकार बनेपछि टोली ६५-८ को स्थितिमा थियो ।

यस खेलमा जित हासिल गरे अष्ट्रेलियाको सेमिफाइनल पुग्ने सम्भावना बलियो हुनेछ । यस समूहमा इंग्ल्यान्ड ८ अंकसहित शीर्षस्थानमा रहँदा दक्षिण अफ्रीका ६ अंकसहित दोस्रोमा छ । आजको खेल ८.१ ओभरअघि जिते अष्ट्रेलियाको ६ अंक जोड्दै नेट रनरेटमा दक्षिण अफ्रीकाभन्दा माथि हुनेछ । आज हुने दोस्रो खेलमा श्रीलंका र वेस्ट इन्डिज खेल्दैछन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.