default_image

4 years ago

November 4, 2021

गजुरी धादिङ जिल्ला टि२० क्रिकेट प्रतियोगिता च्याम्पियन

151 views

0 Bookmark

धादिङ (हाम्रो खेलकुद) – गजुरी सामुदायिक समाज विकास टिमले प्रथम धादिङ जिल्ला टि२० क्रिकेट प्रतियोगिता उपाधि जितेको छ । बिहीबार भएको फाइनलमा गजुरीले त्रिपुरासुन्दरीलाई २१ रनले हराउदै उपाधि जितेको थियो । योसँगै च्याम्पियन गजुरीले १ लाख र उपविजेता त्रिपुरासुन्दरीले ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

विशालटारको चन्द्रोदय बहुमुखी क्याम्पसको खेल मैदानमा टस जितेर ब्याटिङका रोजेको गजुरीले २० ओभरमा १ सय १० रनमा अल आउट भएको थियो । गजुरीका सविन उप्रेतीले ३४ बलमा ३ चौका सहित सर्वाधिक २८ रनको योगदान दिए । शुरेन्द्र मगरले २६ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २६ रन बनाए । गजुरीका ६ ब्याटर रन आउट हुन पुगेका थिए । फाइनलको दबाबमा गजुरीका ब्याटर क्रिजमा सम्हालिन सकेका थिएनन् । बलियो लक्ष्यको धुनमा तालमेल नमिल्दा रन आउट हुन पुगेका थिए ।

त्रिपुरासुन्दरीका मध्य गतिका बलर अनिल अधिकारी ४ ओभरमा १७ खर्चेर २ विकेट लिए । श्रीकृष्ण र उदय थापाले भने सम्मान १(१ विकेट लिए । जितको लागि १ सय ११ रनको विजयी लक्ष्य पछ्याएको त्रिपुरासुन्दरीले २० ओभरमा ९ विकेट गुमाउँदै ८९ रन मात्र बनाउन सक्यो । त्रिपुरा सुन्दरीका उदय थापाले २५ बलमा २१ रन बनाए ।

गजुरीका मध्य गतिका बलर सानु घले ४ ओभरमा ९ रन खर्चेर घातक बलिङ गर्दै ३ विकेट लिएपछि गजुरी च्याम्पियन बनेको थियो । खेलको प्लेयर अफ द म्याच पनि घले चुनिए । प्रदीप गिरी र सक्षम खरेलले सम्मान २र२ विकेट लिए । प्रतियोगिताको उत्कृष्ट ब्याटर अमृत थापा भए । फाइनलमा पुर्याउन अमृतले ५ खेलमा २ सय ३७ रन बनाएका थिए ।

प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट बलर गजुरीका उज्वल थापा घोषित भए । गजुरीलाई उपाधि जिताउन उनले प्रतियोगिताभर सर्वोत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका थिए । जसक्रममा उनले सेमिफाइनलमाा चरौन्दीविरुद्ध शतक प्रहार गरेका थिए । उनी यस प्रतियोगितामा शतक प्रहार गर्ने पहिलो खेलाडी हुन् । त्यस्तै उनले एकै खेलमा हाम्रो जनहित युवा समाजविरुद्ध एक्लै ८ विकेट लिएका थिए । उनले रु १० हजार प्राप्त गरे । उनले प्रतियोगिताभर २ सय ६० रन बनाउनुको साथैं १६ विकेट लिएका थिए ।

गजुरीकै गजुरीका सक्षम खरेलले युवा उदीयमान खेलाडी घोषित भए । उनले प्रतियोगितामा ५ विकेट लिँदै राम्रो प्रभाव छाडेका थिए । प्रतियोगितामा जिल्लाका १४ टिमको सहभागिता थियो । धादिङ जिल्ला क्रिकेट संघको आयोजनामा पहिलो पटक जिल्ला स्तरिय प्रतियोतियोगिता आयोजना भएको थियो । प्रतियोगिता मुख्य प्रायोजक निलकण्ड नगरपालिका, बेनीघाट रोराङ गाउँपालिका, टोयटा कम्पनी र अन्तर्राष्ट्रिय धादिङ समाजले प्रतियोगिता मुख्य प्रायोजन गरेका थिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.